प्लाष्टिकका फूलगुच्छा तथा माला प्रतिबन्ध सम्बन्धि जरूरी सूचना। •

Summary
नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाएको छ। साथै काठमाडौं महानगरपालिकाले समेत विगतका वर्षहरुदेखि नै प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6212ef9d-a293-4db3-a1f1-f8c45e7b7dce.jpgJPEG · 2000×1438 · 340 KBOpen
Key details
- Organization
- Kathmandu Metropolitan City
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ee gE op, grit, काठमाडौं महानगरपालिका EY a ~~ ~- WP a cj स् TEAR Se नगर कार्यपालिकाको कार्यालय ry काठमाडौं प्लाजा, कमलादी, काठमाडौं सूचना प्रकाशित मितिः २०८३ कार्तिक १७ गते (ने.सं ११४६ कौलागा नःमि) प्लाष्टिकका फूलगुच्छा तथा माला प्रतिबन्ध सम्बन्धि जरुरी सूचना !! नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाएको छ। साथै काठमाडौं महानगरपालिकाले समेत विगतका वर्षहरुदेखि नै प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको आयात, विक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा निषेध गरिएको छ। आउँदै गरेको तिहारलाई लक्षित गरी आयात हुने प्लाष्टिकजन्य फूलगुच्छा तथा मालाको प्रयोगबाट वातावरणलाई हुने क्षति कम गरि स्वदेशी फूल तथा मालाको विक्री वितरण तथा प्रयोगलाई प्राथमिकतामा राख्नुहुन सम्पूर्ण महानरवासीमा अनुरोध छ। सूचनाको अवज्ञा गरि पूर्णरुपमा रोक लगाईएका प्लाष्टिकजन्य फूलगुच्छाको आयात, विक्री वितरण तथा भण्डारण वा सजावटको लागि प्रयोग गरिएको पाईएमा सो सामाग्रीहरुको जफत हुने तथा का.म.पा. वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र प्रचलित आर्थिक ऐन बमोजिम कारबाही हुने समेत जानकारी गराईन्छ। काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग