Notice Park
Saptagandaki Multiple Campus
Tender/Bids

बाेलपत्र आव्हानको सूचना ।

30days left
Deadline 5 Dec 2026

Files

Key details

Organization
Saptagandaki Multiple Campus
Industry
Education
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

वि.सं. १९५८ देखि निरन्तर प्रकाशित, बहुभाषी राष्ट्रिय दैनिक ad werd सुखिनः सर्वे सन्तु निरामयाः | सर्वे भद्राणि पश्यन्तु मा pag दुःखभारजनः | जो: गौरव RAGA gorkhapatraonline.com 4977-1-4514799 jonallife.com.np वर्ष १२५ | अङ्क ३२९ | २०८२ साल चैत २६ गते बिहीबार | वैशाख कृष्ण सप्तमी | नेपाल संवत्‌ ११४६ चौलागा ७ | 2026 April 9 Thursday | पृष्ठ : १२५४५४५४३४ | मूल्य : दस रुपियाँ सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिमा विश्वास प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखको शिष्टाचार भेटवार्ता । तस्बिर : प्रम सचिवालय गोरखापत्र समाचारदाता काठमाडौँ चैत २४ गते प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिमा विश्वास राख्ने औँल्याउँदै अन्तर्राष्ट्रिय सहयोग र सद्भावको आशा सरकारले राखेको विश्वका कूटनीतिज्ञमाझ प्रस्ट पार्नुभएको Bl सो क्रममा उहाँले विश्वशान्तिको पक्षधर नेपाल रहेकाले सबैको साझा प्रयास शान्ति स्थापनामा हुनुपर्ने बताउनुभयो । विभिन्न मुलुकका राजदूतसँग हुने एकल शिष्टाचार feed सद्भाव र सामूहिकतामा बदल्दै प्रधानमन्त्री शाहले बुधबार नेपालस्थित विभिन्न मुलुकका राजदूतसँग सामूहिक संवाद आयोजना गरी नेपालको आवश्यकता र आशाका बारेमा प्रस्ट पार्नुभएको हो | छिमेकी, मित्रराष्ट्र र विकास साझेदारसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाउनु आजको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। विश्वका विभिन्न स्थानमा युद्ध र द्वन्द्वको माहोलले विश्वशान्ति खलबलिएको स्मरण गर्दै शासकीय स्वरूप र निर्वाचन प्रणाली संशोधन प्रस्ताव गोरखापत्र समाचारदाता ललितपुर, चैत २४ गते कूटनीतिक आचारसंहितासम्बन्धी प्रशिक्षण प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वको सरकारका सबै मन्त्रीलाई परराष्ट्र मन्त्रालयले 'कूटनीतिक आचारसंहितासम्बन्धी प्रस्तुति प्रदान गरेको छ। विगतमा कूटनीतिक व्यक्तित्वसँग जथाभाबी हुने मेट तथा भ्रमणका कारण कूटनीतिक मर्यादा तथा शिष्टाचार उल्लङ्घनका घटना दोहोरिन नदिने उद्देश्यसहित यस प्रकारको ज्ञान अनुशिक्षण प्रदान गरिएको हो | परराष्ट्र मन्त्रालयले परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिताका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार आयोजित प्रस्तुतीकरण कूटनीतिक मर्यादामा रहेर सम्बन्ध प्रगाढ बनाउने ज्ञान प्रदान गरेको हो । सबै मन्त्रीलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवर्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत प्रस्तुति दिनुभएको थियो | सचिव राईले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमाहरू र कूटनीतिक मर्यादाका सम्बन्धमा सृक्ष्म ढङ्गले जानकारी गराउनुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षलाई उहाँले विशेष जोड दिनुभएको थियो। साथै विदेशी पदाधिकारीसँग हुने मेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य पालनाका विषयमा समेत मन्त्रीहरूलाई अवगत गराइएको थियो । प्रधानमन्त्री शाहले