कन्चनरुप न.पा.को आर्थिक ऐन (राजपत्र), २०८३
Summary
कन्चनरुप नगरपालिका सप्तरीको आर्थिक वर्ष २०5३/२०८४ को अर्थ सम्वन्धी प्रस्तावलाई कायीन्वयन गर्नको निमित्त स्थानीय कर शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले,नेपालको सविधानको धारा २२८ को उपधारा (२) वमोजिम कञ्चनरुप नगरपालिकाको १३ औं नगर सभाबाट यो ऐन जारी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 07044b35-43ad-4de4-822a-e7d96e7662fe.pdfPDF · 31 pages · 630 KBOpen
Key details
- Organization
- Kanchanrup Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय राजपत्र कञ्चनरुप नगरपालिका, सप्तरीद्वारा प्रकाशित बर्ष ८) संख्याः, २) fafa: २०८३ साल भाद्र ०३ गते भाग-१ कञ्चनरुप नगरपालिकाको आर्थिक ऐन, २०८३ प्रस्तावना : कन्चनरुप नगरपालिका सप्तरीको आर्थिक वर्ष २०5३/२०८४ को अर्थ सम्वन्धी प्रस्तावलाई कायीन्वयन गर्नको निमित्त स्थानीय कर शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले,नेपालको सविधानको धारा २२८ को उपधारा (२) वमोजिम कञ्चनरुप नगरपालिकाको १३ औं नगर सभाबाट यो ऐन जारी गरिएको छ। (१) यो ऐनको नाम कन्चनरुप नगरपालिकाको आर्थिक ऐन, २०८३” रहेको छ। (२) यो ऐन नगर सभाबाट पारित भएको मिति २०८३१०५।०३ गते देखि लागू हुनेछ | २. सम्पति कर (घर जग्गा कर): यस नगरपालिका क्षेत्रभित्र अनुसूची (१) वमोजिम सम्पत्ति कर लगाईने र असुल गरिनेछ । ३.भूमि कर (मालपोत) : यस नगरपालिका क्षेत्रभित्र अनुसूची (२) वमोजिम भूमि कर (मालपोत) लगाईने र असुल गरिनेछ । ४,घर वहाल कर : यस नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पुरै वा आशिंक तवरले वहालमा दिएकोमा अनुसूची (३) वमोजिम घर वहाल कर लगाईने र असुल गरिनेछ । ५. व्यवसाय कर : यस नगरपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पुँजीगत लगानी र आर्थिक कारोवारका आधारमा अनुसूची (४) वमोजिम व्यवसाय कर लगाईने र असुल गरिनेछ । ६.जडबुटी, कवाडी, जीवजन्तु कर : यस नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले कन, खोटो, जडिबुटी, वनकस, कवाडी माल र प्रचलित कानूनले निषेध गरेको जीवजन्तु वाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिड, प्वाँख, छाला जस्ता वस्तुको व्यवसायिक कारोवार गरेवापत अनुसूची (५) वमोजिम कर लगाईने र असुल गरिनेछ । ७.सवारी साधन कर : यस नगरपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधनमा अनुसूची (६) वमोजिम सवारी साधन कर लगाईने र असुल गरिने छ । तर प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थमा सोही वमोजिम हुनेछ | ८. विज्ञापन कर : यस नगरपालिका क्षेत्रभित्र हुने विज्ञापनमा अनुसूची (७) वमोजिम विज्ञापन कर लगाईने र असुल गरिनेछ । तर प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोही वमोजिम हुनेछ । ९,मनोरन्जन कर : यस नगरपालिका क्षेत्र भित्र हुने मनोरन्जन व्यवसाय सेवामा अनुसूची (5) वमोजिम मनोरन्जन कर लगाईने र असुल गरिनेछ । तर प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोही वमोजिम हुनेछ । १०.बहाल बिदौरी शुल्क : यस नगरपालिका क्षेत्रभित्र आफुले निर्माण, रेखदेख वा संचालन गरेका अनुसूची (९) मा उल्लेख भए अनुसार हाट, बजार वा पसलमा सोही अनुसूचीमा भएको अवस्था अनुसार वहाल विदौरी शुल्क लगाईने र असुल गरिनेछ । ११. पार्किङ शुल्क : नगरपालिका क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराए वापत अनुसूची (१०) वमोजिम पार्किङ शुल्क लगाईने र असुल गरिनेछ । १२. सेवा शुल्क दस्तुर : यस नगरपालिकाले निर्माण, संचालन व्यवस्थापन गरेका अनुसूची (११) मा उल्लेखित स्थानीय