व्यवसाय दर्ता/नवीकरणमा जरीवाना छुट सम्बन्धी ३५ दिन सूचना|
Summary
यस बागमती नगरपालिकाको मिति २०८३/०६/१५ गते सम्पन्न दोस्रो नगर सभाको ११ औँ नगर अधिवेशनबाट नगरपालिका क्षेत्रभित्र दर्ता भएका व्यवसायहरुको अभिलेख अद्यावधिक गर्ने, व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने तथा सञ्चालनमा नरहेका व्यवसायहरुको अभिलेख व्यवस्थित गर्ने उद्देश्यले देहायबमोजिम व्यवसाय तथा नवीकरणमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 95563560-c460-462c-b29a-ce115544a1a3.pdfPDF · 1 page · 583 KBOpen
Key details
- Organization
- Bagmati Municipality, Sarlahi
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2078/79
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बागमती नगरपालिका नगर कार्यपालिकाको कार्यालय, गरी ee कर्मैया, सर्लाही पे बेपता 6 मधेश ,प्रदेश ata, व्यवसाय दर्ता/नवीकरणमा जरीवाना छुट सम्बन्धी ३५ Fe AT दर्तानिवीकरणमा जरीवाना छुट सम्बन्धी २५ cae प्रकाशित मिति : २०८३/०६/२१ यस बागमती नगरपालिकाको मिति २०८३/०६/१५ गते सम्पन्न दोस्रो नगर सभाको ११ औँ नगर अधिवेशनबाट नगरपालिका क्षेत्रभित्र दर्ता भएका व्यवसायहरुको अभिलेख अद्यावधिक गर्ने, व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने तथा सञ्चालनमा नरहेका व्यवसायहरुको अभिलेख व्यवस्थित गर्ने उद्देश्यले देहायबमोजिम व्यवसाय तथा नवीकरणमा लागे जरीवाना शुल्कमा छुट दिने निर्णय भएको हुँदा सम्बन्धित सम्पूर्ण (संस्थागत विद्यालय,व्यापार व्यवसाय र उद्योग) व्यवसायीहरुको जानकारीका लागि यो २५ (पैंतीस) दिने सूचना प्रकाशित गरिएको छ। १. व्यवसाय सञ्चालन नगरेका वा व्यवसाय बन्द गर्ने चाहने व्यवसायीका लागि यस नगरपालिका वा अन्य सम्बन्धित निकायमा पूर्व दर्ता गरी व्यवसाय सञ्चालन नगरेका, व्यवसाय सञ्चालन गरेका तर विविध कारणले हालसम्म व्यवसाय नवीकरण नगरेका तथा हाल व्यवसाय बन्द गर्न चाहने व्यवसायीहरुलाई हालसम्म लाग्ने व्यवसाय करको जरीवाना शुल्कमा ७५ प्रतिशत छुट प्रदान गरिनेछा त्यस्ता व्यवसायीहरुले यस अवसरको उपयोग गरी आफ्नो व्यवसायको अवस्था अद्यावधिक गराई व्यवसाय बन्द गर्नुपने भए प्रचलित प्रक्रिया पूरा गर्नुपर्नेछ | २. निरन्तर व्यवसाय सञ्चालन गरिरहेका तर नवीकरण नगरेका व्यवसायीका लागि यस नगरपालिकालगायत अन्य सम्बन्धित निकायमा व्यवसाय दर्ता गरी स्थायी लेखा नम्बर (PAN) समेत लिई निरन्तर रुपमा व्यवसाय सञ्चालन गरिरहेका तर आर्थिक वर्ष २०७८/०७९ सम्म व्यवसाय नवीकरण नगरेका व्यवसायीहरुलाई व्यवसाय नवीकरण गर्न प्रोत्साहित गर्ने उद्देश्यले आर्थिक वर्ष २०७८/०७९ सम्मको जरीवाना शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिनेछ। ३. छुट सुविधा प्राप्न गर्ने अवधि उपर्युक्त छुट सुविधा प्राप्त गर्न इच्छुक व्यवसायीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र सम्बन्धित वडा कार्यालय वा बागमती नगरपालिकाको राजस्व प्रशासन उपशाखामा सम्पर्क गरी आवश्यक कागजातसहित व्यवसाय दर्ता/निवीकरण वा व्यवसाय बन्दसम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ। ४. आवश्यक कागजात व्यवसाय दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN) प्रमाणपत्र/सम्बन्धित कागजात, नागरिकताको प्रतिलिपि तथा व्यवसायको प्रकृति र प्रचलित कानूनअनुसार आवश्यक अन्य कागजातहरु पेश गर्नुपर्नेछ आवश्यक परेमा सम्बन्धित निकायमा दर्ता भएको प्रमाणसमेत पेश गर्नुपर्नेछा ५, अन्य व्यवस्था तोकिएको ३५ दिने अवधिभित्र छुट सुविधा उपयोग नगर्ने व्यवसायीहरुको हकमा प्रचलित कानून, नगरपालिकाका सम्बन्धित ऐन, नियम, कार्यविधि तथा नगर सभाको निर्णयबमोजिम लाग्ने कर, नवीकरण शुल्क, जरिवाना तथा अन्य दायित्व असुल गरिनेछ। अतः सम्बन्धित सम्पूर्ण व्यवसायीहरुले नगरपालिकाबाट प्रदान गरिएको यस विशेष छुट सुविधाको अधिकतम उपयोग गरी आफ्नो व्यवसाय दर्ता/निवीकरण तथा व्यवसायको वास्तविक अवस्था अद्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्क : बागमती नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कमैया, सर्लाही राजस्व प्रशासन उपशाखा / सम्बन्धित वडा कार्यालय Ce} CamScanner