छलफलका क्रममा शान्ति र सद्भाव सबैको साझा प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो । नेपाली श्रमिक तथा विदेशमा रहेका नेपाली समुदायको सुरक्षा र हित सरकारको उच्च प्राथमिकतामा रहेको छलफलका क्रममा अवगत गराउनुभयो | प्रधानमन्त्री शाहको नेतृत्वमा सरकार गठन भएपछि यसरी पहिलो पटक विदेशी कूटनीतिज्ञसँग पहिलो पटक सामूहिक संवादसहित छलफल गर्नुभएको हो। प्रधानमन्त्री शाहले सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रूपमा अगाडि बढाउने प्रतिबद्धता कूटनीतिज्ञसमक्ष व्यक्त गर्नुभयो | उहाँले नेपालको विकास प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव निरन्तर रहने विश्वास प्रकट गर्नुभएको थियो। परराष्ट्रमन्त्री शिशिर खनालसमेत उपस्थित रहनुभएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउनुभएको थियो। परराष्ट्र मन्त्रालयका अनुसार सरकारको आगामी कार्यादेशा र प्राथमिकताका विषयमा जानकारी दिने उद्देश्यले यो बैठक आयोजना गरिएको थियो। छलफलका क्रममा सहभागी विमिन्न मुलुकका राजदूतले नयाँ सरकारको कार्ययोजना र प्राथमिकताका विषयमा चासो व्यक्त गर्नुभएको थियो। राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै राजदूतहरूले 29 बाँकी पृष्ठरमा ठेक्का तोडिएका आयोजना पुनः भउचप्रसाद यादव काठमाडौँ चैत २१ गते सरकारले संविधान संशोधनका सन्दर्भमा राजनीतिक दलसँगको विमर्श आरम्भ गरेको 'छ। सरकारले गठन गरेको “संविधान संशोधन 'बहसपत्र तयार गर्ने कार्यदल-२०५२' ले संविधान कार्यान्वयनको समीक्षा र संशोधनका अन्तरवस्तुका बारेमा छलफल प्रारम्भ गरेको हो | प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलको पहिलो बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको Bl बैठकमा २०७२ मा जारी नेपालको संविधान कार्यान्वयनको एक दशकको समीक्षा र संशोधन गर्न आवश्यक देखिएका विषयबारे छलफल भयो। सरकारले चैत १६ गते गठन गरेको कार्यदलको बैठकमा शासकीय स्वरूप कस्तो हुने र निर्वाचन प्रणालीमा गर्नैपर्ने सुधारबारे छलफल सुरु भएको छ। बैठकमा यी दुवै विषयमा संशोधन गर्नुपर्ने प्रस्ताव 29 बाँकी पृष्ठ२मा दद संघर्ष र तनाउको परिस्थितिले सिङ्गो विश्वलाई भयग्रस्त अवस्थामा पारेको छ | यसबाट उम्किन अझै केही समय लागे छाँट देखिन्छ । स्पष्टै छ, अमेरिका र इजरायल दुवै इरानलाई ध्वस्त पार्ने नियोगबाट पछि हटेका छैनन्‌ । ७ धुवहरि अधिकारी ठेक्का तोडिएका आयोजनाको पुनः ठेक्का व्यवस्थापन गर्न आवश्यक प्रक्रिया सुरु गरिएको छ। पुनः ठेक्का व्यवस्थापन गर्न ठेक्का तोडिएका आयोजनामा अहिलेसम्म भएको काम, भएको खर्चको मूल्याङ्कन तथा नयाँ ठेक्का लगाउन स्रोत सुनिश्चितताको आवश्यक प्रक्रिया सुरु गरिएको हो। त्यसै गरी ठेक्का तोडिएका निर्माण कम्पनीलाई सार्वजनिक खरिद कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालो सूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, घरौटीबापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुका साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइएको AT | यसअघि तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री र जलस्रोत तथा उर्जामन्त्री एवं सहरी विकासमन्त्री कुलमान घिसिङको कार्यकालमा ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि भन्दै तीन वटै मन्त्रालय अन्तर्गतका दर्जनौँ ठेक्का