पूर्वाधार र उपलव्ध गराइएको सेवामा सेवाग्राहीबाट सोही अनुसूचीमा व्यवस्था भए अनुसार शुल्क लगाइने र असुल गरिनेछ । १३. पर्यटन शुल्क : यस नगरपालिकाले आफनो क्षेत्रभित्र प्रबेश गर्ने पर्यटकहरुबाट अनुसूची १२ मा उल्लेखित दरमा पर्यटन शुल्क लगाईने र असुल गरिनेछ । तर प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोही वमोजिम हुनेछ । १४. दण्ड जरिवाना र नियमित दस्तर : यस नगरपालिकाले आफनो क्षेत्रभित्र नगरपालिकाको स्वीकृति विना निर्माण भएका भौतिक संरचना, घर तथा अन्य भवन, टहराहरुलाई भवन सहिंता, भवन निर्माण मापदण्ड र नगरपालिकाबाट स्वीकृत मापदण्ड भित्र पर्नेको हकमा नगरपालिकाको निर्णयानुसार नक्सा स्वीकृत गरी, नियमित गर्नुपर्ने भएमा अनुसूची १३ मा उल्लेखित दरमा दण्ड, जरिवाना र नियमित दस्तुर लिई घर नक्सा पास वा घर नक्सा नियमति गरिनेछ । ११. कर छुट: यस ऐन वमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थाहरुलाई कुनै पनि किसिमको कर छुट दिईने छैन् । तत्कालीन स्थानीय निकायको कानून वमोजिम निर्धारण भएका सबै प्रकारका राजस्व वक्यौता रकम, दण्ड जरिवानालाई छुट दिइने छैन । कर छुट र छलीमा संलग्न पदाधिकारीलाई यस्तो छुट र छलीको रकम सरकारी वाँकी सरह सम्बन्धित पदाधिकारीबाट असुल उपर गरिनेछ । १६.कर तथा शुल्क संकलन सम्वन्धी कार्यविधि : यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्वन्धी कार्यविधि नगरपालिकाबाट जारी गरे अनुसार हुनेछ l १७. यो ऐन जारी हुनु भन्दा अगाडी असुल उपर भई आएको राजश्व तथा कर सेवा शुल्क समेत यस ऐन वमोजिम असुल उपर भएको मानिने छ। अगामी आ.व.२०५३/०५४३ को प्रस्तावित कर तथा गैर राजस्व दर अनुसुची-१ (ऐनको दफा (२) सँग सम्बन्धित) | सि.न. शिर्षक न. पा. को प्रस्ताव घर जग्गा कर १० लाख सम्मको कर नलाग्ने १० देखि २० लाख सम्मको B.R000/- २१ देखि ३० लाख सम्मकोव ०००५ प्रतिशत ३१ देखि ५० लाख सम्मको ००२५ प्रतिशत ५० लाख देखि १ करोड सम्मको ००५० प्रतिशत १ करोड भन्दा माथि १०५ प्रतिशत नोट: (क) घर जग्गा करको प्रयोजनको लागि घर जग्गाको मुल्यांकन नियवलीमा,२०५६ (संशोधन सहित) को अनुसूची मा उल्लेख भए वमोजिमा हुने नगरपालिकाले आफनो क्षेत्रभित्र लगाउन सक्ने सम्पत्तिकरको दररेट (आ.व. २०८३/०८३४) क्रस. सम्पत्तिको मुल्याङ्कन एकीकृत सम्पत्तिकर बार्षिक रू. १ १ देखि ४ लाख सम्म ।५० २ ४ लाख १ देखि २५ लाख सम्म | yoo ३ २५ लाख १ देखि yo लाख सम्म [१००० ४ Yo लाख १ देखि ७५ लाख सम्म (१५०० भन ७५ लाख १ देखि १करोड सम्म | २५०० ६ १करोड १ देखि ५ करोड सम्म (५००० ७ ५ करोड १ रूपैया देखि माथि २ wo रूपैया प्रति हजार २. सम्पत्तिको Fee आधार तथा दर निर्धारण सम्वन्धी व्यवस्था : १. घर जग्गाको आकार, प्रकार, बनौट वा उपयोग वा अचल सम्पत्तिको उत्पादनशिल उपयोगको अवस्था । २. नागरिकको जिवनस्तर, आर्थिकस्तर र खर्च गर्न सक्ने क्षमता । ३. अचल सम्पत्तिको प्रचलित बजार मूल्य तथा हस मूल्य, सम्पत्ति करको दर निर्धारण सम्वन्धी व्यवस्था : क) प्रत्येक आर्थिक वर्षको श्रावण १ गते करदाताको नाममा रहेको जग्गा तथा संरचनालाई त्यस वर्ष निजको स्वामित्वमा रहेको सम्पत्ति मानी त्यसै वमोजिम मूल्याङ्गन तथा कर निर्धारण गरिनेछ । ख) प्रत्येक व्यक्तिको स्वमित्वमा रहेको नगरक्षेत्र भित्रका सम्पूर्ण सम्पत्तिहरुलाई एकै ठाउँमा राखी मूल्याङ्कन गरिनेछ | ग) नगरपालिका क्षेत्रमा जग्गाको मूल्याङ्कन गर्दा प्रचलित बजार भाउ अनुसार जग्गाको मूल्य कायम गर्न निम्न विधिहरुलाई प्रयोगमा ल्याइनेछ । घ. करदाताबाट सम्पत्ति विवरण दाखिला गर्दा पेश गरेको आफ्नो जग्गाको चलन चल्तीको मूल्यलाई जग्गाको मूल्याङ्कनको आधारको रुपमा लिन सकिनेछ ।