Notice Park
Dhakari Rural Municipality
Gen Info

ढकारी गाउँपालिका सूचना २०८३/०६/०५

Summary

उपाध्यक्ष ज्यू, सभामा उपस्थित सम्पूर्ण गाउँसभा सदस्य ज्यूहरु, उपस्थित पत्रकार, सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारी ज्युहरु | यस महत्वपूर्ण समयमा म नेपालमा नागरिक सर्वोच्चता र लोकतन्त्रको स्थापना तथा मुलुकको समृद्धि र अग्रगमनका लागि इतिहासका विभिन्न कालखण्डमा भएका राजनीतिक क्रान्ति, जन विद्रोह…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dhakari Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ढकारी गाउँपालिकाको १५ औँ गाउँसभाको वर्ष अधिवेशनमा पेश भएको ढकारी गाउँपालिकाको आ.व. २०८३।०८४ को नीति, कार्यक्रम तथा बजेट छड ढकारी गाउँपालिका a ढकारी गाउँ कार्यपालिकाको कार्यालय ढकारी, अछाम सुदूरपश्चिम प्रदेश, नेपाल ढकारी गाउँपालिकाको गाउँसभाको १७ औं अधिवेशन समारोहमा उपस्थित गाउँपालिका उपाध्यक्ष ज्यू, सभामा उपस्थित सम्पूर्ण गाउँसभा सदस्य ज्यूहरु, उपस्थित पत्रकार, सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारी ज्युहरु | यस महत्वपूर्ण समयमा म नेपालमा नागरिक सर्वोच्चता र लोकतन्त्रको स्थापना तथा मुलुकको समृद्धि र अग्रगमनका लागि इतिहासका विभिन्न कालखण्डमा भएका राजनीतिक क्रान्ति, जन विद्रोह, जनआन्दोलन लगायतका वलिदानीपूर्ण संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने ज्ञात-अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । साथै, मुलुकमा राजनैतिक परिवर्तनको लागि विभिन्न समयमा नेतृत्व प्रदान गर्नुहुने श्रद्धेय नेताहरु, समुन्नतिको चाहना राख्नु हुने सम्पूर्ण ढकारी गाउँपालिकावासी जनतामा हार्दिक कृतज्ञता व्यक्त गर्दछु । यस गाउँपालिकाको नीति तथा कार्यक्रम तर्जुमा गर्दा मूलतः नेपालको संविधानमा उल्लेखित एकल र साझा अधिकार सूची, आर्थिक अधिकार र आर्थिक कार्य प्रणाली, मौलिक हकहरु, आर्थिक, सामाजिक विकास, प्राकृतिक स्रोतको उपयोग नीति, वातावरण संरक्षण सम्बन्धी नीतिहरु, नेपाल सरकारबाट स्वीकृत सङ्घ, प्रदेश र स्थानीय तहको कार्य विस्तृतीकरणको प्रतिवेदन, नेपाल सरकारले अवलम्बन गरेका आर्थिक तथा वित्तीय नीतिहरु, नेपालले अन्तर्राष्ट्रिय जगतमा जनाएका प्रतिवद्धताहरु, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा आर्थिक नियमावलीका प्रावधानहरु, नेपाल सरकार तथा सुदूरपश्चिम प्रदेश सरकारका पञ्चवर्षिय योजनाहरु, नेपाल सरकार तथा सुदूरपश्चिम प्रदेश सरकारका नीति तथा कार्यक्रमहरु, विकासका समसामयिक मुद्दाहरु, दिगो विकास लक्ष्य २०३० को मार्गचित्र, स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन (व्यवस्थापन तथा सञ्चालन) कार्यविधि,२०८२, दिगो विकासका लक्ष्यको साङ्केतीकरण पुस्तिका,२०७९ तथा ढकारी गाउँपालिकाको आवधिक योजनाबाट प्राप्त मार्गदर्शन सहित विषयगत शाखा तथा विषयगत समितिहरुको बैठक मार्फत प्राप्त सुझावहरुलाई समेत आधार मानी तयार गरिएको छ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report