आर्थिक ऐन आर्थिक वर्ष २०८३।०८४
Summary
प्रस्तावना : राजापुर नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यन्वयन गर्नको निमित्त स्थानिय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वान्छनीय भएकोले, नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम राजापुर नगर सभाले यो ऐन बनाएको छ। संक्षिप्त…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bf5683a4-e3c5-4210-bbd2-0edab64e261f.pdfPDF · 31 pages · 899 KBOpen
Key details
- Organization
- Rajapur Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
“कृषि शिक्षा; The, sa, भौतिक पूर्वाधार समावेशी र यमुद्ध राजापुरको सूल आधार” राजापुर नगरपालिकाको आर्थिक वर्ष २०८३/००४ को आर्थिक ऐन, २०८३ राजापुर नगरपालिका नगरकार्यपालिकाको कार्यालय राजापुर ,बर्दिया लुम्बिनी, प्रदेश नेपाल राजापुर नगरपालिकाको अर्थ सम्वन्धी प्रस्तावलाई कार्य गर्न बनेको ऐन, २०८३ सभाबाट स्वीकृत मिति : २०८३०३११ प्रमाणिकरण मिति : २०८३०३।२२ प्रस्तावना : राजापुर नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यन्वयन गर्नको निमित्त स्थानिय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वान्छनीय भएकोले, नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम राजापुर नगर सभाले यो ऐन बनाएको छ। १. संक्षिप्त नाम र प्ररम्भ: (१) यस ऐनको नाम आर्थिक ऐन, २०८३ रहेको छ। (र) यो ऐन २०८३ साल श्रावण १ गते देखि राजापुर नगरपालिका क्षेत्रमा लागू हुने छ। सम्पत्ति कर :- राजापुर नगरपालिकाको क्षेत्रभित्र अनुसूचि - १ बमोजिम सम्पत्ति कर लगाइने छ र असुल उपर गरिनेछ तर सरकारी कार्यालयको स्वामित्वमा रहेका सम्पतिको हकमा यो ऐन आकर्षित हुने छैन । भूमिकर (मालपोत) : राजापुर नगरपालिका क्षेत्रभित्रको कृषि योग्य जग्गामा त्यस्तो जग्गाको उपयोगको आधारमा अनुसूची - २ बमोजिम भूमिकर (मालपोत) लगाईनेछ र असुल उपर गरिने छ तर सरकारी कार्यालयको स्वामित्वमा रहेका जग्गाको हकमा यो ऐन आकर्षित हुने छैन । घर जग्गा वहाल कर: राजापुर नगरपालिका क्षेत्रभित्रको कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छाप्रा, कारखाना जग्गा वा पोखरी पूरै वा आंशिक तवरले वहालमा दिएकोमा अनुसूची-३ बमोजिम घर जग्गा बहाल कर लगाईनेछ र असुल उपर गरिने छ। व्यवसाय कर: राजापुर नगरपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोवारका आधारमा अनुसूची-४ बमोजिम व्यवसाय कर लगाईने छर असुल उपर गरिने छ । बहाल बिदौरी शुल्क: राजापुर नगरपालिका क्षेत्रभित्र आफैले निर्माण, रेखदेख वा सञ्चालन गरेका हाट बजार वा पसलमा अनूसुची-५ मा उल्लेख भए अनुसार बहाल बिटौरी शुल्क लगाइनेछ र असुल उपर गरिने छ। पार्किङ्ग शुल्क: राजापुर नगरपालिका क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ्ग सुविधा उपलब्ध गराए बापत अनुसूची-६ बमोजिम पार्किङ्ग शुल्क लगाइने र असुल उपर गरिने छ। जडिबुटी, कवाडी र जिवजन्तु कर :- राजापुर नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले कन, खोटो, जडिबुटी, बन्कस, वेत, कवाडी माल प्रचलित कानून बमोजिम निषेधित बाहेकका अन्य मृत वा मारिएका