खप्तडछान्ना गाउँपालिकाको १० वर्षे शिक्षा योजना
Summary
दिगो विकासका लक्ष्य प्राप्तिका लागि नेपाल सरकारले प्रतिवद्धता जाहेर गरेको छ । पन्ध्रौं आवधिक योजना (२०१९/२०२०-२०२३/२४) विद्यालय शिक्षा क्षेत्र योजना (२०२१-२०३०) दिगो विकास लक्ष्य सन् २०३० ले परिलक्षित गरेका शिक्षाका उद्देश्यहरू हासिल गर्ने गरी सवै विकासका कार्यक्रमहरू सञ्चालन हुँदै आएको सन्दर्भ…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2618e1d8-c835-4a84-bf81-1f0b9104d446.pdfPDF · 178 pages · 2.9 MBOpen
Key details
- Organization
- Khaptadchhanna Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
दश वर्ष शिक्षा क्षेत्र योजना (ROGO -ROTR) परिमार्जन: २०८३ खप्तडछान्ना गाउँपालिका पसलबगर, बझाङ्ग प्रकाशकः खप्तडछान्ना गाउँपालिका( शिक्षा, युवा तथा खेलकुद शाखा) समन्वय तथा सहकार्य: ग्रामिण शिक्षा तथा वातावरण विकास केन्द्र (REED Nepal) हाम्रो भनाइ दिगो विकासका लक्ष्य प्राप्तिका लागि नेपाल सरकारले प्रतिवद्धता जाहेर गरेको छ । पन्ध्रौं आवधिक योजना (२०१९/२०२०-२०२३/२४) विद्यालय शिक्षा क्षेत्र योजना (२०२१-२०३०) दिगो विकास लक्ष्य सन् २०३० ले परिलक्षित गरेका शिक्षाका उद्देश्यहरू हासिल गर्ने गरी सवै विकासका कार्यक्रमहरू सञ्चालन हुँदै आएको सन्दर्भ विद्यमान रहेको छ । यसरी गरिएका प्रतिवद्धता पूरा गर्ने दायित्व सबै तहका सरकारहरूमा रहने गर्छ । यसै सन्दर्भमा संघीय एवम् प्रदेश तहबाट मार्गदर्शन एवम् योजनाका खाकाहरू उपलब्ध गराइँदै आएको छ । संघीय गणतन्त्रात्मक शासन प्रणाली स्थापना भए पश्चात स्थानीय सरकारलाई माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापन गर्ने जिम्मेवारी संविधानले प्रदान गरेको छ । शिक्षाको सञ्चालन तथा व्यवस्थापन तीनवटै तहको साझा अधिकारमा परेको हुँदा उचित समन्वय तथा सहकार्यमा शैक्षिक योजना विकास तथा कार्यान्वयन गर्नु पर्ने अवस्था विद्यमान छ । स्थानीय तहको सरकार गठन भए पश्चात क्षेत्रगत रूपमा आवधिक एवम् दिर्घकालिन योजनाहरू निर्माण एवम् कार्यान्वयन गरी शैक्षिक पहुँच गुणस्तर तथा व्यवस्थापनमा प्रभावकारिता ल्याउने अभ्यास प्रारम्भ भएका छन् | यसै सन्दर्भमा खस्तडछ्ान्ना गाउँपालिकाको आर्थिक, सामाजिक, भौगोलिक तथा पर्यावरणीय परिवेश समेतलाई आधार बनाइ यो शिक्षा योजनाको निर्माण गरिएको छ । साथै योजना विकासमा विद्यमान शिक्षा क्षेत्रका सूचकहरूको अवस्थालाई पूर्णरूपमा ध्यानमा राखिएको छ । यो योजना निर्माणमा स्थानीय समुदायस्तरमा छलफल एवम् परामर्श गरिएको थियो । त्यसै गरी विगतमा कार्यान्वयन गरिएका कार्यक्रमहरूको नतिजा एवम् प्राप्तिहरूलाई विश्लेषण गरिएको थियो । विगतका कार्यक्रमहरूको प्रभावकारिता तथा त्यस्ता कार्यक्रमबाट हासिल भएका सिकाइहरूको समीक्षा गरी योजना तयार गर्ने कार्य सम्पन्न गरिएको हो । यो योजनाको सफल कार्यान्वयनबाट गाउँपालिकालाई शिक्षा क्षेत्रको वार्षिक योजना तथा बजेट तर्जुमा गर्ने मुख्य आधारका रूपमा रहने छ । यसबाट नतिजामुखी अनुगमन तथा मूल्याङ्कनकार्यलाई संस्थागत गर्न र प्रभावकारी बनाइ निर्धारित लक्ष्यमा पुग्न योजना एक अचुक साधनका रूपमा रहने अपेक्षा गरिएको छ । यस योजनाको मस्यौदा तयार गर्ने क्रममा आफ्ना अमूल्य सुझाव तथा निर्देशन प्रदान गर्नु हुने खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष श्री उत्तम बहादुर रोकाया, उपाध्यक्ष श्री विष्णु कुमार थापा लगायतका जनप्रतिनिधिज्यूहरू, प्रमुख प्रशासकीय अधिकृत श्री बीर बहादुर नेपाली, शिक्षा अधिकृत श्री हरि प्रसाद सोती सहित गाउँपापालिकाका सम्पूर्ण कर्मचारीहरू प्रति हामी हार्दिक आभार प्रकट गर्दछौ । साथै यो योजना दस्तावेज तयार गर्न सहयोग गर्ने रिड नेपाल र संस्थाको तर्फबाट प्राविधिक सहयोग गर्नु हुने शिक्षा विद डा. आनन्द पौडेल प्रति हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु । मन्तब्य शिक्षा प्राप्त गर्नु व्यक्तीको आधारभूत आवश्यकताका साथै मौलिक हकको रुपमा रहेको छ। लोकतान्त्रिक मुल्यमान्यतामा आधारित रहेर समाजवाद उन्मुख राष्ट्र निर्माणमा शिक्षाको महत्वपूर्ण भुमिका रहेको छ साथै राष्ट्र निर्माणमा यसको महत्वपुर्ण भूमिका रहेको हुन्छ। सबैका लागि शिक्षा, सहज पहुँच र निरन्तरताको शुनिश्चितता गर्दै शिक्षालाई सर्वसुलभ, सर्वब्यापी, जिवनोपयोगी, प्रतिस्पर्धि र गुणस्तरिय बनाउन आवश्यक हुन आउछ। नेपालको संविधान २०७२ ले शिक्षालाई व्यक्तीको मौलिक हकको रुममा स्थापित गर्दै आधारभुत तह सम्मको शिक्षा अनिवार्य तथा निःशुल्क रुममा पाउने व्यवस्था गरेको छ। माध्यमिक तह सम्मको शिक्षाको संचालन, व्यवस्थापन, रेखदेख एवं नियमन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ। माध्यमिक तह सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको र जनताको सबै भन्दा नजिकको सरकार स्थानीय सरकार भएकोले जनतालाई परिवर्तन गराउनु र सर्वसुलभ, गुणस्तरिय, जीवन उपयोगी शिक्षा उपलब्ध गराउनु आफ्नो कर्तब्य हुन आउँछ। खप्तडछान्ना गाउँपालिकामा जननिर्वाचित सरकार आईसकेपछि, पहिलो प्राथमिकता शिक्षालाई राखिसकेपछि पहुँच, भर्ना, टिकाउ, सिकाई सुनिश्चितता, गुणस्तर, सुशासन र व्यवस्थापनमा विशेष ध्यान दिएको छ। यिनै कुराहरुलाई ध्यान दिई शिक्षामा प्रत्यक आ.व.मा स्थानीय तहबाट लगानी वृद्धि गर्दै अनौपचारिक शिक्षा एवं विद्यालय शिक्षामा विशेष ध्यान दिईएको छ। विशेषतः सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गरि गुणस्तरको शुनिश्चितता गर्दै विद्यालयमा समुदायको सहभागिता बढाउनु आवश्यक हुन आउछ भने अल्पसंख्यक विशेष आवश्यकता भएका बालबालिकाहरुलाई भित्र्याउने र टिकाउने समस्या एकातिर छ भने, पोषण, जिवन पर्यन्त सिकाई, प्रविधिसँग अभिभावक विद्यार्थी र शिक्षकलाई जोड्नु, समाजमा देखिने विकृति एवं विसंगतीलाई शिक्षाको माध्यमबाट विद्यालय व्यवस्थापनका पक्षमा सुधार गर्नु पर्ने चुनौतीपुर्ण पक्ष रहेको छ। गाउँपालिकाको वर्तमान शैक्षिक अवस्थालाई मध्यनजर गरि आगामी वर्ष भित्र विद्यालय शिक्षामा व्यापक सुधार गरि शैक्षिक गन्तब्यको थलोको रुपमा विकास गर्नुपर्ने अवस्था रहेको छ। यस कुरालाई मध्यनजर गरि खप्तडछान्ना गाउँपालिकाले आधुनिक समाजको निर्माण साथै विद्यालय विकास र गुणस्तरिय शिक्षा प्रदान गर्न यो दश बर्षे शैक्षिक योजनाको निर्माण गरेको छ। यस योजनाले शिक्षाका मुद्दाहरुलाई संम्बोधन गर्ने आशा लिएको छु। उत्तम बहादुर रोकाया गाउँपालिका अध्यक्ष परिच्छेद १: परिचय ...........................:::.1::.१::१०१:-०१:१०१:००:१००१:-००१:०११:००:१०-:००::००::२०१::०१:०१:००:१०१:-००१:००::००:०००० 1 १.१ वर्तमान अवस्था......................:.::-०::००:०११००-००१०१:००:००:१००:००१०१-००:००१-०१:००:०१०१:००:०१:००:०::०-:००:०१-००:०१-०१:००:००:०००- 1 १.१.१ भौगोलिक TART oc ccscssssssssessssssnsssssussssssstsstssessssassssssunassssssunsssssssnssssssesssesa 2 १.१.