Notice Park
Simkot Rural Municipality
Reports

सिमकोट गाउँपालिकास्तरीय अन्तरिक क्रियाकलाप संचालन तथा व्यवस्थापन प्रतिवेदन २०८३

Summary

सिमकोट गाउँपालिकास्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन तथा व्यवस्थापन प्रतिवेदन-२०८३ १. परिचयः नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार, व्यवस्थापन तथा सञ्चालनको दायित्व स्थानीय तहलाई सुम्पिएको छ । सोही संवैधानिक मर्म बमोजिम हिमाली तथा भौगोलिक रूपमा विकट क्षेत्रमा रहेको सिमकोट गाउँपालिका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Simkot Rural Municipality
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सिमकोट गाउँपालिका गाउँपालिकास्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन तथा व्यवस्थापन प्रतिवेदन-२०८३ आ.व.२०८२।०८३ सिमकोट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा,युवा तथा खेलकुद शाखा सिमकोट,हुम्ला | सिमकोट गाउँपालिकास्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन तथा व्यवस्थापन प्रतिवेदन-२०८३ १. परिचयः नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार, व्यवस्थापन तथा सञ्चालनको दायित्व स्थानीय तहलाई सुम्पिएको छ । सोही संवैधानिक मर्म बमोजिम हिमाली तथा भौगोलिक रूपमा विकट क्षेत्रमा रहेको सिमकोट गाउँपालिका, हुम्लाले पालिकाभित्रका विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि शैक्षिक गतिविधिहरूका साथ साथै अतिरिक्त क्रियाकलापलाई विशेष प्राथमिकता दिँदै आएको छ । अतिरिक्त क्रियाकलाप केवल मनोरञ्जनको साधन मात्र नभई विद्यार्थीहरूमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन, बौद्धिक तथा शारीरिक विकास, खेलकुद भावना, अनुशासन, नेतृत्व क्षमता र भातृत्वको अभिवृद्धि गर्ने सशक्त माध्यम हो । सिमकोट गाउँपालिकास्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन तथा व्यवस्थापन कार्यक्रमले पालिकाभित्रका सबै आधारभूत तथा माध्यमिक तहका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूलाई एकै थलोमा ल्याई उनीहरूको बहु आयामिक क्षमता उजागर गर्न र सकारात्मक प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । १.२ कानुनी तथा नीतिगत व्यवस्था: सिमकोट गाउँपालिकामा अतिरिक्त क्रियाकलाप सञ्चालन, बजेट विनियोजन तथा व्यवस्थापन देहायका संवैधानिक, कानुनी तथा नीतिगत आधारहरूमा रहेर सम्पादन गरिन्छ: १. नेपालको संविधान (२०७२): ० अनुसूची ८: स्थानीय तहको अधिकारको सूची अन्तर्गत क्रमांक ८ मा रहेको "आधारभूत र माध्यमिक शिक्षा" सम्बन्धी अधिकार | ५ धारा ३१: शिक्षा सम्बन्धी हक (प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँच र गुणस्तरीय शिक्षाको अधिकार) | २. स्थानीय सरकार सञ्चालन ऐन, २०७४; ५ दफा ११ (ज): आधारभूत तथा माध्यमिक शिक्षा सम्बन्धी स्थानीय तहको कार्यक्षेत्र अन्तर्गत विद्यालयको शैक्षिक, भौतिक तथा अतिरिक्त क्रियाकलापको सञ्चालन, व्यवस्थापन, अनुगमन तथा सुपरिवेक्षण गर्ने स्पष्ट अधिकार | ३. शिक्षा ऐन, २०२८ (संशोधन सहित) तथा शिक्षा नियमावली, २०५९: ० विद्यालयहरूमा अतिरिक्त क्रियाकलाप अनिवार्य रूपमा सञ्चालन गरी विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकास गर्नुपर्ने कानूनी व्यवस्था । ४. राष्ट्रिय शिक्षा नीति, २०७६: » विद्यार्थी-केन्द्रित र व्यवहारिक शिक्षण-सिकाइका लागि अतिरिक्त तथा सह-क्रियाकलाप (Co-curricular activities) लाई शैक्षिक प्रक्रियाको अभिन्न अङ्गका रूपमा सञ्चालन गर्ने नीतिगत निर्देशन । सिमकोट गाउँपालिकास्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन तथा व्यवस्थापन प्रतिवेदन-२०८३ S १४ er he = २०७३ ५. सिमकोट गाउँपालिकाको स्थानीय शिक्षा ऐन तथा वार्षिक स्वीकृत बजेट र कार्यक्रमः ० सिमकोट गाउँपालिकाको गाउँसभाबाट स्वीकृत शिक्षा, युवा तथा खेलकुद शाखाको वार्षिक नीति, बजेट तथा कार्यक्रम अन्तर्गत गाउँपालिकास्तरीय अन्तर-विद्यालय खेलकुद तथा शैक्षिक प्रतियोगिता सञ्चालन सम्बन्धी व्यवस्था । सिमकोट गाउँपालिकाको आ.