हेल्थ असिष्टेन्ट र फार्मेसी सहायक करारमा पदपूर्ति सम्बन्धी सूचना
Summary
हेल्थ असिष्टेन्ट र फार्मेसी सहायक करारमा पदपूर्ति सम्बन्धी सूचना कोन्ज्योसोम गाँउपालिका, वडा नं. २ शंखु स्थित विष्णुमाया स्मृति शंखु आधारभुत अस्पताल संचालनार्थ आ.व. २०८३/०८४ का लागि करार सेवामा आवश्यक जनशक्ति व्यवस्थापन गर्न तपसिल बमोजिमका कर्मचारी सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले निम्न…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- cfc6e0ff-49b0-4a9d-b86b-ed7d82168a9c.pdfPDF · 1 page · 920 KBOpen
Key details
- Organization
- Konjyosom Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय सरकार कोन्ज्योसोम गाउँपालिका Konjyosom Rural Municipality खश AAS Morgan] गाउँ कार्यपालिकाको कार्यालय Office of Rural Municipal Executive पत्र संख्या/२०.५०:२०८३/०८४ चौघरे, ललितपुर बागमती प्रदेश, नेपाल । चलानी +./Dispatch No: 2Qo Chaughare, Lalitpur Bagmati Province, Nepal. हेल्थ असिष्टेन्ट र फार्मेसी सहायक करारमा पदपूर्ति सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मिति:- २०८३/०६/१३) कोन्ज्योसोम गाँउपालिका, वडा नं. २ शंखु स्थित विष्णुमाया स्मृति शंखु आधारभुत अस्पताल संचालनार्थ आ.व. २०८३/०८४ का लागि करार सेवामा आवश्यक जनशक्ति व्यवस्थापन गर्न तपसिल बमोजिमका कर्मचारी सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस कार्यालयमा रितपूर्वक दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । क्र.सं. सूचना नं. पद तह संख्या । १. | 4 १%२०८३/०८४ फार्मेसी सहायक सहायक पाँचौ १(एक) २, २/२०८३/०८४ हेल्थ असिस्टेन्ट सहायक पाँचौ १(एक) १. आवश्यक न्यूनतम योग्यता र अनुभवः- क. फार्मेसी were: मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मेसी विषयमा डिप्लोमा उत्तीर्ण गरी नेपाल फार्मेसी परिषद्मा नाम दर्ता भएको | ख,. हेल्थ असिष्टेन्ट:- मान्यता प्राप्त शैक्षिक संस्थाबाट सामान्य चिकित्सा विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण गरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट प्रमाण पत्र प्राप्त गरेको | २. उमेर हदः- दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तर महिला तथा अन्य समावेशीको हकमा ४० वर्ष ननाघेको । ३. दरखास्त दिने स्थानः- कोन्ज्योसोम गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, चौघरे, ललितपुर | ४. दरखास्त दिने अन्तिम मिति:- २०८३/०६/२७ गते मंगलबार, कार्यालय समय भित्र | ५. दरखास्त दस्तुर:- रु. १,०००/- (एक हजार) परीक्षा दस्तुर बापतको रकम यस गाउँपालिकाको राजश्च शाखा वा यस गाउँपालिकाको सानीमा बैङ्कमा रहेको आन्तरिक राजस्व खाता नं. ०६६०१००४०००००१३ मा जम्मा गरी सक्कल भौचर संलग्न गरी दरखास्त फाराम साथ पेश गर्नु पर्नेछ । ६. परीक्षाको किसिम:- लिखित परीक्षा र अन्तर्वार्ता | ७. आवेदन साथ संलग्न कागजातहरु आवेदक स्वयंले प्रमाणित गरेको देहाय बमोजिमको कागजातहरुको प्रतिलिपि (क) नेपाली नागरिकता प्रमाणपत्र । (ख) न्यूनतम शैक्षिक योग्यताको लब्धांक प्रमाणपत्र | (ग) चारित्रिक प्रमाणपत्र । (घ) अनुभव खुल्ने कागजात । (ङ) सम्बन्धित काउन्सिलमा दर्ता प्रमाणपत्र । (च) पासपोर्ट साईजको फोटो २ प्रति । ८. तलब, भत्ता तथा अन्य सुविधाः- नेपाल सरकारले तोके बमोजिम वा करार सम्झौतामा उल्लेख गरिए बमोजिम हुनेछ | ९, कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार गाउँपालिकाको करारमा प्राविधिक कर्मचारी नट २०७६ बमोजिम हुनेछ। १०. परीक्षा कार्यक्रम पछी प्रकाशित गरिनेछ । प्रसाद दुलाल) प्रमुख प्रशासकीय अधिकृत