Notice Park
Health Insurance Board (HIB)
Acts & regulations

स्वास्थ्य बीमा सेवा प्रभावकारी बनाउने सम्बन्धमा ।

Summary

श्री सेवा प्रदायक स्वास्थ्य संस्थाहरु (सबै) | विषय: स्वास्थ्य बीमा सेवा प्रभावकारी बनाउने सम्बन्धमा । १. स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ९ बमोजिम स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरी सेवा प्रदान गरिरहेका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमितलाई रोगको लक्षण, अवस्था तथा चिकित्सकीय आवश्यकतासँग मेल…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Health Insurance Board (HIB)
Industry
Gov. Authority/Autonomo. Body
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

SAT ७१० a फोन नं: ०१-४१००२२३ टोल फ्रि: १६६००१११२२४ बबरमहल, काठमाडौ पत्र संख्या: ०८३/८४ at 303 मिति: २०८३/०६/२७ श्री सेवा प्रदायक स्वास्थ्य संस्थाहरु (सबै) | विषय: स्वास्थ्य बीमा सेवा प्रभावकारी बनाउने सम्बन्धमा । १. स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ९ बमोजिम स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरी सेवा प्रदान गरिरहेका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमितलाई रोगको लक्षण, अवस्था तथा चिकित्सकीय आवश्यकतासँग मेल नखाने अनावश्यक परीक्षण Vitamin 0, Vitamin B12, गरा जस्ता गर्न लगाएको पाइएमा त्यस्ता परीक्षणको दाबी अस्वीकृत गरिनेछ। २. स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमित नागरिकलाई सेवा प्रदान गर्दा कोटा प्रणालीको व्यवस्था गरी सेवा प्रवाहमा अनावश्यक ढिलाइ गर्ने, भेदभावपूर्ण व्यवहार गर्ने तथा स्वास्थ्य सेवा प्राप्त गर्न असहज हुने अवस्था सिर्जना नगर्नु हुन सुचित गराइन्छ। ३. मिति २०८०/०८१२७ गते बसेको स्वास्थ्य वीमा वोर्डको वोर्ड बैठकबाट नियमित औषधी सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकहरुलाई औषधी ३/३ महिनाको लागि उपलब्ध गराउने व्यवस्था मिलाउनुहुन जानकारी गराइन्छ। ४. स्वास्थ्य बीमाको सुविधा थैलीमा समावेश भएका औषधि, औषधिजन्य सामग्री तथा सेवाहरू बीमितलाई नगदमा खरिद गर्न लगाउने कार्य नगर्नुहुन जानकारी गराइन्छ। 4. स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत पेश गरिने दाबीहरू सम्बन्धित सेवा प्रदायक स्वास्थ्य संस्थाको आन्तरिक दाबी पुनरावलोकन समिति (Insurance review committee) बाट अनिवार्य आवश्यक कागजात, उपचार विवरण, परीक्षणको औचित्य तथा प्रचलित सुविधा थैली बमोजिमको सेवा सुनिश्चित गरी रुजु तथा प्रमाणित गरेपछि मात्र स्वास्थ्य बीमा बोर्डमा दाबी पेश गर्ने व्यवस्था मिलाउनुहुन जानकारी गराइन्छ ‘ उल्लेखित कार्यहरू प्रचलित कानुन, नियम तथा स्वास्थ्य बीमा बोर्डसँग भएको सम्झौता बिपरीत भएको पाइएमा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा १२ तथा स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम १९ बमोजिम हुने व्यहोरा जानकारी गराइन्छ। प्रवक्ता)

Like

0

Views

0

Comments

0

Share

0

Save

Report