सीप तथा रोजगार मेला, २०८३ सम्बन्धी सूचना
Summary
रोजगार प्रवर्दन दशक (२०८३/०८४-२०९२/०९३) को एक महत्वपूर्ण पहलको रूपमा “सीप र रोजगारी : साझा जिम्मेवारी” मूल नाराका साथ सातै वटा प्रदेशमा गर्ने गरी नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयबाट कोशी प्रदेश सुनसरी जिल्लाको इटहरी सोल्टी वेट्टेन्डको प्राङ्गणमा मिति २०८३/०६/१४ गतेदेखि २०८३/०६/२०…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 54d894ad-bdb8-4ddf-9f5c-e8a3f10664e9.pdfPDF · 1 page · 222 KBOpen
Key details
- Organization
- Ministry of Youth, Labour and Employment
- Industry
- Ministry
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
युवा, TA AAT ed सीप तथा रोजगार मेला, २०८३ सम्बन्धी सूचना रोजगार प्रवर्दन दशक (२०८३/०८४-२०९२/०९३) को एक महत्वपूर्ण पहलको रूपमा “सीप र रोजगारी : साझा जिम्मेवारी” मूल नाराका साथ सातै वटा प्रदेशमा गर्ने गरी नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयबाट कोशी प्रदेश सुनसरी जिल्लाको इटहरी सोल्टी वेट्टेन्डको प्राङ्गणमा मिति २०८३/०६/१४ गतेदेखि २०८३/०६/२० गतेसम्म आयोजना गरेको सीप तथा रोजगार मेला, २०८३ प्रभावकारी रुपमा सञ्चालन भएको व्यहोरा सम्बन्धित सबैमा सहर्ष जानकारी गराउन चाहान्छौं | सीप सिक्ने, रोजगारी खोज्ने र रोजगारी दिनेबीच आगामी दिनमा समेत सम्पर्क र सहकार्य हुने गरी यस मेलालाई निरन्तरता दिन अति आवश्यक भएको सन्दर्भमा यो मेला सोल्टीवेष्टेन्डको प्राङ्गणमा २०८३/०६/२० गतेसम्म रहने र तत्पश्चात् मिति २०८३/०६/२१ गतेबाट मेलाको उद्देश्य हासिल हुने गरी रोजगारी खोजकर्तालाई कोशी प्रदेशको सबै स्थानीय deat रोजगार, सीप तथा उद्यमशीलता केन्द्र, श्रम तथा रोजगार कार्यालय, बिराटनगर र झापाबाट अन्तर्वार्ता तथा आवश्यकतानुसार कार्यस्थल अवलोकनसहित रोजगारीका लागि छनौट गरी रोजगारी सुनिश्चितताको व्यवस्था गरिने हुँदा नेपालमै रोजगारीका अवसरमा सहभागी हुन सम्बन्धित सबैमा अनुरोध गर्दै मेलालाई निरन्तरता दिइएको व्यहोरा सबैमा जानकारी गराउँदछौँ | मेलाबाट प्राप्त तथ्याङ्कको आधारमा तालिमसम्बन्धी कार्यक्रमलाई सम्बन्धित स्थानीय तह, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, ललितपुर, व्यावसायिक तालिम केन्द्र, सुनसरी तथा सम्बन्धित उद्योग/प्रतिष्ठानहरुको प्रशिक्षण केन्द्र र आवश्यकतानुसार तालिम प्रदायक संस्थासँगको सहकार्यमा निरन्तरता दिइने व्यवस्था गरिएको हुँदा तालिम सिक्ने व्यवस्थाका लागि व्यावसायिक तालिम केन्द्र, सुनसरीमा भौतिक रुपमा उपस्थित भई वा उक्त तालिम केन्द्रको वेभसाइट vicithari.gov.np वा उक्त केन्द्रबाट प्रकाशित सूचना अनुसार जानकारी लिई तालिम लिने/सीप सिक्ने कार्यमा सहभागी हुन अनुरोध गर्दछौं। युवा, श्रम तथा रोजगार मन्त्रालयको सीप तथा रोजगार मेलासम्बन्धी jobfair.shramsansar.gov.np मा सीप सिक्न चाहाने, रोजगारी चाहाने र रोजगारी दिन चाहाने व्यक्ति/संस्थाले अनिवार्य रुपमा दर्ता भई यो सुवर्ण अवसरलाई उपयोग गर्नु हुन समेत विशेष अनुरोध गर्दछौँ | यस सीप तथा रोजगार मेलामा सहयोग पुन्याउनु हुने तीनै तहका सरकारी निकाय, निजी क्षेत्र, विकास साझेदार, गैरसरकारी संस्था लगायतका सम्पूर्ण सरोकारवाला निकायहरुप्रति हालसम्मको सहयोग र सहकार्यका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै रोजगार wade दशक अवधिभर निरन्तर रुपमा सहयोग र सहकार्यको अपेक्षा समेत गर्दछौं। श्रम तथा रोजगार कार्यालय श्रम तथा रोजगार कार्यालय, झापा व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीको बिराटनगरको सम्पर्क नं. सम्पर्क नं. सम्पर्क नं. कार्यालय प्रमुख: ९८५२०३५०२० कार्यालय प्रमुख: ९८५५२६५६८७५ कार्यालय प्रमुखः ९८५२०८५६७८ सूचना अधिकारी: ९८५२०८१०५८ सूचना अधिकारी: ९८५२०८५७७० टप cums’ co ‘an IMS २०८३ साल असोज २० गते हेमराज तामाङ नेपाल संवत ११४६ eT दशमी सहसचिव/सीप तथा रोजगार मेला संयोजक टेलिफोन नं.:- ०१-४२११९६३, ४२००४७६, ४२११६७८, ४२११७९१, फ्याक्स नं. ०१-४२११८७७ टोल फ्रि नं. १६६००१५०००५. श्रमाघान कल सेन्टर फोन ११४१. ईमेल [email protected] वेव AST www.molecs.cav.nn