खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
Summary
fava: आरोपपत्र दायर गरिएको | खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल, काठमाडौमा उद्योग अनुमति नवीकरण शाखामा कार्यरत खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीले चाईना बोर्डरमा रोकिएको सामान आयात गर्ने प्रयोजनको लागि स्वीकृति दिन निजले ह्वाट्एपमार्फत कुरा गरी घुस/रिसवत रकम दिन बाध्य बनाई घुस/रिसवत…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3de6abc8-fe98-48ce-ba42-0b0d20df9ea2.pdfPDF · 3 pages · 747 KBOpen
Key details
- Organization
- Commission for the Investigation of Abuse of Authority (CIAA)
- Industry
- Commission
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
iS) अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल) काठमाडौं प्रेस विज्ञप्ति fava: आरोपपत्र दायर गरिएको | मितिः २०८३।०६। १२ गते। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल, काठमाडौमा उद्योग अनुमति नवीकरण शाखामा कार्यरत खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीले चाईना बोर्डरमा रोकिएको सामान आयात गर्ने प्रयोजनको लागि स्वीकृति दिन निजले ह्वाट्एपमार्फत कुरा गरी घुस/रिसवत रकम दिन बाध्य बनाई घुस/रिसवत लिएको हुँदा निज अर्जुन अधिकारी उपर कारबाही हुन भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग, बबरमहल काठमाडौमा कार्यरत खाद्य अनुसन्धान अधिकृत प्रतिवादी अर्जुन अधिकारीले आफ्नो राष्ट्रसेवक पद तथा ओहदाको कामको सिलसिलमा बदनियत राखी अन्य प्रतिवादीहरू बसन्त कुमार बस्याल क्षेत्री, सुरेश चौधरी, रश्मिता श्रेष्ठसमेतसँगको मिलेमतो तथा योजनामा कम्पनी, उद्योग, भन्सार ऐजेन्टसँग सम्बन्धित व्यक्तिहरूसँग खाद्य आयात अनुमति सहजीकरण समेतका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट हुने सार्वजनिक सेवामा सहजीकरण गरे गराए वापत घुस/रिसवत रकम माग गरी गराई उक्त घुस/रिसवत रकम प्राप्तिको लागि निज प्रतिवादीहरु समेतको विभिन्न बैक खाताहरू तथा उक्त बैक खाताको QR समेत आदान प्रदान गरी गराई घुस/रिसवत रकम अर्जुन अधिकारीको नाममा नेपाल बैकमा रहेको खातामा रू.२५,०००। -, प्रभु बैकमा रहेको खातामा रू.१,१४,०००।-, प्रतिवादी बसन्त कुमार बस्याल क्षेत्रीको नाममा रहेको माच्छापुच्छ्ने बैकमा रहेको खातामा रू.८,९४,५००। -, प्रतिवादी रस्मिता भन्ने रश्मिता श्रेष्ठको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा रू.१४,९३,३७५ ।-- र प्रतिवादी सुरेश चौधरीको नाममा प्रभु बैकमा रहेको खातामा रू.२,६९,०००।-- समेत गरी जम्मा BAG RO ROY ।-- (अट्टाईस लाख बीस हजार तीन सय पचहत्तर रूपैयाँ) घुस रिसबत रकम दाखिला गरी गराई उक्त घुस रिसवत प्रयोग प्रचलनमा ल्याएको पुष्टि भएकोले निज प्रतिवादीहरू अर्जुन अधिकारी, बसन्त कुमार बस्याल क्षेत्री, सुरेश चौधरी, रश्मिता श्रेष्ठ समेतको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरजन्य कार्य भएको हुँदा निज प्रतिवादीहरूलाई देहायबमोजिम कसुरमा देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। देहायः "क्रस नामथर पद र बिगो रू. कसुर तथा सजायको मागदाबी कार्यालय १. | खाद्य प्रविधि तथा गुण रू.२८,२०,३७५।-- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) नियन्त्रण बिभागका बमोजिमको कसुरमा बिगो अट्टाईस लाख बीस हजार तीन सय पचहत्तर खाद्य अनुसन्धान रूपैयाँ कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को अधिकृत अर्जुन उपदफा (१) को देहाय (ङ) बमोजिम कैद र सोही ऐनको दफा ३ अधिकारी को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको छ। प्रतिवादी जिल्ला | रू.८,९४,५००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) रुपन्देही बुटवल बमोजिमको कसुरजन्य कार्यको गैरकानुनी लाभ लिने प्रकृतिको मतियार उपमहानगरपालिका भई सोही ऐनको दफा २२ बमोजिमको कसुर भएको हुँदा बिगो आठ वडा नँ. ९ वतन लाख चौरानब्बे हजार पाँच सय रूपैयाँ कायम गरी मुख्य कसुरदारलाई भएका बसन्त कुमार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को बस्याल क्षेत्री देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुनेलाई आधार लिई सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाँक्याशबमोजिम मुख्य कसुरदार सरह सजाय हुन मागदाबी लिइएको छ। प्रतिवादी जिल्ला | रू.२,६९,०००।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) कैलाली गोदावारी बमोजिमको कसुरजन्य कार्यको गैरकानुनी लाभ लिने प्रकृतिको मतियार नगरपालिका वडा नं. भई सोही ऐनको दफा २२ बमोजिमको कसुर भएको हुँदा बिगो दुई ६ वतन भएका सुरेश लाख उनान्सत्तरी हजार रूपैयाँ कायम गरी मुख्य कसुरदारलाई भ्रष्टाचार चौधरी निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुनेलाई आधार लिई सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाँक्याशबमोजिम मुख्य कसुरदार सरह सजाय हुन मागदाबी लिइएको छ। प्रतिवादी जिल्ला | रू.१४,९३,३७५ । - भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) दोलखा मेलुङ गा.पा. at नं. ६ वतन भएकी रस्मिता भन्ने रश्मिता श्रेष्ठ बमोजिमको कसुरजन्य कार्यको गैरकानुनी लाभ लिने प्रकृतिको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर भएको हुँदा बिगो चौध लाख Ramet हजार तीन सय पचहत्तर रूपैयाँ कायम गरी मुख्य कसुरदारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुनेलाई आधार लिई सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाँक्याशबमोजिम मुख्य कसुरदार सरह सजाय हुन मागदाबी लिइएको छ। प्रवक्ता सुरेश न्यौपाने जम्मा दाखिला भएको घुस रिसवत रकम रु. २८,२०,३७५।- (agree लाख बीस हजार तीन सय सय पचहत्तर मात्र । ) सुरेश चौधरीको प्रभु बैंक खातामा विभिन्न सेवाग्राहीहरुले जम्मा गरेको रकम रु. BARKS ००।-(दुई लाख उन्नासत्तरी हजार) / प्रभु बैंकमा सेवाग्राहीहरुले बसन्त pik hl ae जम्मा गरेको घुस रिसवत रकम माछा खातामा विभिन्न ०००।_ सेवाग्राहीहरुले जम्मा गरेको घुस CUM eo ol (एक लाख रिसवत रकम रु. ८)९४)५००।- (आठ लाख चौरानब्बे हजार पाच सय) चौध हजार मात्र) i) प्रतिवादी अर्जुन अधिकारीको नेपाल बैंकमा जम्मा प्रतिवादी रश्मिता श्रेष्ठको ग्लोबल आईएमई भएको घुस रिसवत रकम जम्मा रु.२५,०००।- बैंक खातामा जम्मा भएको घुस रिसवत (पचिस हजार मात्र) रकम:-रु. १४,९३,३७५।- (चौध लाख त्रियानब्बे हजार तीन सय पचहत्तर)