तोडिएको थियो | त्यस बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग अन्तर्गत ९० वटा, जलस्रोत तथा Sat मन्त्रालय अन्तर्गत २२ वटा र सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभाग (डोली) अन्तर्गत चार वटा ठेक्का तोडिएको थियो | सडक विभागका सूचना अधिकारी शुभञ्जन दाहालले ठेक्का तोडिएका आयोजनाको पुनः ठेक्का व्यवस्थापन गर्न अर्थ मन्त्रालयबाट स्रोत सहमति लिनुपर्ने र स्रोत सहमति भइसकेपछि मात्र ठेक्का लगाउन बोलपत्र आह्वान गर्न सकिने बताउनुभयो | ठेक्का तोडिएका आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउन पुनः सुरुदेखि नै ठेक्का व्यवस्थापनको काम सुरु गर्नुपर्ने र त्यसका लाग आवश्यक प्रक्रिया सुरु भइसकेको उहाँले जानकारी दिनुभयो। दाहालका अनुसार भौतिक तथा यातायात मन्त्रालय अन्तर्गत तीन अर्ब ५० करोड रुपियाँ बराबरको ठेक्का तोडिएको थियो। ठेक्का तोडिएका आयोजनाको तुरुन्तै ठेक्का 'लगाउन र तत्कालै निर्माण सुरु हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो। १० लाख रुपियाँभन्दा माथिको ठेक्का भएको अवस्थामा अनिवार्य रूपले बोलपत्र नै area गर्नुपर्ने भएकाले ठेक्का तोडिएका आयोजनाको तत्काल काम सुरु हुन नसक्ने उहाँको भनाइ थियो | दाहालले भन्नुभयो, “पुनः ठेक्का लगाउन ठेक्का तोडिएका निर्माण कम्पनीलाई कालो सूचीमा पार्ने प्रक्रिया, ठेक्का तोडिएका आयोजनाको अहिलेसम्म के कति काम भयो ? कति बाँकी छ ? त्यसको मूल्याङ्कनलगायतको काम गरी पुनः ठेक्का प्रक्रिया अगाडि बढिरहेको BI" उहाँका अनुसार भौतिक तथा यातायात मन्त्रालय अन्तर्गत तीन अर्ब yo करोड रुपियाँ बराबरको ठेक्का तोडिएको थियो । त्यसै गरी ऐनबमोजिम कार्यसम्पादन जमानतबापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी 2) बाँकी पृष्ठर२मा ‘eA 010 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प > अमेरिका र इरानबिच मोलि पाकिस्तानमा वार्ता हुने पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफ गोरखापत्र समाचारदाता काठमाडौँ चैत २४ गते सरिफले लेबनानसहितका क्षेत्रमा युद्धविराम लागु भएको बताउनुभएको छ | यद्यपि इजरायलले अमेरिका र इरानबिच शुक्रवार पाकिस्तानको राजधानी इस्लामावादमा वार्ता हुने भएको छ। पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले पश्चिम एसियामा युद्धविरामको घोषणापछि पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामाबादमा स्वागत गर्ने बताउनुभएको छ। उहाँले दुवै देशको नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै विवाद समाधानार्थ निर्णायक वार्ता गर्न आमन्त्रित गर्नुभएको छ। पछिल्लो समयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्म्पसँग घनिष्ठ सम्बन्ध बनाउँदै छिमेकी इरानप्रति संवेदनशील रहेको पाकिस्तान अहिले तेहरान र वासिङ्टनबिच मध्यस्थकर्ताका रूपमा देखा परेको छ। प्रधानमन्त्री सरिफले 'इस्लामावाद वार्ता' दिगो शान्ति प्राप्त गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ। तेहरान र वासिङ्टन दुवै राष्ट्रपति ट्रम्पको इरानलाई नष्ट गर्ने समयसीमा समाप्त हुनुभन्दा एक घण्टाअघि मात्र बुधबार बिहान दुई साताको युद्विरामका लागि सहमति भएका हुन्‌। पाकिस्तानको मध्यस्थतामा अमेरिका।