बाँफिकोट गाउँपालिकाको गाउँशिक्षा योजना २०८३/८४-२०९३/९४
Summary
शिक्षा मानव विकासको मूल आधार हो। समावेशी, गुणस्तरीय र जीवनोपयोगी शिक्षा बिना दिगो सामाजिक तथा आर्थिक विकासको परिकल्पना गर्न सकिँदैन । नेपालको संविधानले शिक्षालाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गर्दै आधारभूत तथा माध्यमिक शिक्षाको व्यवस्थापन र विकासको जिम्मेवारी स्थानीय तहलाई प्रदान गरेको छ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c8f308ed-6fd2-4523-a469-5cc09dcb1073.pdfPDF · 88 pages · 17.5 MBOpen
Key details
- Organization
- Banphikot Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
\ गाउँ शिक्षा योजना , हर बाँफिकोट गाउँपालिका रुकुम ofan al ) on नेपाल (२०८३%२०८४-२०९३/२०९४) i प्रकाशन बाँफिकोट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय slide. cane 0 हाम्रो भनाइ शिक्षा मानव विकासको मूल आधार हो। समावेशी, गुणस्तरीय र जीवनोपयोगी शिक्षा बिना दिगो सामाजिक तथा आर्थिक विकासको परिकल्पना गर्न सकिँदैन । नेपालको संविधानले शिक्षालाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गर्दै आधारभूत तथा माध्यमिक शिक्षाको व्यवस्थापन र विकासको जिम्मेवारी स्थानीय तहलाई प्रदान गरेको छ। यही संवैधानिक व्यवस्था तथा स्थानीय आवश्यकतालाई ध्यानमा राखी हाम्रो गाउँपालिकाले यो पालिका शिक्षा योजना तर्जुमा गरेको ST पालिका क्षेत्रमा शैक्षिक पहुँच विस्तार हुँदै गएको भए तापनि सिकाइ उपलब्धि सुधार, शैक्षिक समानता सुनिश्चितता, शिक्षण सिकाइको गुणस्तर अभिवृद्धि, सूचना प्रविधिको प्रभावकारी प्रयोग, शिक्षकको पेशागत विकास तथा विद्यालय व्यवस्थापनका क्षेत्रमा अझै सुधार आवश्यक देखिन्छ। भौगोलिक अवस्था, सामाजिक आर्थिक असमानता, लैब्गिक विभेद तथा अपाङ्गतासँग सम्बन्धित चुनौतीका कारण सबै बालबालिकाले समान स्तरको गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर अझै पूर्ण रूपमा सुनिश्चित हुन सकेको छैन। यस गाउँ शिक्षा योजनाले स्थानीय आवश्यकता, स्रोत साधन तथा सम्भावनालाई आधार मानी शिक्षा क्षेत्रको समग्र सुधारका लागि स्पष्ट मार्गदर्शन प्रदान गरेको छ। योजना तयार गर्दा विद्यालय शिक्षा क्षेत्र योजना, दिगो विकासका लक्ष्यहरूसँग समन्वय कायम गरिएको छ, जसले हाम्रो शिक्षा प्रणालीलाई अझ व्यवस्थित, समावेशी र परिणाममुखी बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। हाम्रो विश्वास छ शिक्षा केवल विद्यालयको सीमाभित्र सीमित रहने प्रक्रिया होइन, यो जीवनभरि चलिरहने सिकाइको आधार हो। बालमैत्री, समावेशी सुरक्षित तथा प्रविधिमैत्री सिकाइ वातावरण निर्माण, शिक्षकको क्षमता अभिवृद्धि, अभिभावक तथा समुदायको सक्रिय सहभागिता र उत्तरदायी शासकीय अभ्यासमार्फत शिक्षा क्षेत्रमा दिगो सुधार सम्भव छ। यस योजनाको सफल कार्यान्वयनका लागि निर्वाचित जनप्रतिनिधि, शिक्षक, अभिभावक, समुदाय, निजी क्षेत्र तथा विकास साझेदार सबै पक्षको सक्रिय सहकार्य र साझा प्रतिबद्धता आवश्यक छ। सामूहिक प्रयास र प्रभावकारी कार्यान्वयनमार्फत हाम्रो पालिकालाई सिकाइमैत्री, समावेशी तथा गुणस्तरीय शिक्षाको नमुना स्थानीय तहका रूपमा विकास गर्ने हाम्रो दृढ संकल्प व्यक्त गर्दछु। प्रकाशकः बाँफिकोट गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा, रुकुम पश्चिम कर्णाली प्रदेश, नेपाल । प्रकाशन मितिः २०८३ असार सर्वाधिकारः बाँफिकोट गाउँपालिका प्रकाशन प्रतिः Byor- 4 Ayo at wor ane ae on™ ७000 शाह 1 छ acorn fare विषय सूची योजनाको सारांश .... क) विषय प्रवेश, ख) शिक्षा योजना निर्माणको आवश्यकता र औचित्य..... गा) योजनाको दस्तावेजको स्वरूप...... परिच्छेद 4... परिचय... १.१ भौगोलिक अवस्थिति १.२ जनसाड्ख्यिक संरचना .... १.३ सामाजिक तथा सांस्कृतिक अवस्था १.४ आर्थिक अवस्था, १.५ शैक्षिक अवस्था २. सबल पक्षहरु... ३. शिक्षा क्षेत्रका समस्याहरू, ४. अवसरहरू... ५, चुनौतीहरू... परिच्छेद २... दूरदृष्टि, उद्देश्य, रणनीति तथा लक्ष्य निर्धारण, २.१ दूरदृष्टि २.४ रणनीतिहरु ... २.६ अपेक्षित उपलब्धि २.७ मुख्य कार्यसम्पादन सूचक र लक्ष्य निर्धारण, परिच्छेद ३.... बिधालय शिक्षा क्षेत्रका मुख्य उपक्षेत्र ... ३.१ प्रारम्भिक बालविकास र शिक्षा 2.9.9 TRAE... 3.9.2 कतमान अवस्था; ३.1. ३ उदेश्क..... 2.7. रगनीतिहरू.... 29.4 उपलब्धि प्रमुख क्रियाकलाप र लक्ष्य Rafer, ख) प्रमुख क्रियाकलापहरू तथा लक्ष्य Rafer... ३.२ आधारभतू fire.