आ.व २०८३/०८४ को वार्षिक नगर विकास योजना ।
Summary
सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली | सार्वभौम भई फैलिएका मेची-महाकाली || प्रकृतिका कोटी-कोटी सम्पदाको आँचल |
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5422cd5c-1a19-4cf6-8e8d-88ad613eb790.pdfPDF · 224 pages · 1.8 MBOpen
Key details
- Organization
- Lumbini Sanskritik Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
“शुद्ध बुद्ध त्रषि मन, समृद्ध नजर सुखी नजरबासी हाम्रो अभियान” १७औं नजरसभाबाठ स्वीकृत वार्षिक नगर् विकास योजना (नीति तथा कार्यक्रम, बजेठ, विनियोजन ऐन तथा आर्थिक ऐन) आ.व. २०८३/०८४ लुम्बिनी साँस्कृतिक नगरपालिका नगर कार्यप्रालिकाको कार्यालय रुपन्देही, लुम्बिनी प्रदेश नेपाल वेबसाइट: www.lumbinisanskritikmun.gov.np ॥ ईमेतः [email protected] = गान | सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली | सार्वभौम भई फैलिएका मेची-महाकाली || प्रकृतिका कोटी-कोटी सम्पदाको आँचल | वीरहरूको रगतले स्वतन्त्र र अटल | ज्ञानभूमि शान्तिभूमि तराई, पहाड, हिमाल | अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल || बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल | अग्रगामी राष्ट्र हाम्रो जय ! जय ! नेपाल II = साँस्कृतिक नजरपालिका नगर कार्यप्रालिकाको कार्यालय लुम्बिनी, रुपन्देही if लुम्बिनी साँस्कृतिक नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को १७औँ बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्तै खुसी र गौरवको अनुभूति भएको छ। यस महत्वपूर्ण अवसरमा नगरपालिकाको समग्र विकास, समृद्धि, सुशासन र जनसेवाप्रतिको हाम्रो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । यस नीति तथा कार्यक्रमले नगरवासीका आवश्यकता, आकांक्षा तथा प्राथमिकतालाई केन्द्रमा राख्दै उपलब्ध स्रोत-साधनको अधिकतम र प्रभावकारी उपयोगमार्फत समुन्नत नगरपालिका निर्माण गर्ने हाम्रो साझा संकल्पलाई प्रतिबिम्बित गरेको छ | लुम्बिनी साँस्कृतिक नगरपालिका विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको काखमा अवस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण नगरपालिका हो | यहाँको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै पर्यटनको विकास, स्थानीय अर्थतन्त्रको सुदृढीकरण र नगरवासीको जीवनस्तरमा सुधार ल्याउनु हाम्रो प्रमुख दायित्व हो | लुम्बिनीको विश्वव्यापी पहिचानलाई नगरको समग्र विकाससँग जोड्दै स्थानीय उत्पादन, कृषि, पर्यटन, संस्कृति, हस्तकला तथा उद्यमशीलताको प्रवर्द्धन मार्फत रोजगारी र आय आर्जनका अवसर सिर्जना गर्न आवश्यक पहल गरिनेछ। यस बजेट, नीति तथा कार्यक्रमले “समृद्ध नगरपालिका, सुखी नगरवासी” को मूल भावनालाई आत्मसात् गर्दै शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ, सडक तथा पूर्वाधार, पर्यटन, महिला तथा बालबालिका, युवा, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सामाजिक रूपमा पछाडि परेका समुदायलाई प्राथमिकतामा राखेको छ। गुणस्तरीय र सर्वसुलभ शिक्षा तथा आधारभूत स्वास्थ्य सेवामा सबै नगरवासीको पहुँच सुनिश्चित गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ । साथै कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउँदै किसानको उत्पादनलाई बजारसँग जोड्ने तथा कृषि उद्यमशीलता प्रवर्द्धन गर्ने नीति अवलम्बन गरिनेछ | नगरपालिकाको दिगो विकासका लागि भौतिक पूर्वाधारसँगै सामाजिक तथा