Notice Park
Ministry of Culture, Tourism and Civil Aviation
Others

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सूचना २०८३/०७/१७

Summary

आज बिहान सोलुखुम्बु जिल्लाको फेरिचे क्षेत्रमा एयर डाइनेस्टीको हेलिकप्टर नाइन एन-एओडी र फिस्टेल एयरको हेलिकप्टर नाइन एन-एजेआर अवतरण गर्ने क्रममा नेपाली समयअनुसार बिहान ८:१२ बजे एकआपसमा ठोक्किई दुर्घटना भएको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गहिरो दुःख व्यक्त गर्दछ। उक्त…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Culture, Tourism and Civil Aviation
Industry
Ministry
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& pooh mui हु és संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पत्र संख्या:- Ls ag £ = nme? आज बिहान सोलुखुम्बु जिल्लाको फेरिचे क्षेत्रमा एयर डाइनेस्टीको हेलिकप्टर नाइन एन-एओडी र फिस्टेल एयरको हेलिकप्टर नाइन एन-एजेआर अवतरण गर्ने क्रममा नेपाली समयअनुसार बिहान ८:१२ बजे एकआपसमा ठोक्किई दुर्घटना भएको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गहिरो दुःख व्यक्त गर्दछ। उक्त दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार भारतको तमिलनाडु राज्य, चेन्नई निवासी श्री बसन्तकुमार बलरामुडुको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछौं। साथै, शोकसन्तस्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गदै घाइते हुनुभएका न्युजिल्यान्डका नागरिक श्री शैलेस किसन पटेललगायत सम्बन्धित हेलिकप्टरका पाइलटहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं। दुर्घटनामा दिवङ्गत श्री बलरामुडुको शव व्यवस्थापनसम्बन्धी प्रक्रिया अघि बढाइएको तथा घाइतेहरूलाई उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा ल्याई उपचार भइरहेको व्यहोरा जानकारी गराउदछौं। नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गदैं सुरक्षित, भरपर्दो र विश्वसनीय हवाई सेवा सुनिश्चित गर्न नेपाल सरकारले नीतिगत, संस्थागत, संरचनागत तथा पूर्वाधार विकासका क्षेत्रमा निरन्तर प्रयास गर्दै आएको छ। नेपाली आकाशलाई थप सुरक्षित बनाउन हवाई सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन, अनुगमन तथा नियमनलाई उच्च प्राथमिकतामा राखिएको व्यहोरा समेत जानकारी गराउदछौँ। उक्त दुर्घटनाको कारण तथा परिस्थितिबारे यथार्थ तथ्य पत्ता लगाउन आवश्यक अनुसन्धान प्रक्रिया प्रारम्भ गरिसकिएको gl अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक सुधारात्मक तथा निरोधात्मक उपाय अवलम्बन गरिने व्यहोरा सरोकारवाला सबैमा अनुरोध गर्दछौ। २०८३ साल कार्तिक १७ गते, मङ्गलबार ae नेपाल संवत्‌ ११४६, कौलागा नवमी 4 आचार्य, “प्रवक्ता पना agree, म eenage | die: बद्धद्धजककलकाराड नक नं. ४२११८७४, ४२११८७०, ४२११६२० | इमेल: [email protected] | वेवसाइट: www.tourism.gv.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.