विज्ञप्ति
Files
- 52eb5778-03ea-4c43-8692-5add3e157eec.pdfPDF · 2 pages · 2.0 MBOpen
Key details
- Organization
- Department of Postal Service
- Industry
- Department/Divisions
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय ¢ बिभाग : शाखा) पत्र संख्याः ROGRsocy च.नं. “One Postal Network, Infinite Possibilities” भन्ने अन्तर्राष्ट्रिय नाराका साथ qx ait विश्व हुलाक दिवसको अवसरमा हुलाक सेवा विभागले विविध कार्यक्रमको आयोजना गरी दिवस सम्पन्न गरेको छ। जसअनुसार मिति २०८३ असोज २१, २२ र २३ गते ३ दिन दीपावली, असोज २२ गते विभाग परिसर सरसफाई र झण्डोत्तोलन र असोज २३ गते हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रम तथा फिलाटेलिक प्रदर्शनी कार्यक्रम र कर्मचारी तथा हुलाक सेवासँग सहकार्य गर्ने संघसंस्था र सञ्चारकर्मीहरुलाई सम्मान तथा कदरपत्र प्रदान गर्ने लगायतका कार्यक्रमहरु सम्पन्न भएको थियो। आज मिति २०८३ साल असोज २३ गते (October 9, 2026) १५२औं विश्व हुलाक दिवसका दिन विभागको स्वीकृत फिलाटेलिक कार्यक्रम अन्तर्गत ३ प्रकारका हुलाक टिकटहरुः नेपाल एकीकरण तथा राष्ट्र निर्माणमा योगदान पुर््याउनुहुने विशे नगर्ची र बाङ्गे सार्की, प्रथम विश्व युद्धमा भिक्टोरिया क्रस प्राप्त गर्नुहुने कुलबीर थापामगर र कर्ण बहादुर रानामगर र टेलिभिजन आविष्कार भएको १०० वर्ष पूरा भएको अवसरमा टेलिभिजनका आविष्कारक जोन लोगी बेर्डको तस्वीर अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रम तथा फिलाटेलिक प्रदर्शनी कार्यक्रम विभागका महानिर्देशक श्री मनमायाँ भट्टराई पंगेनीज्यूको अध्यक्षता तथा माननीय सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय दलित आयोगका माननीय अध्यक्ष श्री देवराज विश्वकर्माज्यू विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो। विशेष अतिथिको रुपमा आदिवासी जनजाति आयोगका माननीय सदस्य डा. मीन बहादुर श्रीसमगरज्यू, सूचना तथा सञ्चार मन्त्रालयका सचिव श्री राजेन्द्र कुमार पौडेलज्यू र नेपालका लागि बेलायती महामहिम राजदूत Rob Fenn ज्यूहरुले अतिथिको रुपमा आतिथ्यता ग्रहण गर्नुभएको थियो। विभिन्न मन्त्रालयका सहसचिवज्यहरु, विभिन्न विभागका महानिर्देशकज्यूहरु र विज्ञापन बोर्डका अध्यक्ष श्री सन्तोष श्रेष्ठज्यू, फिलाटेलिक सोसाइटीका अध्यक्ष श्री चन्द्र रवि श्रेष्ठज्यको आतिथ्यता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि माननीय सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाज्यूले हुलाक सेवा नेपालको गौरवशाली इतिहास बोकेको संस्था भएको बताउनुहुँदै प्रविधिले हुलाकलाई प्रतिस्थापन गर्न नसक्ने, बरु हुलाकले प्रविधिको उपयोग गर्दै आफूलाई आधुनिक, प्रविधिमैत्री र जनजीवनसँग प्रत्यक्ष जोडिएको सरकारी कुरियर सेवाका रूपमा विकास गर्नुपर्छ भन्ने धारणा राख्नुहुँदै हुलाक सेवामा कार्यरत रही उत्कृष्ट सेवा प्रदान गर्ने सम्पूर्ण हुलाककर्मीहरूलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो। मन्तव्यकै क्रममा उहाँले नेपाल निर्माणमा महत्वपूर्ण योगदान Wand हुने विशे नगर्ची र बाङ्गे सार्कीको योगदानको सम्मानस्वरूप हुलाक टिकट प्रकाशन गर्नु ऐतिहासिक तथा प्रशंसनीय कार्य भएको वताउनुभयो। विश्व सैन्य इतिहासमा बहादुरी प्राप्त गरी सर्वोच्च सैन्य पुरस्कार भिक्टोरिया क्रस प्राप्त गर्नुभएका कुलबीर थापामगर र कर्ण बहादुर रानामगरको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्नु आफैमा गर्वको विषय रहेको बताउनुभयो। साथै, अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त बैज्ञानिक टेलिभिजनका आविष्कारक जोन लोगी बेर्डको टिकट प्रकाशन गर्न पाउनु ऐतिहासिक अवसर भएको बताउनु भयो। राष्ट्रिय दलित आयोगका अध्यक्ष माननीय देवराज विश्वकर्माज्यूले हुलाक सेवाले देशका दुर्गम तथा दूरदराजका क्षेत्रमा पुन्याउँदै आएको सेवाको प्रशंसा गर्दै सामाजिक उत्पीडनमा परेका दलित समुदायका ऐतिहासिक व्यक्तित्व बिसे नगर्ची र बाङ्गै सार्कीको तस्वीर अंकित हुलाक टिकट प्रकाशन भई प्रथम दिवसीय टाँचा प्रदान कार्यक्रमको साक्षी हुन पाएकोमा खुसी व्यक्त गर्दै यस ऐतिहासिक कार्यका लागि हुलाक सेवा विभागलाई धन्यवाद ज्ञापन गर्नुभयो। आदिवासी जनजाति आयोगका