जिवजन्तुको हाड, fas, प्वाँख, छाला वा यस्तै १०. ११. १२. १२३. १४. १५. १६. १७. qc. १९. प्रकृतिको व्यवसाय गरे वपत अनुसूची-७ वमोजम शुल्क लगाइनेछ र असुल उपर गरिनेछ । सरसफाई शुल्क: नगरपालिका क्षेत्र भित्र कुनै व्यक्ति वा संस्थाले सञ्चालन गरेको घर, दुकान, मेडिकल, होटल, सञ्चालन गरेमा अनुसूची-८ बमोजिम सरसफाई शुल्क लगाईने र असूल उपर गरिने छ। सेवा शुल्क दस्तुर; नगरपालिकाले निर्माण, सञ्चालन वा व्यवस्थापन गरेका स्थानीय पूर्वाधार र उपलव्ध गराईएको सेवामा सेवाग्राहीबाट अनुसूची-९ मा व्यवस्था भए अनुसार शुल्क लगाईनेछ र असुल उपर गरिनेछ । नक्सा पास तथा अभिलेखिकरण दस्तुर : नगरपालिका क्षेत्रभित्र निमार्ण हुने घर तथा यस्तै संरचनाहरुको घर नक्सा पास तथा पुराना घरहरुको अभिलेखीकरण गर्दा अनुसूची-१० बमोजिम घर नक्सा पास दस्तुर लगाईनेछ र असुल उपर गरिने छ। सिफारिस तथा मूल्यांकन दस्तुर: नगरपालिकाले गर्ने विभिन्न सिफारिस तथा सम्पत्ति मूल्यांकन बापत अनुसूची-११ बमोजिम सिफारिस तथा मूल्यांकन दस्तुर लगाईनेछ र असुल उपर गरिने छ । घाटउत्राही दररेट :- राजापुर नगरपालिकाको घाटहरुमा लगाईने घाटउत्रार्ही दररेट अनुसूची-१२ बमोजिम लगाईनेछ र असुल उपर गरिनेछ । बिज्ञापन कर: नगरपालिका क्षेत्रभित्रमा कुनै सार्वजनिक जग्गामा होडिङ्ग बोर्ड, साईनवोर्ड, पम्पेलेट, पोष्टर, भित्ते लेखन आदि विज्ञापनमा अनुसूची-१३ बमोजिम विज्ञापन कर लगाइनेछ र असुल उपर गरिने छ। सवारी सधान कर :- टाँगा, रिक्सा , अटोरिक्सा, ई रिक्सा (ठुला सवारी साधन बाहेक) कर अनुसूचि-१४ बमोजिम असुल उपर गरिने छ। पर्यटन शुल्क : राजापुर नगरपालिकाभित्र रहेको उद्यान, पार्क, चिडियाखाना, ऐतिहासिक तथा पुरातात्विक सम्पदा, संग्राहलय जस्ता प्रवेश शूल्क अनुसूची-१५ बमोजिम लगाईनेछ र असुल उपर गरिनेछ । मनोरञ्जन कर: प्रदेश सरकारको दररेट अनुसार अनुसुचि-१६ बमोजिम राजापुर नगरपालिका भित्र असुल उपर गरिनेछ । विकी शुल्क :राजापुर नगरपालिका क्षेत्रभित्र वातावरणिय प्रभाव मूल्याङ्क तथा प्रारम्भिक वातावरणीय परिक्षणबाट तोकिएको परिमाणमा स्लेट, ढुङ्गा, गिट्टी, बालुवा खरिढुङ्गा, अभ्रक, दहत्तर बहत्तर प्राकृतिक स्रोत करको दर प्रकृया प्रदेश सरकारले निर्धारण गरे बमोजिम अनुसुचि-१७ अनुसार असुल उपर गरीनेछ । सामुदायिक वन बाट आय :- यस राजापुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक वन बाट वन पैदावारको विकीबाट प्राप्त हुने रकमको १०% रकम नगरपालिकाले प्राप्त गर्नेछ । २०. घर जग्गाको रजिष्ट्रेशन शुल्क :- प्रदेश सरकारले निर्धारण गरेको दररेट बमोजिम मालपोत कार्यालयबाट संकलित कुल रकमबाट निर्धारित ६०% प्रतिशतको आधारमा आय प्राप्त गर्नेछ । २१. कर छुट: यस ऐन बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थालाई कुनै पनि किसिमको कर छुट दिईने छैन । २२. कर तथा शुल्क संकलन सम्वन्धी कार्यविधि: यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्वन्धी कार्यविधि नगर कार्यपालिकाले निर्धारण गरे अनुसार हुनेछ । साविक देखि लाग्दै आएका तर यस ऐनका अनुसूचीहरुमा उल्लेख हुन छुट भएका कर तथा शुल्कका हकमा साबिकको दरमा कर तथा शुल्क असुल उपर गरिने छ।