Notice Park
Commission for the Investigation of Abuse of Authority (CIAA)
Press Release

जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

Summary

fava: आरोपपत्र दायर गरिएको | जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा भवन निर्माण तथा वस्ती विकास शाखा प्रमुख इन्जिनियर पदमा कार्यरत दिपा कार्की समेतले structural Analysis को काम स्वीकृत गरेवापत बार्गेनिङ गर्दै पटक-पटक दुःख हैरानी दिई सेवाग्राहीसँग घुस (रिसवत) माग गरिरहेको भन्ने…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Commission for the Investigation of Abuse of Authority (CIAA)
Industry
Commission
Category
Press Release
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

iS) अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल) काठमाडौं प्रेस विज्ञप्ति fava: आरोपपत्र दायर गरिएको | मितिः २०८३।०६।१६ गते। जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा भवन निर्माण तथा वस्ती विकास शाखा प्रमुख इन्जिनियर पदमा कार्यरत दिपा कार्की समेतले structural Analysis को काम स्वीकृत गरेवापत बार्गेनिङ गर्दै पटक-पटक दुःख हैरानी दिई सेवाग्राहीसँग घुस (रिसवत) माग गरिरहेको भन्ने सूचना एवम्‌ उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज इन्जिनियर दिपा कार्की र रकम लिई मध्यस्थको काम गर्ने आस्मा कार्कीलाई सेवाग्राहीबाट घुस (रिसवत) वापत रू.६४,०००/- (चौसट्टी हजार रूपैयाँ) लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको सिलसिलामा जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीले नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुखको पद तथा ओहदाको दुरूपयोग गरी बदनियत राखी अन्य प्रतिवादीहरू आस्मा कार्की र आशिष पौडेल समेतको मिलेमतो, योजना तथा मतसल्लाहमा घर निर्माणको structural Analysis स्वीकृत/सिफारिस, नक्सा पास, घर निर्माण सिफारिस, अस्थायी ईजाजत, घर निर्माण सम्पन्न लगायतको घर निर्माणको क्रममा कागेश्वरी मनोहरा नगरपालिकाबाट हुने सम्पूर्ण कार्यमा सहजीकरण गर्न गराउन आफू समेतका प्रतिवादीहरूको लागि रू.२,०८,०००/-- घुस (रिसवत) लिए लिन लगाएको पुष्टि भएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई बिगो रू.२,०८,०००%- (दुई लाख आठ हजार रूपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 2 को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको छ। जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नं. ९ स्थायी वतन भई हाल जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका वडा नं. ८ बस्ने प्रतिवादी आस्मा कार्कीले राष्ट्रसेवक दिपा कार्कीसमेतका अन्य प्रतिवादीसँगको मिलेमतोमा घुस (रिसवत) लिने दिने कार्यमा नगद तथा अन्य गैरकानुनी लाभ लिने प्रकृतिको मतियार भई मुख्य कसुरदारले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्यको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको हुँदा बिगो रू.२,०८,०००/- (दुई लाख आठ हजार रूपैयाँ) कायम गरी मुख्य कसुरदारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजायलाई आधार लिई निज प्रतिवादी आस्मा कार्कीलाई सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदारसरह सजाय हुन मागदाबी लिइएको छ। जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका वडा नं. ८ बस्ने प्रतिवादी आशिष पौडेलले राष्ट्रसेवक प्रतिवादी दिपा कार्कीसमेतका अन्य प्रतिवादीसँगको मिलेमतोमा घुस (रिसवत) लिने दिने कार्यमा नगद तथा अन्य गैरकानुनी लाभ लिने प्रकृतिको मतियार भई मुख्य कसुरदारले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्यको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको हुँदा बिगो रू.१,४४,००० । - (एक लाख चौवालीस हजार रूपैयाँ) कायम गरी मुख्य कसुरदारलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजायलाई आधार लिई निजलाई सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदारसरह सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। प्रवक्ता सुरेश न्यौपाने

Like

0

Views

0

Comments

0

Share

0

Save

Report