हाम्रो महाङ्काल (स्थानीय पाठ्यक्रम, कक्षा १-५)
Files
- d7c7329b-60c0-44e5-a174-21222b040216.pdfPDF · 74 pages · 1.0 MBOpen
Key details
- Organization
- Mahankal Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हाम्रो महाङकाल (स्थानीय पाठयक्रम, कक्षा १-५) प्रमुख संरक्षक गणेशबहादुर केसी संरक्षक डोल्मामाया गोले सल्लाहकार सन्दिप न्यौपाने पाठ्यक्रम विकास सहजीकरण समिति जोनीकुमार न्यासुर, संयोजक रामसुन्दर केसी, सदस्य रमेशप्रसाद घिमिरे, सदस्य पाठ्यक्रम विकास तथा लेखन सल्लाहकार प्रा.डा. प्रेमकुमार खत्री शशी लुमुम्बू पाठ्यक्रम विकास समन्वय मेनुका बास्कोटा, वरिष्ठ विद्यालय निरीक्षक जगतबहादुर साउद, सहायक विद्यालय निरीक्षक पाठ्यक्रम विकास तथा लेखन जिचेन स्याङतान मिबहादुर परियार डा. प्रतिभा पुन 2 प्रकाशक महाङ्काल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा गोटिखेल, ललितपुर बागमती प्रदेश, नेपाल । हाम्रो महाडकाल (स्थानीय पाठयक्रम, कक्षा १-५) प्रकाशक वेबसाइट इमेल प्रमुख संरक्षक संरक्षक प्रमुख सल्लाहकार : महाङकाल गाउँपालिका, गोटिखेल, ललितपुर शिक्षा, युवा तथा खेलकुद शाखा : https://mahankalmun.gov.np : [email protected] : गणेशबहादुर केसी, गाउँपालिका अध्यक्ष : डोल्मा माया गोले, गाउँपालिका उपाध्यक्ष : सन्दिप न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत पाठ्यक्रम विकास सहजीकरण समितिः जोनीकुमार न्यासुर, संयोजक : रामसुन्दर केसी, सदस्य : रमेशप्रसाद घिमिरे, सदस्य पाठ्यक्रम विकास तथा लेखन सल्लाहकार : प्रा. डा. प्रेमकुमार खत्री पाठ्यक्रम विकास समन्वय पाठ्यक्रम विकास तथा लेखन परामर्शदाता इमेल सर्वाधिकार © संस्करण : शशी लुमुम्बू : मेनुका बास्कोटा, वरिष्ठ विद्यालय निरीक्षक : जगतबहादुर साउद, सहायक विद्यालय निरीक्षक : जिचेन स्याङतान : मिमबहादुर परियार : डा. प्रतिभा पुन : सभ्यता अन्वेषण केन्द्र, काठमाडौँ : [email protected] : प्रकाशकमा : प्रथम, २०८३ अध्यक्षको मन्तव्य नेपालको राजधानी नजिकै अवस्थित तर आफ्नै मौलिक पहिचान, सांस्कृतिक वैभव, प्राकृतिक सौन्दर्य र ऐतिहासिक गरिमाले विशिष्ट रहेको महाङ्काल गाउँपालिकाको समग्र परिचय नयाँ पुस्तासम्म पुग्याउने उद्देश्यका साथ हम्रो महाङ्काल' नामक स्थानीय पाठयक्रम विकास गरिएको छ । कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूलाई आफ्नो गाउँपालिका, यहाँको भूगोल, इतिहास, संस्कृति, परम्परा, भाषा, जीवनशैली, कृषि, प्राकृतिक स्रोत-साधन तथा स्थानीय सम्भावनाबारे व्यवहारिक र जीवनोपयोगी ज्ञान प्रदान गर्नु यस पाठ्यक्रमको मूल उद्देश्य हो । पहिलो चरणमा कक्षा १ देखि ५ सम्मको पाठ्यक्रम तयार गरिएको छ । कक्षा ६-८ को आगामी वर्ष नै तयार गरी लागू गरिने छ । नेपालको संविधान, २०७२ ले आधारभूत तथा माध्यमिक शिक्षासम्बन्धी अधिकार स्थानीय तहलाई