Notice Park
Commission for the Investigation of Abuse of Authority (CIAA)
Press Release

जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।

Summary

fava: आरोपपत्र दायर गरिएको | जिल्ला रौतहट, माधव नारायण नगरपालिका, नगरकार्यपालिकाको कार्यालयमा सामाजिक परिचालक (सहायक स्तर पाचौं) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादवको शैक्षिक प्रमाणपत्र नक्कली रहेकोले छानविन हुन भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्वन्धमा अनुसन्धान हुँदा निज कृष्ण नन्दन प्रसाद…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Commission for the Investigation of Abuse of Authority (CIAA)
Industry
Commission
Category
Press Release
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

iS) अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल) काठमाडौं प्रेस विज्ञप्ति fava: आरोपपत्र दायर गरिएको | मितिः २०८३।०६।०८ गते। जिल्ला रौतहट, माधव नारायण नगरपालिका, नगरकार्यपालिकाको कार्यालयमा सामाजिक परिचालक (सहायक स्तर पाचौं) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादवको शैक्षिक प्रमाणपत्र नक्कली रहेकोले छानविन हुन भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्वन्धमा अनुसन्धान हुँदा निज कृष्ण नन्दन प्रसाद यादवले जिल्ला विकास समिति, रौतहटको स्थानीय ट्रष्ट कोष समितिमा सामाजिक परिचालक पद (सहायक स्तर पाँचौ) मा नियुक्ति लिँदाका बखत BIHAR INTERMEDIATE EDUCATION COUNCIL, PATNA बाट जारी भएको देखिने 1A तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी हालसम्म पनि राष्ट्रसेवकको हैसियतले कार्यरत रही ओहोदा, लाभ र सुविधासमेत प्राप्त गरेको देखिंदा निज कृष्ण नन्दन प्रसाद यादवले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएकोले निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। प्रवक्ता सुरेश न्यौपाने

Like

0

Views

0

Comments

0

Share

0

Save

Report