Notice Park
Commission for the Investigation of Abuse of Authority (CIAA)
Press Release

डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख वन अधिकृत (सातौँ) भुवन पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

Summary

fava: आरोपपत्र दायर गरिएको | जिल्ला उदयपुर, त्रियुगा नगरपालिका वडा नं १० स्थित डिभिजन वन कार्यालय, उदयपुरको योजना शाखाका शाखा प्रमुख वन अधिकृत (सातौँ) भुवन पौडेलले सामुदायिक वन उपभोक्ता समितिको काठ लगत समर्थन तथा लिलाम सहमति सिफारिस पत्र दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Commission for the Investigation of Abuse of Authority (CIAA)
Industry
Commission
Category
Press Release
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

iS) अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौं प्रेस विज्ञप्ति fava: आरोपपत्र दायर गरिएको | मितिः २०८३।०५। २९ TAI जिल्ला उदयपुर, त्रियुगा नगरपालिका वडा नं १० स्थित डिभिजन वन कार्यालय, उदयपुरको योजना शाखाका शाखा प्रमुख वन अधिकृत (सातौँ) भुवन पौडेलले सामुदायिक वन उपभोक्ता समितिको काठ लगत समर्थन तथा लिलाम सहमति सिफारिस पत्र दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले निज भुवन पौडेललाई सेवाग्राहीबाट घुस/रिसवत रू.१५,०००%- (पन्ध्र हजार रुपैयाँ) लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको सिलसिलामा डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख भुवन पौडेलले आफ्नो पदीय जिम्मेवारी बहन गर्ने क्रममा काठको लगत समर्थन तथा लिलाम सहमति सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरी दुःख हैरानी दिई नियतबस आलटाल गरी बदनियतपूर्ण तबरले आफ्नो निमित्त रु.१५,०००/- (पन्ध्र हजार रुपैयाँ) घुस/रिसवत लिएको निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा बिगो रु.१५,०००/-पन्ध्र हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। प्रवक्ता सुरेश न्यौपाने

Like

0

Views

2

Comments

0

Share

0

Save

Report