यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
Summary
fava: आरोपपत्र दायर गरिएको | यातायात व्यवस्था कार्यालय, रूपन्देहीमा सवारी चालक अनुमतिपत्र HU (Machine) वर्गको वितरण गर्दा अनियमितता गरेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा यातायात व्यवस्था कार्यालय, सबारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 24db021c-10ca-4005-8d19-1fd63531899f.pdfPDF · 2 pages · 319 KBOpen
Key details
- Organization
- Commission for the Investigation of Abuse of Authority (CIAA)
- Industry
- Commission
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
iS) अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल) काठमाडौं प्रेस विज्ञप्ति fava: आरोपपत्र दायर गरिएको | मितिः २०८३।०६।२२ गते। यातायात व्यवस्था कार्यालय, रूपन्देहीमा सवारी चालक अनुमतिपत्र HU (Machine) वर्गको वितरण गर्दा अनियमितता गरेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा यातायात व्यवस्था कार्यालय, सबारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादवले अन्य प्रतिवादीहरूसँगको मिलेमतोमा बदनियत राखी लिखित र प्रयोगात्मक परीक्षामा सहभागी नभई वैदेशिक रोजगारीको सिलसिलामा जापानमा मिति २०७७/०८/२५ (सन् २०२०/१२/१०) मा गएको र मिति २०८३%०५%०८ सम्म नेपाल फर्केको नदेखिएका व्यक्तिलाई लिखित र प्रयोगात्मक परीक्षामा उत्तीर्ण गराई मिति २०७८/०७%१७ (सन् २०२१/११/०३) गते 11 वर्गको सवारी चालक अनुमतिपत्र जारी गरे गराएको, लिखित परीक्षामा अनुत्तीर्ण भएता पनि परीक्षाफल संशोधनको अभिलेख खडा गरी लिखित नतिजामा उत्तीर्ण उल्लेख गरी प्रयोगात्मक परीक्षा गराएको जस्तो देखिने अभिलेख तयार गरी ३ (तीन) जनालाई 11 वर्गको तथा ४ (चार) जनालाई 12 वर्गको सवारी चालक अनुमतिपत्र जारी गरेको, प्रयोगात्मक परीक्षामा सहभागी गराएको झुट्टा अभिलेख तयार गरी लिखित परीक्षामा सहभागी नभएका ५ (पाँच) जनालाई 11 वर्गको सबारी चालक अनुमतिपत्र जारी गरेको देखिएकोले यसरी वैदेशिक रोजगारीको सिलसिलामा जापानमा रहेका व्यक्तिसमेत जम्मा १३ (ae) जनाको नाममा सवारी चालक अनुमतिपत्र जारी गरे गराएको पुष्टि भएकोले निज प्रतिवादीहरूले यातायात व्यवस्था कार्यालयको सरकारी निकायका कागजात अभिलेखमा अनाधिकार एवम् गैरकानुनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट गर्ने र हेरफेर गरी गराई परीक्षाको परिणाममा फेरबदल गरे गराएको देखिँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरू उपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। देहायः 2 yan २ “4० खु. 4 'क्र.सं. नामथर, पद र कार्यालय कसुर तथा सजायको मागदाबी यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, दफा ११ र दफा १३ बमोजिमको कसुरमा सोही ऐनको दफा ९, तेज नारायण यादब, तत्कालीन मेकानिकल सुपरभाइजर यादव प्रसाद अर्याल, तत्कालीन अधिकृत स्तर सातौं तुल्सिराम अधिकारी र तत्कालीन अधिकृत स्तर छैठौं राजीव अर्याल दफा ११ र दफा १३ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको छ। 20 लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवल, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, दफा ११ रूपन्देहीका तत्कालीन प्रहरी नायब उपरीक्षक डिल्लि र दफा १३ बमोजिमको कसुरमा सोही ऐनको दफा ९, नारायण पाण्डे भन्ने डील्ली नारायण पाण्डेय, तत्कालीन दफा ११ र दफा १३ बमोजिम कैद र जरिवाना प्रहरी निरीक्षक गणेश ज्ञवाली र तत्कालीन प्रहरी नायब निरीक्षक हुमानन्द खनाल सजाय हुन मागदाबी लिइएको छ। प्रवक्ता सुरेश न्यौपाने