Notice Park
Jhimruk Rural Municipality
Gen Info

उपभोक्ता समिति दर्ता गर्ने सम्बन्धमा ।

Summary

प्रस्तुत विषयमा सार्वजनिक खरिद नियमावली २०६४ को १६ औं संशोधन २०८३ को नियम ९७को उपनियम १ वमोजिम प्रचलित कानुन बमोजिम दर्ता भएको उपभोक्ता समितिबाट मात्र आयोजना वा योजनाको काम गराउनु पर्ने व्यवस्था अनुसार अबदेखि उपभोक्ता समितिहरू दर्ता गर्ने र आवश्यक अन्य प्रक्रियाहरू पूरा गरी उपभोक्ता समितिहरूसँग…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Jhimruk Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

'झिमरुक गाउँपालिका JHIMRUK RURAL MUNICIPALITY गाउँ गाउँ कार्यपालिकाको कार्यालय OFFICE OF THE RURAL MUNICIPAL EXECUTIVE भ्यागुते, प्युठान लुम्बिनी प्रदेश, नेपाल BHYGUTE, PYUTHAN LUMBINI PROVINCE, NEPAL पत्र संख्या :0८३।८४ च.नं. AOE श्री वडा कार्यालयहरु सवै झिमरुक गाउँपालिका । मिति : २०८३/०५/३१ ast ei प्रदेश za विषयः- उपभोक्ता समिति दर्ता गर्ने सम्बन्धमा | प्रस्तुत विषयमा सार्वजनिक खरिद नियमावली २०६४ को १६ औं संशोधन २०८३ को नियम ९७को उपनियम १ वमोजिम प्रचलित कानुन बमोजिम दर्ता भएको उपभोक्ता समितिबाट मात्र आयोजना वा योजनाको काम गराउनु पर्ने व्यवस्था अनुसार अबदेखि उपभोक्ता समितिहरू दर्ता गर्ने र आवश्यक अन्य प्रक्रियाहरू पूरा गरी उपभोक्ता समितिहरूसँग योजना सम्झौता गरिने भएकोले उपभोक्ता समिति गठन गर्दा सो विषयको जानकारी गराइ उपभोक्ता समिति गठन गर्नु हुन जानकारीको लागि अनुरोध छ । साथै उपभोक्ता समिति दर्ता गर्दा आवश्यक पर्ने विधान यसै पत्रसाथ पठाइएको छ। as AT Ss ७४१.१ अमरराज सेजुवाले प्रमुख प्रशासकीय अधिकृत नोट : उपभोक्ता समिति दर्ता गर्दा अपनाउनु: पर्ने विधि १. आमभेलाबाट उपभोक्ता समितिको नामाकरण, उपभोक्ता समिति झिमरुक गाउँपालिकामा दर्ता गर्ने , उपभोक्ता समितिको विधान स्वीकृत गर्ने र उपभोक्ता समितिको गठन सम्वन्धि प्रस्ताव माथी छलफल गरी पारित गर्ने । २. समितिमा अध्यक्ष सचिव र कोषाध्यक्ष मध्ये कुनै एक पदमा अनिवार्य महिला हुनुपर्ने र ३३ प्रतिशत महिला हुनै पर्ने छ । | ३. विधानको शिर पुछारमा समितिका सवैले दस्तखत गर्नु पर्नेछ । समितिका सवैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी संलग्न गरी झिमरुक गाउपालिकाको उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि २०८० को अनुसूची १ वमोजिम निवेदन पेश गर्नु पर्नै छ । साथै झिमरुक गाउपालिकाको आर्थिक ऐन वमोजिम रु १००० शुल्क लाग्ने छ | थप जानकारीकोलागी झिमरुक गाउँपालिका योजना शाखामा सम्पर्क गर्न सक्नुहुने छ । ९८४७८२११५२

Like

0

Views

0

Comments

0

Share

0

Save

Report