Notice Park
M
Press Release

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सूचना २०८३/०७/११

Summary

मलेसिया रोजगारीका सम्बन्धमा हाल विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा सम्प्रेषण भइरहेका भ्रमपूर्ण, भ्रामक तथा तथ्यहीन सूचना र समाचारहरूप्रति युवा, श्रम तथा रोजगार मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। ie बैदेशिक रोजगारी जस्तो संवेदनशील विषयमा सत्यतथ्यबिना फैलाइएका यस्ता सूचनाहरूले आम नागरिक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Youth, Labour and Employment
Industry
Ministry
Category
Press Release
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार बुवा, श्रम तथा छ मन्ञ्रालय त न राना. =. een oan रद oe aa ee सिंहदरबार, काठमाडौं = TTR, oie Tr an नेपाल | प्रेस विज्ञप्ति । हि मलेसिया रोजगारीका सम्बन्धमा हाल विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा सम्प्रेषण भइरहेका भ्रमपूर्ण, भ्रामक तथा तथ्यहीन सूचना र समाचारहरूप्रति युवा, श्रम तथा रोजगार मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। ie बैदेशिक रोजगारी जस्तो संवेदनशील विषयमा सत्यतथ्यबिना फैलाइएका यस्ता सूचनाहरूले आम नागरिक तथा सरोकारवालाहरूमा पार्न सक्ने अन्योललाई AT वस्तुगत यथार्थ स्पष्ट पार्न तथा सम्बन्धित सबैको जानकारीका लागि यो आधिकारिक प्रेस विज्ञप्ति जारी गरिएको छ । मलेसिया रोजगारीको पछिल्लो अवस्थाका सन्दर्भमा नेपालले अवलम्बन गरेको श्रम तथा रोजगार सम्बन्धी नीति, वैदेशिक रोजगार ऐन तथा नियमावली, द्विपक्षीय सन्धि सम्झौता र अन्तर्राष्ट्रिय कानुनको परिधिमा रही मन्त्रालयबाट मलेसिया सरकारको सम्बन्धित निकायसँग निरन्तर कूटनीतिक संवाद गरिरहेको र आपसी संवादको माध्यमबाट यस विषय/मुद्दालाई यथाशीघ्र टुङ्ग्याउने पक्षमा सरकार रहेको व्यहोरा जानकारी गराइन्छ । नेपालको संविधान, प्रचलित कानुन र श्रम समझदारी विपरीत हुने प्रणाली एवं पद्धति श्रमिकको दीर्घकालीन हित रक्षा गर्न असमर्थ रहने देखिन्छ। यस सन्दर्भमा मन्त्रालय श्रमिकको दीर्घकालीन हित रक्षाका लागि प्रतिवद्ध रहदै निरन्तर रुपमा संवाद गरिरहेको छ। नेपाली श्रमिकको हित संरक्षण गर्दै नेपाल र मलेसियाबीचको श्रम आप्रवासनलाई व्यवस्थित, पारदर्शी, वस्तुनिष्ठ, न्यायोचित तथा पारस्परिक हितमा आधारित बनाउन उपयुक्त र निष्पक्ष कामदार छनौट तथा भर्ना प्रणाली सुनिश्चित गर्ने विषयमा नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय पूर्ण रूपमा सचेत रहेको जानकारी गराइन्छ। साथै, नेपालको संविधान, कानुनी व्यवस्था र नेपाल तथा मलेसिया सरकारबीच भएको श्रम समझदारी समेतका आधारमा पारदर्शी, निष्पक्ष तथा दुबै सरकारलाई मान्य हुने भर्ना प्रणाली विकास गर्न नेपाल सरकार सकारात्मक रहेको सम्बद्ध सबैमा जानकारी गराउँदछौं। मितिः २०८३/०७/११ i ie नेपाल संवत्‌ः ११४६ कौलागा तृतीया (मिरा आचार्य) प्रवक्ता/सहसचिव टेलिफोन नं.:- ०१-४२११९६३, ४२००४७६, ४२११६७८, ४२११७९१, फ्याक्स नं.:- "९७७-०१-४२११८७७, टोल फ्रि नं.:- १६६००१५०००५, श्रमाधान कल सेन्टर फोन:- ११४१, ईमेल:- [email protected]/[email protected], वेव साईट:- www.moless.gov.np

Like

0

Views

4

Comments

0

Share

0

Save

Report