इजरायल र इरानबिचको Yo दिने युद्ध रोकएको हो। इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो। इजरायल र अमेरिकाले फेब्रुअरी २५ मा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित ५० भन्दा बढी उच्च नेता र अधिकारीको हत्या गरेका fare | त्यसलगत्तै तेहरानबाट प्रतिक्रियास्वरूप खाडी राष्ट्रहरू, अमेरिकी सैन्य अखडा र इजरायलमाथि जवाफी आक्रमण सुरु गरेको हो। इरान समर्थित समूह हेजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि टुन्द्वमा तानिएको थियो | प्रक्रियामा आयोजना अलपत्र छाड्दैनौँ : सिँचाइमन्त्री श्रेष्ठ यसैबिच उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले अब मुलुकभित्रका सिँचाइका आयोजनालाई अलपत्र नछाडिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले सिक्टा, मेरी-बबई, रानी-जमरा-कुलरिया र सुनकोशी-मरिन बहुउद्देश्यीय आयोजना जस्ता सिँचाइ आयोजना अब अलपत्र अवस्थामा नछाडिने स्पष्ट पार्नुभयो । मन्त्री श्रेष्ठले सिँचाइका आयोजनामा देखिएका वास्तविक अवरोधबारे जानकारी दिन सम्बन्धित कर्मचारीलाई आग्रह गर्नुभयो | अवरोध भएका आयोजनाबारे जानकारी प्राप्त भएमा त्यसको समाधान स्पष्ट पार्नुभयो। उहाँले सिँचाइसम्बन्धी आयोजनामा देखिएका अवरोध अन्त्यका लागि अन्तरमन्त्रालय र निकायबिच समन्वय गर्न आवश्यकतासमेत औँल्याउनुभयो । ७३ औँ सिँचाइ दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले त्यस्तो बताउनुभएको हो। मन्त्री श्रेष्ठले अबको ९० दिनभित्र सुनकोशी-मरिन बहुउद्देश्यीय आयोजना निर्माणका लागि पुनः बोलपत्र प्रक्रिया पूरा गरी ठेक्का व्यवस्थापन गरिने जानकारी दिनुभयो | यसै गरी अबको दुई वर्षीमत्र मेरी- बबई सिँचाइ आयोजनाको काम सम्पन्न गर्ने मन्त्रालयको लक्ष्य रहेको बताउँदै मन्त्री श्रेष्ठले गण्डक, नारायणी, बागमती, सुनसरी-मोरङ जस्ता ठुला सिँचाइ प्रणालीको 29 बाँकी पृष्ठ २मा त्यस क्षेत्रमा हेजबुल्लाहविरुद्ध कारबाही गरिरहेको जनाउँदै यस क्षेत्रमा युद्वविराम लागु नभएको जिकिर गरेको छ। टर्की र इजिप्टले पनि हालैका दिनमा मध्यस्थता गर्न मद्दत गरिरहेका थिए भने चीनले इरानलाई वार्ताको टेबलमा ल्याउन मद्दत गरेको ट्रम्पलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। दुवैले बिजयी भएको दाबी युद्धविराममा सहमति जनाएपछि अमेरिका र इजरायल दुवैले आफूलाई विजयकर्ता घोषणा गरेका छन्‌। यस घटनापछि विश्वभरबाट आएका प्रतिक्रियाले पश्चिम एसियामा शान्ति र स्थिरता कायम राख्ने चुनौतीको गम्भीरतालाई उजागर गरेका छन्‌ | युद्धविरामको स्वागत संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेररैसले युद्धविरामको स्वागत गर्दै सबै पक्षलाई दीर्घकालीन शान्तिका लागि काम गर्न आह्वान गर्नुभएको छ। दक्षिण कोरियाले युद्धविरामको स्वागत गर्दै यसले हर्मुज जलमार्ग हुँदै आफ्ना सबै जहाज सुरक्षित मार्गमा ल्याउने विश्वास व्यक्त गरेको छ। पु: दीर्घकालीन असरको चेतावनी दिँदै युद्धविराम कायम राख्न र द्वन्द्व समाधानमा ध्यान दिनुपर्ने बताएको छ। न्युजिल्यान्डले युद्विरामको स्वागत गरे पनि स्थायी शान्ति कायम गर्न अझै महत्त्वपूर्ण काम बाँकी रहेको बताएको छ । जापानले हर्मुज जलमार्गमार्फत सुरक्षित नेभिगेसन सुनिश्चित गर्न ठोस कदम आवश्यक रहेको बताएको छ। >> बाँकी YS 2 AT सञ्चारमन्त्रीसँग विश्व बैङ्कका प्रतिनिधिद्वारा मेट गोरखापत्र समाचारदाता काठमाडौँ चैत २४ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले विश्व