प्रेस नाेट
Summary
स्वास्थ्य बीमा बोर्डको दोस्रो बोर्ड बैठक (मिति २०८३/०६/१२) बाट स्वास्थ्य बीमा कार्यक्रमको डिजिटल सुधारसम्बन्धी भएका प्रमुख निर्णयहरू: १. राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय मिति २०८३ साल पौष १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आवद्धता, नवीकरण तथा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4b6bf58b-41ba-4966-b830-3904c4d06b6d.pdfPDF · 1 page · 283 KBOpen
Key details
- Organization
- Health Insurance Board (HIB)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार ar als or बोर्ड द् ॥4 ; \ err iia weit २०७४ प्रेस नोट स्वास्थ्य बीमा बोर्डको दोस्रो बोर्ड बैठक (मिति २०८३/०६/१२) बाट स्वास्थ्य बीमा कार्यक्रमको डिजिटल सुधारसम्बन्धी भएका प्रमुख निर्णयहरू: १. राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय मिति २०८३ साल पौष १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आवद्धता, नवीकरण तथा स्वास्थ्य बीमा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय भएको छ। सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारलाई HIB e-Portal मार्फत आफ्नो विवरण अनिवार्य अद्यावधिक गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको छ। यसबाट बीमितको पहिचान सुनिश्चित हुने, दोहोरो आबद्धता नियन्त्रण हुने, KYC 0०४० प्रभावकारी हुने र दाबी व्यवस्थापन विश्वसनीय हुने अपेक्षा गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा खरिद तथा भुक्तानी प्रणालीलाई वैज्ञानिक, लागत -प्रभावकारी र दिगो बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णय भएको छ। कार्यदलले सेवा प्रदायक स्वास्थ्य संस्थाको छनोट तथा सम्झौताको आधार, सेवाको वर्गीकरण, सेवा खरिद तथा भुक्तानी विधि, सम्झौताको मस्यौदा र चरणबद्ध कार्यान्वयन कार्ययोजनासहितको प्रतिवेदन ६० दिनभित्र पेश गर्नेछ। यसबाट स्वास्थ्य बीमा कोषको वित्तीय दिगोपना, सेवा गुणस्तर, लागत नियन्त्रण र दाबी व्यवस्थापन सुधार हुने अपेक्षा गरिएको छ। ३. EMR बाट प्राप्त विवरणलाई दाबी मान्यता दिने निर्णय सेवा प्रदायक स्वास्थ्य संस्थाबाट EMR प्रणालीमार्फत प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई प्रचलित कानुन र निर्धारित मापदण्डबमोजिम दाबी मान्यता दिने निर्णय भएको छ। यसबाट हस्तलिखित prescription, AAAT दाबी, कागजी अभिलेख र भुक्तानी ढिलाइ क्रमशः घट्ने अपेक्षा गरिएको छ। EMR बाट प्राप्त डिजिटल तथ्यांकलाई निकट भविष्यमा 41/141, आधारित दाबी समीक्षा प्रणालीमा उपयोग गर्ने निर्णयसमेत भएको छ। ४. ICD-11 Code Want WA निर्णय स्वास्थ्य बीमा दाबी व्यवस्थापनलाई तथ्यपरक र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन पहिलो चरणमा २,१८९ वटा Customized ICD-11 Code IMIS मा प्रयोग गर्ने निर्णय भएको FI यसबाट diagnosis अभिलेखीकरणमा एकरूपता आउने र दाबी परीक्षण व्यवस्थित हुने अपेक्षा गरिएको FI समग्रमा स्वास्थ्य बीमा अब डिजिटल पहिचान, डिजिटल दाबी र रणनीतिक खरिद प्रणालीतर्फ अघि बढेको छ। - बोर्ड सचिवालय