4 श्रीकृष्ण जन्माष्टमीको अवसरमा माननीय सभामुखज्यूको शुभकामना सूचना 2083-05-18
Summary
भगवान विष्णुले पृथ्वीको रक्षा गर्न आठौं,अवतारको रुपमा aE OT अष्टमीको मध्यरातमा श्रीकृष्णको : अवतार लिनुभएको दिनलाई श्रीकृष्ण जन्माष्टमीको रुपमा मनाइने गरिन्छ । भ्रगवान श्रीकृष्णले जीवनमा सत्य, धर्म, न्याय र मानव कल्याणको बाटो देखाउनुभएको छ। उहाँको उपदेश तथा गीता ज्ञानले मानव जीवनलाई नैतिकता…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5e36560b-0dbc-461a-933a-2d68b4558934.pdfPDF · 1 page · 568 KBOpen
Key details
- Organization
- Office of the Chief Minister and Council of Ministers, Koshi Province
- Industry
- Province
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सभामुख कोशी प्रदेश सभा, कटहरी, मोरङ, नेपाल शुभकामना भगवान विष्णुले पृथ्वीको रक्षा गर्न आठौं,अवतारको रुपमा aE OT अष्टमीको मध्यरातमा श्रीकृष्णको : अवतार लिनुभएको दिनलाई श्रीकृष्ण जन्माष्टमीको रुपमा मनाइने गरिन्छ । भ्रगवान श्रीकृष्णले जीवनमा सत्य, धर्म, न्याय र मानव कल्याणको बाटो देखाउनुभएको छ। उहाँको उपदेश तथा गीता ज्ञानले मानव जीवनलाई नैतिकता, सहिष्णुता, सद्भाव र भाइचारा तर्फ प्रेरित गर्दछ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट राधाकृष्ण रथयात्रा देशका बिभिन्न स्थल लगायत विराटनगरस्थित ATT मन्दिर परिसरबाट राधाकृष्णको युगल जोडिको रथयात्रा निकाल्ने गरिन्छ । दक्षिण एसियाकै दोश्रो ठुलो मानिने तथा कोशी प्रदेशकै ऐतिहासिक र महत्वपूर्ण बिराटनगरको रथयात्रामा नेपालीमात्र नभएर छिमेकी मुलुकका श्रद्धालु भक्तजनहरु पनि सहभागी हुने गर्दछन् | नेपालको धार्मिक तथा सांस्कृतिक परम्पराको रुपमा, मानिदै आएको श्रीकृष्ण जन्माष्टमी र रथयात्राको सफलताको शुभकामना दिदै सबै श्रद्धालु भक्तजनहरुमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्दछु। नेपाल बहुजाती, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिकको रुपमा परिचित रहेको साथै नेपालीहरुबछीचको एकता, धार्मिक सदभाव तथा भाइचाराको सम्वन्ध रहदै आएको छ । नेपालको वैदिक सनातन धर्मको संरक्षण र सम्बर्द्धन गर्नका साथै सबै भाषा, धर्म, संस्कृति, कला एवं चाडपर्व र परम्परालाई जीवन्त राख्नु हाम्रो दायित्व र कर्तव्य पनि हो। भरखरै रसुवा, नुवाकोट तथा धादिङ लगायतका क्षेत्रमा आएको बाढीपहिरोका कारण देशनै भावविह्रल बनेको छ; यस विपद्मा परि ज्यान गुमाउनु हुने नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु साथै वेपत्ता तथा घाइतेको खोज तथा उद्धार एवम् उचित, राहतका निम्ति नेपाल सरकारसँग अनुरोध गर्दछु। अन्तमा, श्रीकृष्ण जन्माष्टमी एवम् राधाकृष्ण रथयात्राले सुख, शान्ति र समृद्धि र एकताको भावनामा सहयोग पुगोस् भनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। (अम्वर बहादुर विष्ट) सभामुख मितिः२०८३ भाद्र १९ गते शुक्रवार