Notice Park
Tribhuvan University Teaching Hospital
Press Release

संयुक्त्त प्रेस विज्ञप्ति

Summary

सघन उपचार कक्ष (ICU) तथा अन्य संवेदनशील स्वास्थ्य सेवा क्षेत्रमा अनधिकृत प्रवेश, फोटो/भिडियो तथा अन्तर्वार्ता सम्बन्धमा पाँचवटा स्वास्थ्य व्यवसायी परिषद्को संयुक्त अपिल ICU मा उफ्चाररत बिरामीको संवेदनशील स्वास्थ्य अवस्था तथा उपचारको वातावरणलाई पर्याप्त ध्यान नदिई विरामीसँग अन्तर्वार्ता लिन तथा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tribhuvan University Teaching Hospital
Industry
Health
Category
Press Release
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

(मिति (2063/04/30) सघन उपचार कक्ष (ICU) तथा अन्य संवेदनशील स्वास्थ्य सेवा क्षेत्रमा अनधिकृत प्रवेश, फोटो/भिडियो तथा अन्तर्वार्ता सम्बन्धमा पाँचवटा स्वास्थ्य व्यवसायी परिषद्को संयुक्त अपिल ICU मा उफ्चाररत बिरामीको संवेदनशील स्वास्थ्य अवस्था तथा उपचारको वातावरणलाई पर्याप्त ध्यान नदिई विरामीसँग अन्तर्वार्ता लिन तथा फोटो/भिडियो खिन्नै गरी सार्वजनिक गरिएको विषयप्रति नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्‌, नेपाल आयुर्वेद चिकित्सा परिषद्‌, नेपाल स्वास्थ्य व्यवसायी परिषद्‌ र नेपाल फार्मेसी परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ। ICU, आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, प्रसूति कक्ष, मानसिक स्वास्थ्य सेवा लगायतका संवेदनशील उपचार क्षेत्रहरुमा बिरामीहरू शारीरिक तथा मानसिक रुपमा विशेष संवेदनशील अवस्थामा रहने भएकोले बिरामीको जीवन, स्वास्थ्य, गोपनीयता, स्वायत्तता, मानवीय मर्यादा, सुरक्षित उपचार तथा संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिनु अनिवार्य हुन्छ। विशेषतः गम्भीर दुर्घटना वा आकस्मिक अवस्थाबाट जीवन जोगाइएका 100 मा उपचाररत बिरामीसँग उपचार तथा स्वास्थ्यलाभको संवेदनशील चरणमै भिडियो सामग्री निर्माण वा व्यक्तिगत अनुभव/सम्बन्धी अन्तर्वार्ता लिनु बिरामीको मानसिक तथा शारीरिक हितमा प्रतिकूल हुने भएकोले यस्तो कार्यमा विशेष पेशागत मर्यादा तथा नैतिक सावधानी आवश्यक हुन्छ। यस सन्दर्भमा पाँचै पाँचै परिषद्‌ / काउन्सिल देहायवमोजिम स्पष्ट रूपमा अपिल गर्दछौं: १) ICU तथा अन्य संवेदनशील उपचार क्षेत्रमा सम्बन्धित स्वास्थ्य सस्था/अस्पतालको पूर्वस्वीकृति बिना प्रवेश गरी बिरामीको फोटो, भिडियो, अडियो वा अन्तर्वार्ता रेकर्ड नगर्न/नगराउन। २) स्वास्थ्य संस्थामा उपचाररत बिरामीसँग अन्तर्वार्ता वा सञ्चार आवश्यक भएमा बिरामीको अवस्था तथा निर्णय क्षमता विद्यार गरी, बिरामीको स्वायत्तता, सूचित तथा स्पष्ट सहमति, आवश्यकता अनुसार कानूनी संरक्षक वा अभिभावकको अनुमति र सम्बन्धित स्वास्थ्य संस्वा/अस्पतालको संस्थागत स्वीकृति प्राप्त भएपछि मात्र उपयुक्त माध्यम र स्थानमा पहुँच सुनिश्चित गर्न। ३) बिरामीको पहिचान, स्वास्थ्य अवस्था, उपचारसम्बन्धी सूचना, wre, भिडियो, अडियो वा अन्य व्यक्तिगत सामग्री संकलन, प्रयोग वा प्रकाशन गर्दा गोपनीयता, मानवीय मयाँदा, स्वायत्तता, बिरामीको सर्वोत्तम हित तथा प्रचलित कानूनी र पेसागत दायित्वको पूर्ण पालना गर्न। ४)10ए तथा अन्य संवेदनशील उपचार कक्षलाई अन्तर्वार्ता, भिडियो उत्पादन वा प्रचार सामग्री निर्माणको स्थलका रूपमा प्रयोग नगरी आवश्यक संवादका लागि उपचार क्षेत्रबाहिर सुरक्षित र उपयुक्त वैकल्पिक व्यवस्था गर्न। ५) अस्पताल तया स्वास्थ्य संस्थाले सञ्चारमाध्यम, सामग्री निर्माण तथा अन्य व्यक्तिको प्रवेश, रेकर्डिङ र बिरामीसँग अन्तर्वार्तासम्बन्धी स्पष्ट संस्थागत नीति/प्रोटोकल निर्माण गरी कडाइका साथ कार्यान्वयन गर्ने तया यसबाट उपचारको निरन्तरता, बिरामीको सुरक्षा र संक्रमण रोकथाममा प्रतिकूल असर नपर्ने अवस्था सुनिश्चित गर्न। ६) स्वास्व्यकर्मीहरुले सम्बन्धित पेसागत आचारसंहिता, बिरामीको अधिकार, गोपनीयताको दायित्व तथा सुरक्षित उपचार सेवाका मार्गनिर्देशनहरूको पालना गर्दै मर्यादित, सुरक्षित उपचार अधिकारको सम्मान गर्न सबै प्रतिबद्ध हुनुपर्छ। बिरामीको पीडा, असहाय अवस्था वा उपचारको संवेदनशीलतालाई सामग्री निर्माण वा प्रचारको माध्यम नबनाउन विशेष अनुरोध गर्दछौँ। यसै विज्ञप्ति मार्फत आम सञ्चारकर्मी, सम्पूर्ण नागरिक, सामाजिक संघ/संस्था, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवाला पक्ष तथा क क मका साला आनक साही जगह ay ee काइदा eo ee का 1 — सम्मान, स्वास्थ्यकर्मीको सुरक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चतताका लागि सबैको सहयोग wl नेपाल मेडिकल काउन्सिल नेपाल नर्सिङ परिषद्‌ नेपाल आयुर्वेद चिकित्सा परिषद्‌ नेपाल स्वास्थ्य व्यवसायी परिषद्‌ नेपाल फार्मेसी परिषद्‌

Like

0

Views

0

Comments

0

Share

0

Save

Report