प्रदान गरेको छ । साथै, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरद्वारा जारी स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन- २०७६ ले स्थानीय सरकारलाई स्थानीय आवश्यकता, परिवेश र मौलिकतामा आधारित पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने अधिकार सुनिश्चित गरेको छ । यही संवैधानिक तथा कानुनी व्यवस्थाअनुरूप महाङ्काल गाउँपालिकाले स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागितामा यो पाठयक्रम तयार गरी शैक्षिक सत्र २०८३ देखि कार्यान्वयनमा ल्याएको हो । महाङ्काल गाउँपालिका प्राकृतिक, सांस्कृतिक तथा सामाजिक विविधताले सम्पन्न क्षेत्र हो । यहाँका डाँडाकाँडा, हरियाली वनजङ्गल, धार्मिक तथा सांस्कृतिक सम्पदा, मौलिक कला-संस्कृति, जातीय सहअस्तित्व, रैथाने ज्ञान र परम्परागत सिपहरू हाम्रा अमूल्य सम्पत्ति हुन् । यिनै सम्पदालाई संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता हो । स्थानीय पाठ्यक्रमले विद्यार्थीमा आफ्नो ठाउँप्रति अपनत्व, गर्व र जिम्मेवारीबोध विकास गर्ने विश्वास हामीले लिएका छौँ । विद्यालय शिक्षालाई स्थानीय जीवन र व्यवहारसँग जोड्नु आजको महत्वपूर्ण आवश्यकता हो । विद्यार्थीले आफ्नो समाज, संस्कृति र वातावरणलाई नजिकबाट बुभदै स्थानीय स्रोत-साधनको पहिचान र सदुपयोग गर्न सकून् भन्ने उद्देश्यले पाठ्यक्रमलाई व्यवहारिक, खोजमूलक र जीवनोपयोगी बनाइएको छ । यसले विद्यार्थीमा सिर्जनशीलता, अनुसन्धानशीलता तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु । परामर्शदाता संस्था सभ्यता अन्वेषण केन्द्र, यस केन्द्रसँग आवद्ध अनुभवी विज्ञ, स्थानीय विज्ञ, शिक्षाविद्, शिक्षक, बौद्धिक व्यक्तित्व, जनप्रतिनिधि तथा सरोकारवाला पक्षहरूको सामूहिक प्रयासबाट यो पाठ्यक्रम विकास कार्य सम्पन्न भएको हो । पाठ्यक्रम विकासका क्रममा गाउँपालिकाभित्रका विभिन्न स्थानहरूको स्थलगत अवलोकन, अध्ययन- अनुसन्धान, छलफल, अन्तरक्रिया तथा सुझाव सङ्कलन गरी स्थानीय यथार्थलाई समेट्ने प्रयास गरिएको छ । यस कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुच्याउनुहुने गाउँ शिक्षा समिति, पाठ्यक्रम विकास सहजीकरण समिति, शिक्षा, युवा तथा खेलकुद शाखाका कर्मचारी, शिक्षक, समुदाय, जनप्रतिनिधि, अभिभावक तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दछु । 'हाम्रो महाङ्काल' केवल एउटा पाठ्यक्रम मात्र होइन, यो हाम्रो पहिचान, इतिहास, सभ्यता र भविष्यसँग जोडिएको दस्तावेज पनि हो । यस पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत विद्यार्थीमा स्थानीय चेतना, सामाजिक उत्तरदायित्व र सिर्जनशील सोचको विकास हुनेछ भन्नेमा म विश्वस्त छु । अन्त्यमा, यस महत्वपूर्ण कार्यका निमित्त सभ्यता अन्वेषण केन्द्र, यससँग आवद्ध विज्ञ तथा सङ्लग्न सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै पाठ्यक्रमको सफल कार्यान्वयनका लागि सबै पक्षबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा गर्दछु । अध्यक्ष गणेशबहादुर केसी महाङ्काल गाउँपालिका पूर्वपीठिका भूमौ भाषासु लोकेषु, संस्कारेषु परम्परासु च । यत्र जीवति सा विद्या, सा एव ज्ञानदीपिका ॥ ज्ञान केवल पुस्तकका पानाहरूमा सीमित रहँदैन । त्यो मानिसको जीवन, समाज, भाषा, संस्कृति, परम्परा र अनुभवभित्र जीवित रहन्छ । शिक्षा तब मात्र सार्थक हुन्छ, जब त्यसले आफ्नो भूगोल, सभ्यता, इतिहास, लोकस्मृति र जीवनपद्धतिसँग संवाद गर्न सक्छ । यसै विश्वासका साथ यो पाठ्यक्रम निर्माण गरिएको हो । यसले स्थानीय ज्ञान, सभ्यता, संस्कृति, भाषा, इतिहास, भूगोल, प्रकृति तथा सामाजिक यथार्थलाई शिक्षासँग जोड्ने प्रयास गरेको छ । हाम्रो चाहना केवल पाठ्यपुस्तक निर्माण गर्नु होइन, बरु विद्यार्थीलाई आफ्नै समाज र परिवेशप्रति जिज्ञासु, सचेत, सिर्जनशील र उत्तरदायी बनाउनु हो । पाठ्यक्रमको वास्तविक मूल्य त्यसको व्यवहारिक प्रयोग, शिक्षण प्रक्रिया र विद्यार्थीले प्राप्त गर्ने जीवनबोधबाट निर्धारित हुन्छ | त्यसैले अब यस पाठयक्रमसँग संवाद गर्ने, यसलाई जीवनसँग जोड्ने र यसको सार्थकता परीक्षण गर्ने जिम्मेवारी शिक्षक, विद्यार्थी तथा समाजकै हो । यो पाठ्यक्रम पूर्ण छ भन्ने हाम्रो दाबी होइन । कार्यान्वयनका क्रममा प्राप्त हुने अनुभव, सुझाव, चुनौती र सम्भावनाहरूलाई हामी खुला हृदयले स्वीकार गर्नेछौँ । किनकि शिक्षा स्थिर संरचना होइन, निरन्तर विकसित हुने सामाजिक र सांस्कृतिक प्रक्रिया हो । यस प्रयासले स्थानीय सभ्यता, संस्कृति, भाषा र ज्ञानपरम्परालाई नयाँ पुस्तासम्म पुग्याउने एउटा सानो सेतुको काम गर्न सकोस् भन्ने हाम्रो हार्दिक अपेक्षा छ। यस महत्वपूर्ण कार्यमा मार्गदर्शन, परामर्श तथा बौद्धिक सहयोग पुन्याउनुहुने गाउँपालिका श्रद्धेय अध्यक्ष गणेशबहादुर केसीज्यू, उपाध्यक्ष डोल्मामाया गोलेज्यू, प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेज्यू, सामाजिक समितिका संयोजक भूमिनन्द घिमिरेज्यू, वडाअध्यक्षज्यूहरू, पाठ्यक्रम विकाससम्बन्धी सल्लाहकार प्रा.डा. प्रेम खत्रीज्यू, स्थानीय पाठ्यक्रम विकास सहजीकरण समितिका संयोजक जोनीकुमार न्यासुरज्यू, सदस्यहरू रामसुन्दर केसीज्यू, रमेशप्रसाद घिमिरेज्यू, शिक्षा, युवा तथा खेलकुद शाखाका कर्मचारी वरिष्ठ विद्यालय निरीक्षक मेनुका बास्कोटाज्यू, सहायक विद्यालय निरीक्षक जगतबहादुर साउदज्यू, पाठ्यक्रम विकासका सन्दर्भमा भएका गहन विमर्शमा सहभागी हुनुहुने महाङ्काल गाउँपालिकाका शिक्षाविद्हरू, विषयविज्ञहरू, शिक्षकहरू, कर्मचारीहरू, अभिभावक तथा हामीलाई सूचना, तथ्याङ्क लगायतका सम्पूर्ण जानकारी उपलब्ध गराउनुहुने सम्पूर्ण सरोकारवालाप्रति सभ्यता अन्वेषण केन्द्र हार्दिक आभार व्यक्त गर्दछ | शशी लुमुम्बू अध्यक्ष भ्यता अन्वेषण केन्द्र