बैङ्कका दक्षिण एसिया क्षेत्र अन्तर्गत (माल्दिभ्स, नेपाल र श्रीलङ्का) का निर्देशक डेभिड सिस्लेनसहितको उच्चस्तरीय प्रतिनिधिसँग भेटघाट गर्नुभएको छ। सञ्चारमन्त्रीसँग निर्देशक डेभिडको बुधबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको हो। भेटमा मन्त्री तिमिल्सिनाले विश्व बैङ्कको सहयोगका लागि घन्यवाद व्यक्त गर्दै “नेपाल डिजिटल ट्रान्सफरमेसन प्रोजेक्ट' कार्यान्वयनमा तीवता दिइने बताउनुभयो । साथै नयाँ सरकार >» बाँकी पृष्ठ २मा उपसभामुख निर्वाचन मोलि गोरखापत्र समाचारदाता काठमाडौँ चैत २४ गते प्रतिनिधि सभाको उपसभामुख चयन चैत २७ गते शुक्रबार हुने भएको छ। उपसभामुख चयन प्रक्रियाको कार्यतालिका सङ्घीय संसद सचिवालयले बुधबार नै प्रकाशन गरेको छ। प्रतिनिधि सभाका सचिव हर्कराज राईले प्रकाशित गर्नुभएको कार्यतालिका अनुसार उपसभामुख पदको मनोनयन चैत २६ गते हुने छ। एक मात्र मनोनयन दर्ता भएमा उपसभामुख चयन प्रक्रिया निर्विरोध हुने छ। एकभन्दा बढी उम्मेटवारी परेमा निर्वाचन प्रक्रियाबाट उपसभामुख चयनको प्रक्रिया पूरा हुने छ। समामुखमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याल निर्वाचित भइसक्नुभएको छ । संवैधानिक व्यवस्था अनुसार >> बाँकी पृष्ठ२मा २०८२ साल चैत २६ गते बिहीबार 2 2026 April 9 Thursday राष्ट्रिय जोरसवापत्र gorkhapatraonline.com राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्नुहुने गोरखापत्र समाचारदाता काठमाडौँ चैत २४ गते राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको बैठकलाई सम्बोधन गर्नुहुने छ। राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न ३ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने | राष्ट्रपतिको कार्यालयका सचिव महादेव पन्थले नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नुहुने र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नुभएको छ। नेपालको संविधानको धारा ९५ ले राष्ट्रपतिले सङ्घीय संसद्को कुने सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्ने व्यवस्था गरेको छ। संविधानको सोही धारामा राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने उल्लेख छ। नेपाल सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चैत १९ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभयो। अधिवेशन आह्वान गर्नुभएको दोस्रो सातामा सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो | राष्ट्रपतिले चैत २७ गते सङ्घीय संसद्लाई सम्बोधन गर्दा विशिष्ट तथा अन्य अतिथिको उपस्थिति रहने छैन। सङ्घीय संसद्‌ सचिवालयका अनुसार सिंहदरबारस्थित बहुउद्देश्यीय सभाकक्षमा राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकको सम्बोधन गर्नुहुने छ। राष्ट्रपतिले संसद्मा सम्बोधन गर्दा विदेशी कूटनीतिक नियोगका प्रमुख, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको अतिथिका रूपमा उपस्थिति रहँदै आएको छ। सचिवालयका प्रवक्तासमेत रहनुभएका सहसचिव एकराम गिरीले सभाकक्षमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी करिब ३३५ वटा आसनको व्यवस्थापन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “संयुक्त बैठक बस्ने गरी अन्य कुनै स्थान तयारी अवस्थामा छैन। सभाकक्षमै व्यवस्थापन गर्नुपर्ने भयो। विशिष्ट तथा अन्य अतिथिका लागि स्थान अभाव