Notice Park
Commission for the Investigation of Abuse of Authority (CIAA)
Tender/Bids

जिल्ला धनुषा, धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डलसमेत ५ जना तथा जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि. उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

Summary

fava: आरोपपत्र दायर गरिएको | जिल्ला धनुषा, धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेतको मिलेमतोमा आ.व. २०७७/०७८ मा डिप बोरिङ जडान लगायतका योजनाहरूको खरिद कार्यमा फर्जी पत्रिका समावेश गरी सार्वजनिक खरिद कानुन विपरीत सूचना नै प्रकाशन नगरी उक्त कार्यमा राज्यको रकम हिनामिना गरेको भन्नेसमेत बेहोराको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Commission for the Investigation of Abuse of Authority (CIAA)
Industry
Commission
Category
Tender/Bids
Published
Fiscal year
FY 2077/78
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

iS) अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल) काठमाडौं प्रेस विज्ञप्ति fava: आरोपपत्र दायर गरिएको | मितिः २०८३।०६। २० गते। जिल्ला धनुषा, धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेतको मिलेमतोमा आ.व. २०७७/०७८ मा डिप बोरिङ जडान लगायतका योजनाहरूको खरिद कार्यमा फर्जी पत्रिका समावेश गरी सार्वजनिक खरिद कानुन विपरीत सूचना नै प्रकाशन नगरी उक्त कार्यमा राज्यको रकम हिनामिना गरेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा धनौजी गाँउपालिकाले आ.व. २०७७/७८ मा संघीय सरकारबाट विशेष अनुदानअन्तर्गत डिप बोरिङ जडान, कोल्डस्टोरको कम्पाउण्ड वाल निर्माण तथा विद्यालय भवन निर्माणका लागि बजेट प्राप्त गरी ३ वटा योजनाको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा धनौजी गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डल, सह-लेखापाल बिनोद कुमार मण्डल, जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवम्‌ जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि.का अध्यक्ष वृज कुमार यादव, जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राजेन्द्र यादव र अमृत मिडिया प्रा.लि.का प्रतिनिधि संजय कुमार यादव समेतको एक आपसी मिलेमतो तथा योजनामा प्रतिवादीहरूले आफूहरूलाई गैरकानुनी लाभ तथा धनौजी गाँउपालिकालाई गैरकानुनी हानि Gast बदनियतले उक्त सूचना लुकाई छिपाई,एकै दिनको पत्रिकासमेत फरक-फरक बेहोराको प्रति तयार गरी गराई, सार्वजनिक रूपमा प्रकाशन गरी वितरणमा ल्याईएको पत्रिकामा खुला बोलपत्र आह्वानको सूचना प्रकाशन नगरी नगराई धनौजी गाँउपालिका ठेक्काको प्रयोजनार्थ अभिलेख फाइलमा राखे र लेखापरीक्षण गर्ने निकाय अधिकारी समेतलाई झुक्यानमा पारी गैरकानुनी लाभ उठाउने बदनियत गरी जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिकाको मिति २०७८/०१/२३ गते एक प्रतिमा मात्र प्रकाशित उक्त खुला बोलपत्र आह्वानको सूचना धनौजी गाँउपालिकामा पेस गरी गराई सोही झुट्टा विवरण सहितको पत्रिकाको आधारमा अमृत मिडिया प्रा.लि. बाट भुक्तानी माग गरी गराई धनौजी गाँउपालिकाबाट एकै विज्ञापनमार्फत्‌ सूचना दिएको वापत दुई अलग योजनाको विज्ञापन भनी जम्मा रकम रू.३,5०,०००१- (तीन ara असी हजार रूपैयाँ) जनकपुर टुडे प्रा.लि.लाई भुक्तानी गरे गराएको देखिएकोले सूचना विवरण लुकाई सार्वजनिक खरिद प्रक्रियालाई अपारदर्शी ढङ्गले प्रतिस्पर्धालाई सीमित गराउने कलुपित मनसाय साथ कानुनतः सार्वजनिक रूपमा सूचित गर्नुपर्ने विवरणलाई लुकाई छिपाई भुक्तानी दिए लिएको स्थापित भएकोले उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरू उपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। देहायः क्र.स॑ नामथर, WT बिगो रू. कसुर तथा सजायको मागदाबी . कार्यालय १. | धनौजी गाँउपालिकाका | रू.३,८०,०००/- - | भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा द को उपदफा (१) को देहाय तत्कालीन प्रमुख (ङ) बमोजिमको कसुर पुष्टि भएको हुँदा बिगो तीन लाख असी हजार प्रशासकीय अधिकृत रूपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम गौरी शंकर मण्डल कैद र बिगोवमोजिम जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ। धनौजी गाँउपालिका तत्कालीन सह- लेखापाल "बिनोद कुमार मण्डल रू.३,८०,०००/-- भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर पुष्टि भएको हुँदा बिगो तीन लाख असी हजार रूपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ। जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. तथा जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवम्‌ जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि.का अध्यक्ष वृज कुमार यादव रू.३,८०,०००/-- भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरजन्य कार्यको नगदी तथा अन्य गैरकानुनी लाभ प्राप्त गर्ने कार्यको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको हुँदा मुख्य कसुरदारहरूलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल उपर हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदार सरह सजाय गरी बिगो असुल उपर हुन साथै, कानुनी व्यक्ति जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि.को हकमा भ्रष्टाचार निवारण ऐन, २०५९(पहिलो संशोधनसहित) को दफा २३क बमोजिमसमेत हुन। अमृत मिडिया प्रा.लि. रू.३,८०,०००/-- भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरको नगदी तथा अन्य गैरकानुनी लाभ प्राप्त गर्ने कार्यको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको हुँदा मुख्य कसुरदारहरूलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल उपर हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदार सरह सजाय गरी बिगो असुल उपर हुन साथै, कानुनी व्यक्ति अमृत मिडिया प्रा.लि.को हकमा भ्रष्टाचार निवारण ऐन, २०५९(पहिलो संशोधनसहित) को दफा २३क बमोजिमसमेत हुन। तथा उक्त अमृत मिडिया प्रा.लि.का अध्यक्ष एवम्‌ जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजेन्द्र यादव अमृत मिडिया प्रा.लि.का बजार प्रतिनिधि संजय कुमार यादव रू.३,८०,०००/-- भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरको नगदी तथा गैरकानुनी लाभ प्राप्त गर्ने कार्यको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर भएको हुँदा मुख्य कसुरदारहरूलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल उपर हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदारसरह सजाय गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ। प्रवक्ता सुरेश न्यौपाने

Like

0

Views

4

Comments

0

Share

0

Save

Report