आर्थिक विकासलाई पनि समान महत्व दिन आवश्यक छ। सडक, पुल, नाला, खानेपानी, सिंचाइ, विद्युत् तथा सार्वजनिक संरचनाको विकास र स्तरोन्नतिसँगै वातावरण संरक्षण, सरसफाइ तथा हरियाली प्रवर्द्धनलाई प्राथमिकता दिइनेछ। विकास निर्माणका कार्यहरूलाई गुणस्तरीय, पारदर्शी र परिणाममुखी बनाउन अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाइनेछ । हाम्रो नगरपालिका विविध जातजाति, भाषा, धर्म, संस्कार र संस्कृतिको साझा फूलबारी हो | यहाँको मौलिक कला, संस्कृति, परम्परा तथा सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा = एकतालाई थप मजबुत बनाउने कार्यक्रमहरू सञ्चालन गरिनेछन् | लुम्बिनी क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटनसँग नगरका अन्य ऐतिहासिक तथा प्राकृतिक क्षेत्रलाई जोड्दै पर्यटकको बसाइ अवधि बढाउने र स्थानीय समुदायलाई पर्यटनबाट प्रत्यक्ष लाभ दिलाउने वातावरण निर्माण गर्न विशेष पहल गरिनेछ । यसैगरी, महिला, बालबालिका, युवा, दलित, जनजाति, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न र सीमान्तकृत समुदायको सशक्तीकरणका लागि लक्षित कार्यक्रमलाई निरन्तरता दिइने छ । युवालाई सीप, प्रविधि र उद्यमशीलतासँग जोड्दै वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई क्रमशः न्यूनीकरण गर्ने तथा स्थानीय स्तरमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्ने दिशामा नगरपालिका अघि बढ्नेछ । महिला तथा युवाको नेतृत्व विकास र आर्थिक आत्मनिर्भरतालाई समेत प्राथमिकता दिइनेछ। सुशासन, पारदर्शिता र जवाफदेहितालाई नगरपालिकाको विकासको आधारस्तम्भका रूपमा लिइएको छ। सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, छिटो र नागरिकमैत्री बनाउँदै प्रविधिको अधिकतम प्रयोग गरिनेछ। नगरपालिकाबाट प्रदान गरिने सेवामा पारदर्शिता कायम गर्न, भ्रष्टाचार तथा अनियमितता न्यूनीकरण गर्न र जनप्रतिनिधि तथा कर्मचारीबीच प्रभावकारी समन्वय कायम गर्न आवश्यक संस्थागत सुधारका कार्यहरू अघि बढाइनेछ । नागरिकको गुनासो तथा सुझावलाई विकास निर्माण र सेवा प्रवाह सुधारको महत्वपूर्ण आधारका रूपमा ग्रहण गरिनेछ | बजेटका सीमित स्रोत साधनलाई अधिकतम प्रतिफल दिने क्षेत्रमा परिचालन गर्दै दिगो, समावेशी र सन्तुलित विकासमा जोड दिइएको छ | संघीय सरकार, प्रदेश सरकार, विभिन्न सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, सहकारी संस्था, विकास साझेदार तथा नगरवासीको सहकार्य र साझेदारीबाट मात्र नगरपालिकाको समग्र विकास सम्भव हुने भएकाले सहकार्यको वातावरणलाई थप मजबुत बनाइनेछ | अन्त्यमा, १७औँ बजेट, नीति तथा कार्यक्रमलाई सफल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्पूर्ण नगरवासी, निर्वाचित जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चार क्षेत्र तथा सम्पूर्ण सरोकारवालाहरूबाट रचनात्मक सहयोग, सुझाव र सहकार्य प्राप्त हुने विश्वास लिएको छु। हाम्रो साझा प्रयास, इमानदार प्रतिबद्धता र सकारात्मक सोचबाट लुम्बिनी साँस्कृतिक नगरपालिकालाई सुन्दर, समुन्नत, समावेशी, आत्मनिर्भर तथा विश्वस्तरीय धार्मिक-सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिनेछ। नगरपालिकाको विकास र नगरवासीको समृद्धिका लागि हामी सबै एकताबद्ध भएर अगाडि बढौँ | समृद्ध, सभ्य र सुशासनयुक्त लुम्बिनी साँस्कृतिक नगरपालिका निर्माण गर्ने हाम्रो अभियान सफल बनाऔँ | धन्यवाद ! कल्पना हरिजन कार्यवाहक नगरप्रमुख लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देही