Notice Park
Bangad Kupinde Municipality
Guidelines

"घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, २०७५ लाई पहिलो संशोधन गर्ने कार्यविधि, २०८३

Summary

बनगाड कुपिण्डे नगरपालिकाको 'घ' वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि,२०७५ लाई पहिलो संशोधन कार्यविधि, २०८३ प्रस्तावनाः बनगाड कुपिण्डे नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ को छ (११) ले दिएको अधिकार प्रयोग गरि मिति २०७५/१०/२१ मा स्थानीय राजपत्रमा सूचना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bangad Kupinde Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय राजपत्र वनगाड कुपिण्डे नगरपालिकाद्वारा प्रकाशित संख्याः५ खण्डः ९ पारित मिति:२०८३।०६। १३ प्रकाशन मितिः २०८३।०६।१५ भाग - २ बनगाड कुपिण्डे नगरपालिकाको 'घ' वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि,२०७५ लाई पहिलो संशोधन कार्यविधि, २०८३ प्रस्तावनाः बनगाड कुपिण्डे नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ को छ (११) ले दिएको अधिकार प्रयोग गरि मिति २०७५/१०/२१ मा स्थानीय राजपत्रमा सूचना प्रकाशित गरि बनगाड कृपिण्डे नगरपालिका क्षेत्र भित्र लागु हुने गरि “घ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि,२०७५ जारी गरि कार्यान्वयनमा ल्याएकोमा बनगाड कृपिण्डे नगरपालिका क्षेत्रभित्र 'घ' वर्गको निर्माण व्यवसाय इजाजतपत्र प्राप्त व्यवसायीहरूको इजाजतपत्र नामसारी तथा ठाउँसारी सम्बन्धी व्यवस्थालाई व्यवस्थित, सरल र पारदर्शी बनाउन वाञ्छनीय भएकोले, बनगाड कुपिण्डे नगरपालिकाले नगर कार्यपालिका बैठक बाट स्वीकृत भई कार्यान्वयन गर्न यो संशोधन मस्यौदा तयार गरेको छ। १. संक्षिप्त नाम र प्रारम्भः क) यस कार्यविधिको नाम 'बनगाड कुपिण्डे नगरपालिकाको "घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, २०७५ लाई पहिलो संशोधन गर्ने कार्यविधि, २०८३' wag! ख) यो कार्यविधि नगर कार्यपालिकाबाट स्वीकृत भई स्थानीय राजपत्रमा प्रकाशन भएको मितिदेखि प्रारम्भ हुनेछ। २. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा: क) “मुल कार्यविधि” भन्नाले बनगाड कुपिण्डे नगरपालिकाबाट मिति २०७५/१०/२१ मा स्थानीय राजपत्रमा सूचना प्रकाशित गरि बनगाड कुपिण्डे नगरपालिका क्षेत्र भित्र लागु हुने गरि जारी गरिएको “घ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, २०७५ सम्झनुपर्दछ । ख) “व्यवसाय” भन्नाले घ वर्गको निर्माण व्यवसाय सम्झनुपर्दछ । ग) oar भन्नाले घ वर्गको निर्माण व्यवसायको स्थानान्तरण/ठाउँसारी सम्झनुपर्दछ । घ) “नामसारी” भन्नाले घ वर्गको निर्माण व्यवसायको साबिकको सञ्चालक/प्रोपराइटरको मञ्जुरीनामा सहित नयाँ सञ्चालक/प्रोपराइटर कायम हुने व्यवस्था सम्झनुपर्दछ । ३. मूल कार्यविधिको दफा ५ “इजाजतपत्रको प्रतिलिपि दिने व्यवस्था” मा संशोधनः मूल कार्यविधिको दफा ५ को विद्यमान इजाजतपत्रको प्रतिलिपि दिने सम्बन्धी व्यवस्थाको अन्त्यमा देहाय बमोजिमका खण्ड (क) र खण्ड (ख) थप गरिएका छन्‌: खण्ड (क) इजाजतपत्र नामसारी सम्बन्धी व्यवस्थाः १. कुनै पनि 'घ' वर्गको निर्माण व्यवसायीले आफ्नो फर्म, कम्पनी वा संस्थाको स्वामित्व वा नाम परिवर्तन गरी अन्य व्यक्तिको नाममा नामसारी गर्न चाहेमा तोकिएको ढाँचामा आवश्यक दस्तुर सहित नगरपालिकामा रीतपूर्वक निवेदन दिनुपर्नेछ। २. नामसारीका लागि निवेदन दिँदा देहाय बमोजिमका कागजातहरू संलग्न हुनुपर्नेछ: a) साविकको इजाजतपत्रको सक्कल प्रति। at) नयाँ प्रोप्राइटर/सञ्चालकको नागरिकताको प्रमाणित प्रतिलिपि | =) उच्चोग/वाणिज्य कार्यालयमा नामसारी भएको प्रमाणित कागजात | ई) आन्तरिक राजस्व कार्यालयबाट जारी गरिएको नवीकरण सहितको कर चुक्ता प्रमाणपत्र (9५ Clearance Certificate) | उ) साविकका प्रोप्राइटर र नयाँ प्रोप्राइटर बीच भएको प्रमाणित सम्झौता वा मञ्जुरीनामा पत्र । उ) सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र । ३. कार्यालयले प्राप्त निवेदन र कागजातहरूको जाँचबुझ गरी रीतपूर्वक देखिएमा तोकिएको नामसारी दस्तुर लिई इजाजतपत्र नामसारी गरिदिनेछ | खण्ड (ख) इजाजतपत्र ठाउँसारी सम्बन्धी व्यवस्थाः १. यस नगरपालिका क्षेत्रभित्र घ वर्गको निर्माण व्यवसाय सञ्चालन गरिरहेको व्यवसायीले आफ्नो मुख्य कार्यालय वा व्यवसाय सञ्चालन गर्ने स्थान नगरपालिका भित्रै एक वडाबाट अर्को वडामा वा अन्य स्थानीय तहबाट यस नगरपालिका क्षेत्रभित्र वा यस नगरपालिका बाट अन्य स्थानीय तहमा ठाउँसारी गर्न चाहेमा रीतपूर्वक निवेदन दिनुपर्नेछ । २. ठाउँसारीका लागि निवेदन दिँदा देहाय बमोजिमका कागजातहरू संलग्न हुनुपर्नेछः औ साविकको इजाजतपत्रको सक्कल प्रति।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.