Notice Park
Ministry of Health, Lumbini Province
Acts & regulations

सैनिक-अस्पताल-व्यवस्था-नियमहरू-२०२३

Summary

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “सैनिक अस्पताल (व्यवस्था) नियमहरू २०२३” रहेको छ । (२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन्‌ । २. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यी नियमहरूमा:-- (tt) “समिति” भन्नाले नियम ३ बमोजिम गठित समितिलाई सम्झनु पर्छ ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Health, Lumbini Province
Industry
Province
Category
Acts & regulations
Published
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

संशोधन www.lawcommission.gov.np सैनिक अस्पताल (व्यवस्था) नियमहरू, २०२३ नेपाल राजपत्रमा प्रकाशित मिति २०२४।२।८ १. सैनिक अस्पताल (व्यवस्था) (पहिलो संशोधन) नियमहरू, २०२७ २०२७।४।१२ २. सैनिक अस्पताल (व्यवस्था) (दोस्रो संशोधन) नियमहरू, २०४३ २०४३।४।१३ प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको SF १. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “सैनिक अस्पताल (व्यवस्था) नियमहरू २०२३” रहेको छ । (२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन्‌ । २. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यी नियमहरूमा:-- (क) (ख) (tt) (घ) “समिति” भन्नाले नियम ३ बमोजिम गठित समितिलाई सम्झनु पर्छ । अध्यक्ष” भन्नाले समितिको अध्यक्षलाई सम्झनु पर्छ । “सदस्य” भन्नाले समितिको सदस्यलाई सम्झनु पर्छ र यस शब्दले अध्यक्ष र उपाध्यक्षलाई समेत जनाउँछ । “सैनिक अस्पताल” भन्नाले त्रिचन्द्र मिलिटरी अस्पताल सम्झनु पर्छ र यो शब्दले नेपाली सेना मातहत अरू कुनै अस्पताल, डिस्पेन्सरी र उपत्यका बाहिर नेपाली सेना रहेको ठाउ“मा कुनै औषधी उपचारको प्रबन्धलाई समेत जनाउँछ । www.lawcommission.gov.np ३. समितिको गठन र काम कर्तव्यः १(१) देहायका पदाधिकारीहरू भएको सैनिक अस्पताल सञ्चालक समिति गठन गरिएको छः-- (क) कार्यरथी -अध्यक्ष (ख) निर्देशक, सैनिक स्वास्थ्य सेवा -सदस्य (ग) प्रमुख स्थपती, प्रबन्ध रथी विभाग -सदस्य (घ) कमाण्डिङ्ग अफिसर (सी. at.) सैनिक अस्पताल -संदस्य (ङ) महासेनानी, बलाधिकृत विभाग -सदस्य (च) महा सेनानी, संभार रथी विभाग -सदस्य (छ) प्रतिनिधि, महालेखा नियन्त्रक कार्यालय -सदस्य (ज) प्रतिनिधि, रक्षा मन्त्रालय -सदस्य (झ) रजिष्ट्रार, सैनिक अस्पताल -सदस्य-सचिव (२) समितिको काम कर्तव्य देहाय बमोजिम हुनेछ:- (क) सैनिक अस्पतालमा हुनु पर्ने सबै काम सुचारु रुपले चलाउने आवश्यक व्यवस्था गर्ने, (ख) सैनिक अस्पताललाई एक आधुनिक र सुसज्जित अस्पतालमा परिणत गर्ने योजना बनाई स्वीकृतिको लागि नेपालसरकारमा पेश गर्ने र नेपाल सरकारबाट स्वीकृति भए बमोजिम तत्परता र कार्य कुशलतासाथ योजनालाई कार्यान्तित गर्ने, (ग) प्रत्येक वर्ष आषाढ मसान्त भन्दा अगावै सैनिक अस्पतालको वार्षिक बजेट तयार पारी आवश्यक निकासा निमित्त नेपालसरकारमा पेश गर्नु पर्ने र स्वीकृत बजेट अनुसार अस्पतालको कोषबाट काममा खर्च गर्ने, « दोस्रो संशोधनद्वारा संशोधित यो उपनियम (१) पहिलो संशोधनद्वारा पनि संशोधन भएको | 2

Like

0

Views

0

Comments

0

Share

0

Save

Report