२ HTS ac ccccssssceeeesesssennnnnnnssnnssssssceecceeeeesseesmmnttsssssnsssssseeeeeeseeesesssmumusnsnssssssseeeeeeeeeeeeeee 2 १.१.३ माटोको वनावट र उर्वराशक्ति ...............................::..:,.०.०१०११०१:१०:०११:१०१०१०१:१:१०१०:,१०१:१०,०१:१०:०:०१,:००० 2 010101001111112 ccssssssssssesssseesesssesnsssecesseceessseeseetesessessessetseesseeuesseesnesseeuesseesseeteeestenesstee ३ १.१. FATS cesssscsssessssssessssssssseeesssnnsseeeesessssseeessuansseeesssassseeessuansseeeesunnsseeeseunnneseeeeseee 3 १.१. ६ बनजंगल........................::-:०-२००-००१०१:००:०११००:००१०१:००:०१:००:००:१००:००:०१-००:००१-०१:००:१०-:००:०१२०१:००:२०१:००:००:०००- 4 १.१.७ बन्यजन्तु........................2.2.212122211211111111121112111:1:१०११०१११०१०१०१०-०१०-०१०१०१०१०१०१०१०१०१०१००००००००१०००:०००१०.००० 4 १.१. ८ जातजाति..........................:.:.:.०-१०१००१०११०१०१००१०१०१००१०१०१००१०११०१००१०००१०१००१०११०१०११०११०१००१०११०१००१०११०:०१००००:००० 4 १.१.९ धार्मिक तथा ऐतिहासिक स्थानहरू, १.१.१० साँस्कृतिक पक्षहरू .........................::::०-०१०१०१०१०११०११०१११११११११११०१११०१११०१११०१००१००१००११०११०१०१०१०१०१०१०००० 5 १.१.११ राजनैतिक तथा प्रशासनिक विभाजन....................................:,-::,-:,:०,०::,:::,::,,:१:,:::,,०.०,५ 6 १.१.१२ जनसाङ्ख्यिकी................................:.:,:::०::०,०:०::०,,:०:०,,:०:०,:,,०:०,:,,०:०,:,,:०:०,:,,:०:०:०,:०,०:०,:०,-. 6 १.१.१३ आर्थिक तथा सामाजिक पक्ष .............................::०-.०:०१०११०१००१०११०१०१०११०१०१०११०११०१००१०१००:००१०११०:०१००००:००० 8 १.१.१४ वर्तमान शैक्षिक अवस्था .. १.१.१४.१ शैक्षिक सस्थाहरूको विवरण ...................................,..-::.०,०::,::::,०::,:::,:::,::,::०,०० 9 १.१.१४.२ विद्यालयमा अध्ययनरत विद्यार्थीको विवरण ...............................:...:.०.०१०:०१०१०१०:०१,०:०१:१०००० 9 १.१.१४.३ शिक्षक विवरण ...........................-:०.०१००१०१०१००१०१०१००१०११०१०१००१०१०१०११०१०१००१०११०:००१०११०:०१०१००:००० 10 १.१.१४.४ शिक्षक-विद्यार्थी अनुपात (तह अनुसार) पालिका तह...........................:..2.212-11-१०१००१०१०००० 10 १.१.१४.५ शैक्षिक पहुँच, १.१.१४.६ लैङ्गिक समता सूचकाङ्क (खुद भर्ना दरमा)................................:..-.,०-१००१०११०१:११,०१,.०,०१,००५ 12 FeV. VEG TAT oo cccsssssseseessnesnssessntsssnessanssnsssaneisntsnetusaessnsisetsnseinssssessnseinetsse 12 १.२ मुख्य समस्या तथा चुनौतीको विश्लेषण....................:.:००००१०१०१००१०१०१०११०१०१०११११११०१११११०१०११०१११०११००११०० 13 १.३ शिक्षा क्षेत्रका चुनौतीहरुको SWOT विश्लेषण ...................०.०-०१००००१०१०११०१०१०११११११०१०११११०१०११०१११०११००१०१०० 15 १.३.१ प्रारम्भिक बाल विकास र शिक्षा (CED)... १.३.२ आधारभूत शिक्षा (Basic Education) ...scsssssssssessssesssssssssusssssssussesnstsssssunsssstssese 16 १.३.३ माध्यमिक शिक्षा (Secondary Education) .......................,.,.,.,,,,,,,,,,,०,,,,,,,,,,,,,,,,,,, 18 १.३.४ प्राविधिक तथा व्यावसायिक शिक्षा र सिप विकास (TVET) ............................:..:1.2:21211212... 19 १.४ विगतका योजनाको प्रगति समीक्षा र अवसर ........................::.2:::-::०-:१०::१००::०१:२००१:१०::०-::०१:-००१:००:०० 20