जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख पदमा कार्यरत सुमन प्रसाद तिवारीउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
Summary
fava: आरोपपत्र दायर गरिएको | स्वास्थ्य निर्देशनालय, धनकुटाका खोप अधिकृत (हाल स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख) पदमा कार्यरत सुमन तिवारीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज सुमन कुमार तिवारी एवम् सुमन तिवारी भन्ने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- b80bc4a7-29bc-4915-b5e7-e2f81fbda678.pdfPDF · 1 page · 336 KBOpen
Key details
- Organization
- Commission for the Investigation of Abuse of Authority (CIAA)
- Industry
- Commission
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
iS) अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल) काठमाडौं प्रेस विज्ञप्ति fava: आरोपपत्र दायर गरिएको | मितिः २०८३।०६।२३ गते। स्वास्थ्य निर्देशनालय, धनकुटाका खोप अधिकृत (हाल स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख) पदमा कार्यरत सुमन तिवारीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज सुमन कुमार तिवारी एवम् सुमन तिवारी भन्ने सुमन प्रसाद तिवारीले खोप सुपरभाईजर राजपत्र अनंकित प्रथम श्रेणीको ओहदा पाउन BIHAR INTERMEDIATE EDUCATION COUNCIL, PATNA बाट जारी भएको 10 तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिई माथिल्लो तहका विभिन्न पद र श्रेणीमा बढुवा पाउनसमेत पटक-पटक उल्लिखित प्रमाणपत्र पेस गरी बढुवा भई राष्ट्रसेवकको पद ओहदा, लाभ र सुविधासमेत प्राप्त गरिरहेको देखिएकोले निज सुमन प्रसाद तिवारीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९को उपदफा (२) एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। प्रवक्ता सुरेश न्यौपाने