माननीय सदस्य डा. मीनबहादुर श्रीसज्यूले हुलाक सेवाले देशभर पुन्याउँदै आएको सेवाले नेपालको हुलाक सेवालाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्दै प्रथम विश्व युद्धमा भिक्टोरिया क्रस प्राप्त गर्नुहुने कुलबीर थापामगर र कर्ण बहादुर रानामगरको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेकोमा विभागलाई धन्यवाद व्यक्त गर्नुभयो। सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्र कुमार पौडेलज्यूले नेपाल हुलाकले गुणस्तरीय सेवा प्रदान rt फोन नं.: ०१-५३२४११६, ०१-५३२४११७ ‘EAA. [email protected] Website: http://www.nepalpost.gov.gov.np “सेवा हि परमो धर्म” नेपाल सरकार सूचना तथा सन्त्रालय we fern rae. विभाग es ee पत्र संख्याः २०८३/०८४ Sic ht a च.नं. काठंमौँडौं Stet गर्दै बदलिँदो समय र नागरिकका आवश्यकता अनुरूप हुलाक सेवाको विकास तथा विस्तार गर्दै यसलाई थप प्रभावकारी, सहज र जनमुखी बनाउन प्रयास रहेको बताउनुभयो। नेपालका लागि बेलायती महामहिम राजदूत Rob Fenn ले आज प्रकाशित हुलाक टिकटमा संयोगवश बेलायत सरकारबाट भिक्टोरिया क्रस प्राप्त गर्ने नेपाली नागरिकहरू कुलविर थापामगर र कर्णबहादुर रानामगरको योगदान र वलिदान समेटिएको उल्लेख गर्दै उहाँहरूको सम्मानमा प्रकाशित टिकटको प्रथम दिवसीय टाँचा कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्तै खुसी लागेको बताउनु हुँदै टेलिभिजनका आविष्कारक जोन लोगी बेर्डको योगदानको सम्मान गरी हुलाक टिकट प्रकाशन गरेकोमा विभागलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीज्यूले “जनजनमा हुलाक, मनमनमा हुलाक" भन्ने नारासहित हुलाक सेवाले समग्र विश्वलाई आपसमा जोड्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। हुलाक सेवाको महत्त्व, योगदान र यसको प्रभावकारिताबारे प्रकाश पार्दै बदलिँदो समयअनुसार हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र जनमुखी बनाउँदै लैजानुपर्नेमा जोड दिनु भएको थियो। साथै, हुलाक सेवाको विकास र विस्तारमा योगदान wast सम्पूर्ण हुलाककर्मीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। यसैक्रममा उहाँले विश्व हुलाक दिवसको पावन अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति we महत्वपूर्ण व्यक्तित्वहरुको हुलाक टिकट प्रकाशन गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउनु भएको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय फिलाटेलिक प्रदर्शनीमा नेपालको तर्फबाट भाग लिई Gold Medal WA गर्ने तथा Jury Member को रुपमा भूमिका निर्वाह गर्ने फिलाटेलिस्टहरु, विश्व हुलाक दिवसको अवसरमा फिलाटेलिक प्रदर्शनी गर्ने फिलाटेलिस्टहरु, हुलाक सेवा विभागसँग सहकार्य गरी हवाई सेवा मार्फत डाँक ढुवानी गर्ने एयरलाइन्स कम्पनीहरु, हुलाक सेवा प्रभावकारिताका लागि सूचना सम्प्रेषण गरी जनतालाई सुसूचित गर्ने सञ्चार माध्यमहरुलाई कदरपत्र प्रदान गरिएको थियो। सोही क्रममा हुलाक सेवामा कार्यरत उत्कृष्ट कार्यसम्पादन गर्ने तथा नवप्रवर्तन र सिर्जनशीलता प्रदर्शन गर्ने कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो। यसैक्रममा, हुलाक सेवा विभागमा कार्यरत रहँदा सेवा निबृत्त हुनुभएका कर्मचारीहरुलाई सम्मान गरिएको थियो। त्यसैगरी, विभिन्न जिल्लाका हुलाक कार्यालयहरुलाई जग्गा प्रदान गर्नुहुने जग्गादाताहरु र भवन उपलब्ध गराउने निकायहरुलाई पनि विभागबाट सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न सरकारी निकायका प्रतिनिधिहरु, फिलाटेलिक सोसाइटीका पदाधिकारीहरु, नेपाल मगर संघका पदाधिकारीहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विभागका निर्देशक श्री सपना कुमारी भट्टराईले गर्नुभएको थियो, निर्देशक श्री विष्णु कुमारी भुसालले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो। शाखा अधिकृत श्री चन्द्रा थापाले प्रकाशित हुलाक टिकटका बारेमा संक्षिप्त विवरण प्रस्तुत गर्नुभएको थियो भने कला अधिकृत श्री पूर्णकला लिम्बूले प्रकाशित a टिकटको प्राविधिक विवरण प्रस्तुत गर्नुभएको थियो। कुमारी भट्टराई प्रवक्ता एवं निर्देशक फोन नं.: ०१-५३२४११६, ०१-५३२४११७ EAT [email protected] Website: http://www.nepalpost.gov.gov.np “सेवा हि परमो धर्म”