व.२०८२।०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन, शारीरिक तथा मानसिक विकास र नेतृत्व क्षमता अभिवृद्धिका लागि गाउँपालिकास्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएका छन | २. कार्यक्रमको उद्देश्य: सिमकोट गाउँपालिकास्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन तथा व्यवस्थापनका प्रमुख उद्देश्यहरू निम्नलिखित छन्‌ : विद्यार्थीको सर्वपक्षीय विकास: पठनपाठनका साथसाथै विद्यार्थीहरूको बौद्धिक, शारीरिक, मानिसक र संवेगात्मक क्षमताको अभिवृद्धि गर्नु । प्रतिभाको पहिचान र प्रवर्द्धन: ग्रामीण तथा दूरदराजका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूमा लुकेर रहेका सिर्जनात्मक एवं नेतृत्वदायी प्रतिभाको खोज गरी प्रवर्द्धन गर्नु । स्थानीय कला र संस्कृतिको संरक्षण: हुम्लाको स्थानीय कला, संस्कृति, भेषभूषा, भाषा र परम्परालाई अतिरिक्त क्रियाकलापका माध्यमबाट जगेर्ना गर्नु र भावी पुस्तामा हस्तान्तरण गर्नु । अनुशासन र सामाजिक भावनाको विकास: खेलकुद, वक्तृत्वकला, हाजिरीजवाफ, चित्रकला जस्ता कार्यक्रममार्फत विद्यार्थीहरूमा समूहमा काम गर्ने (टिमवर्क), अनुशासन, सहयोग र भ्रातृत्वको भावना अभिवृद्धि गर्नु। सकारात्मक प्रतिस्पर्धाको प्रवर्द्धन: गाउँपालिकाभित्रका विभिन्न विद्यालयहरूबीच स्वस्थ र सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गरी शिक्षाको गुणस्तर सुधारमा सहयोग पुच्याउनु । विद्यालयप्रति आकर्षण र नियमितता: शिक्षण प्रक्रियालाई रोचक र व्यावहारिक बनाई विद्यार्थीहरूलाई विद्यालयप्रति आकर्षित गर्नु र टिकाउ दर बढाउनु । विद्यार्थीहरूमा भ्रातृत्व, अनुशासन र खेलकुद भावनाको विकास गर्नु । सिर्जनात्मक तथा तार्किक क्षमता अभिवृद्धि गर्नु । गाउँपालिकाभित्रका विद्यालयहरूबीच सकारात्मक प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्नु । सिमकोट गाउँपालिकास्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन तथा व्यवस्थापन प्रतिवेदन-२०८३ eres ae ee २०७३ १ 2. ३. सञ्चालित प्रतियोगिताहरू (कार्यक्रम) : > माध्यमिक तहस्तरीय हाजिरी जवाफ प्रतियोगिता / कार्यक्रम | > राष्ट्रपति रनिङ्‌ शिल्ड तथा अध्यक्षकप प्रतियोगिता / कार्यक्रम । > आधारभूत तह ( कक्षा ४-५) स्तरीय हाजिरी जवाफ प्रतियोगिता / कार्यक्रम | > विद्यार्थी भर्ना तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम | > विद्यार्थी प्रतिभा पहिचान र सम्मान कार्यक्रम । ४. सहभागिताको विवरणः ० सहभागी विद्यालय संख्या: २५ (सामुदायिक तथा संस्थागत) ० कुल सहभागी विद्यार्थी: २२० जना (छात्रा: १५५, छात्र: १६५) ० निर्णायक तथा व्यवस्थापक: शिक्षा अधिकृतहरु,शिक्षक, खेलकुद प्रशिक्षक तथा विषय विज्ञहरू | ५. अतिरिक्त क्रियाकलाप प्रतियोगिताको नतिजा (संक्षिप्त) : a ति प्राप्त स्थान प्रतियोगिताहरुको विवरण । प्रथम [ द्धितीय [ तृतीय । सान्त्वना । । | माध्यमिक तहस्तरीय हाजिरी | बालमन्दिर मा.व. कर्णाली मा.वि. | मानसरोवर | सैप म जवाफ प्रतियोगिता मा.वि. मा.वि. २ राष्ट्रपति रनिङ्‌ शिल्ड तथा | बालमन्दिर मा.व. मानसरोवर मा.वि. | कर्णाली कैलाश मा.वि. अध्यक्षकप प्रतियोगिता मा.वि. 3 आधारभूत तह ( कक्षा ४-५) | मानसरोवर मा.वि. कर्णाली एकेडेमी कर्णाली पञ्चमुखी हिमाल स्तरीय हाजिरी जवाफ स्कुल मा.वि. आ.वि. प्रतियोगिता % विद्यार्थी भर्ना तथा शैक्षिक | सबै माध्यमिक र आधारभूत विद्यालयहरु सहभागी भएका | अन्तरक्रिया कार्यक्रम । ५ वैद्यार्थी प्रतिभा प र | माध्यमिक शिक्षा परीक्षा र आधारभूत शिक्षा परीक्षामा उत्कृत नजिता ल्य सम्मान कार्यक्रम विद्यार्थी र विद्यालयलाई समान । सिमकोट गाउँपालिकास्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन तथा व्यवस्थापन प्रतिवेदन-२०८३

Like

0

Views

0

Comments

0

Share

0

Save

Report