हुन्छ। अहिलेसम्म अतिथिलाई आमन्त्रण गर्ने सम्भावना न्यून S|" सार्वजनिक यातायातको भाडा वृद्धि गोरखापत्र समाचारदाता काठमाडौँ चैत २४ गते सार्वजनिक यातायातको भाडा वृद्धि मएको छ। इरान- अमेरिकालगायत पश्चिम एसियाको टुन्द्वका कारण पेट्रोलियम पदार्थको अस्वाभाविक मूल्यवृद्धि हुँदा भाडा समायोजनमा यातायात व्यवसायीको निरन्तर दबाबपछि सरकारले बुधबारबाटै लागु हुने गरी वृद्धि गरेको हो । यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा सञ्चालन हुने यात्रुवाहक सवारी र ढुवानीका सवारीको भाडा वृद्धि गरेको हो। यात्रुवाहक सवारीको भाडा १६.७१ प्रतिशतले वृद्धि भएको छ। पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६५ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ। विभागका अनुसार भाडा समायोजन गर्दा इन्धनको मात्र नभई अन्य मापदण्डका आधारमा पनि समायोजन गरिएको छ। सवारीका पार्टपुर्जा, लुब्रिकेन्ट्स र श्रम मूल्यलगायतका १३ वटा सूचकहरू समेटेर वैज्ञानिक आधारमा समायोजन भएको विभागका निर्देशक श्रीकान्त यादवले बताउनुभयो । वैज्ञानिक भाडादर समायोजनमा ३५ प्रतिशत हिस्सा इन्धनको हुन्छ भने बाँकी ६५ प्रतिशत हिस्सा सवारीका १३ वटा पार्टपुर्जा, बजार महँगी र श्रम सूचकलाई आघार मानिन्छ। नयाँ भाडादर अनुसार काठमाडौँ-सुर्खेत सुपर डिलक्सको भाडा तीन हजार ९६ रुपियाँ कायम भएको छ । काठमाडौँ- पा तीन हजार ४०६ रुपियाँ मएको छ भने काठमाडौँ-विराटनगर दुई हजार ६६७ कायम भएको छ। त्यस्तै काठमाडौँ भैरहवा सुपर डिलक्सको भाडा एक हजार ४३४ रुपियाँ छ | काठमाडौँ नेपालगन्जको भाडा दुई हजार ६२१ रुपियाँ मएको छ। सार्वजनिक यातायातमा नर्मल, डिलक्स र सुपर डिलक्स गरी तीन श्रेणीमा भाडादर कायम गरिँदै आएको छ। काठमाडौँ-वीरगन्जका लागि नर्मल बसमा ९६१, डिलक्समा एक हजार १५३ र सुपर डिलक्समा एक हजार ३०८३ रुपियाँ कायम भएको B त्यस्तै काठमाडौँ-तम्घासका लागि नर्मलमा एक हजार ४०५२, डिलक्समा एक हजार ७९० र सुपर डिलक्समा दुई हजार १४० रुपियाँ कायम भएको छ तर नर्मलले पनि डिलक्सको भाडा उठाउने र डिलक्सले सुपर डिलक्सको भाडा उठाउने गरेको उपभोक्ता अधिकारवादीको दाबी छ | महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले भन्नुभयो, “सरकारले तोकेको भाडा पनि व्यवसायीले उठाउन सकेको छैन। यात्रुबाटै बार्गेनिङ हुन्छ, अस्वस्थ प्रतिस्पर्धा छ। बिचौलियाको बिगबिगी छ। पूरा भाडा उठाउने त दसैँ तिहारमा मात्रै हो ।" २०६५ सालमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित समायोजन प्रणाली लागु गरेको थियो | उक्त स्वचालित प्रणाली हालसम्म लागु हुन सकेको थिएन तर अहिले लागु भएको अध्यक्ष स्वाँरले बताउनुभयो। उहाँका अनुसार विभागले २०८२ साउन १ गते सवारीको भाडादर समायोजनका लागि समिति थियो। उक्त समितिले टायर, लुक्गिकेन्ट, पार्टपुर्जा र श्रमिकको पारिश्रमिकलगायतका विषयमा बजार अध्ययन गरी बुझाएको प्रतिवेदनका आधारमा पनि समायोजन भएको हो। हाल, प्रतिलिटर २०२ र डिजल १८२ रुपियाँ भएको छ। तस्बिर : रासस सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि विश्व बैड्कका देशीय निर्देशक डेभिड सिस्लेन नेतृत्वको प्रतिनिधिमण्डलले गरेको शिष्टाचार भेट | देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गोरखापत्र समाचारदाता काठमाडौँ चैत २१ गते पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको छ | गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौँको बुढानीलकण्ठस्थित देउवा निवासबाट विदेशी मुद्रा र नेपाली रुपियाँ जलेको अवस्थामा फेला परेको थियो । उक्त जलेको रकम र त्यसको स्रोतबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विमागले नमुनाहरू सङ्कलन गरी अनुसन्धान सुरु गरेको थियो। उच्च स्रोतका अनुसार सोही प्रकरणको अनुसन्धानका क्रममा देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले अदालतबाट पक्राउ अनुमति लिएको हो । देउवा दम्पती हाल मुलुकबाहिर रहेकाले पक्राउका लागि नेपाल प्रहरीको अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) मार्फत रेडकर्नर नोटिस जारी गर्ने तयारी छ। गोरखापत्रसँग कुराकानी गर्दै उच्च स्रोतले भन्यो, “पक्राउ पुर्जी जारी भई प्रहरी प्रधान कार्यालयमा आवश्यक कारबाहीका लागि पत्राचार भइसकेको छ। अब जुनसुकै देशमा रहेको भए पनि नेपाल ल्याउनका लागि इन्टरपोलमार्फत नोटिस जारी हुन्छ।” गृह मन्त्रालय स्रोतले पनि देउवा दम्पतीविरुद्ध सम्पत्ति शुड्धीकरणको कसुरमा पक्राउ पुर्जी जारी भएको पुष्टि गरेको छ। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले निवास आगजनी तथा तोडफोड गरी ध्वस्त पारेका थिए | सोही क्रममा देउवा दम्पतीमाथि साङ्घातिक आक्रमण गरी दुवै जनालाई गम्भीर घाइते बनाइएको थियो | पूर्ववशिष्ट व्यक्तिको सुरक्षार्थ तैनाथ सुरक्षाकर्मीले देउवा दम्पतीलाई निवासबाट उद्धार गरी उपचारका लागि सैनिक अस्पताल छाउनी पुग्याएका fa नेपालमा उपचारपछि दुवै जना थप उपचार र चेकजाँचका लागि भनी सिङ्गापुर गई लामो उपचारपछि स्वदेश फर्किनुभएको थियो | गत फागुन दोस्रो हप्ता फलोअप उपचार गर्ने भनी शेरबहादुर देउवा सिङ्गापुर जानुभएको थियो । देउवापत्नी डा. आरजु राणा पनि केही समय भारतमा बसेर उतैबाट सिङ्गापुर पुग्नुभएको थियो। त्यसपछि उहाँहरू नेपाल फर्किनुभएको छैन | आरोपित रहेको देश पहिचान भएमा उक्त देशमा रहेको राष्ट्रिय केन्द्रीय ब्युरो (एनसिबी) लाई सिधै पत्राचार गरी इन्टरपोललाई बुझाउन लगाइन्छ । जेनजी आन्दोलनका क्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काको घरबाट पनि ठुलो परिमाणमा नगद फेला पारी प्रदर्शनकारीले उडाएको भिडियो सार्वजनिक भएको थियो। उक्त रकमको पनि नमुना सङ्कलन गरी पहिलो चरणको अनुसन्धानपश्चात्‌ सम्पत्ति शुद्दीकरण अनुसन्धान विभागले खड्कालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ। खड्का पक्राउलगत्तै गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत भदौ २४ को आन्दोलनका क्रममा बरामद रकमको स्रोतबारे अनुसन्धान सुरु भएको बताउनुभएको थियो। देउवाको प्रस्टीकरण पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भएको दाबी गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिँदै शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चार माध्यमबाट थाहा पाएको र भ्रममा नपर्न आग्रह गर्नुभएको हो | उहाँले नेपालको कानुन अनुसार सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको बताउनुभएको छ। उहाँले भन्नुभएको छ, “देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायपालिका, पारदर्शितासँगै

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

30days left
Deadline 5 Dec 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.