प्रेस विज्ञप्ति

Summary
हेलिकप्टर दुर्घटना सम्बन्धमा | आज मिति २०८३ साल कात्तिक १७ गते बिहान सोलुखुम्बु जिल्लाको फेरिचे' क्षेत्रमा अवतरण गर्ने क्रममा एयर डाइनेस्टीको नाइन एन-एओडी (ON-AOD) र फिस्टेल एयरको नाइन एन-एजेआर (ON-AIR) हेलिकप्टरहरू दुर्घटना भएको घटनाप्रति नेपाल नागरिक उड्डयन प्राधिकरण गहिरो दुःख व्यक्त गर्दछ।…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1d1b995a-f408-44e4-bac4-18b5fe1293ac.jpegJPEG · 1236×1600 · 367 KBOpen
Key details
- Organization
- Civil Aviation Authority of Nepal
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
फोन : ९७७-१-५३६२४१६, ५३६२५१८ फोन : ९७७-०१-५७१८०००/५७१८०३० : ८८ $ 24 चिके pies ete बबरमहल फ्याक्स : ९७७-०१-५७१८०२२ सिनामंगल फ्याक्स : ९ ३६२५१६ Aol AX ईमेल : [email protected] / aan & | नेपाल नागहिर्दुदढेद्डयन प्राधिकरण Gani Tare बार्गहुदेहुडइयन प्राधिकर = प्रधान scien क तम ; नेपाल । ¥ प.सं.: मितिः हेलिकप्टर दुर्घटना सम्बन्धमा | आज मिति २०८३ साल कात्तिक १७ गते बिहान सोलुखुम्बु जिल्लाको फेरिचे' क्षेत्रमा अवतरण गर्ने क्रममा एयर डाइनेस्टीको नाइन एन-एओडी (ON-AOD) र फिस्टेल एयरको नाइन एन-एजेआर (ON-AIR) हेलिकप्टरहरू दुर्घटना भएको घटनाप्रति नेपाल नागरिक उड्डयन प्राधिकरण गहिरो दुःख व्यक्त गर्दछ। नेपाली समयअनुसार बिहान ८:१२ बजे भएको उक्त दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार दुई विदेशी नागरिकमध्ये भारतको तमिलनाडु राज्य, चेन्नई निवासी अन्दाजी ४७ वर्षीय श्री वसन्तकुमार बलरामुडुको निधन भएको जानकारी प्राप्त भएको छ। घाइतेहरूलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा ल्याई उपचारार्थ भर्ना गरिसकिएको र मृतकको शव व्यवस्थापनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। यस दुर्घटनाको सम्बन्धमा प्राधिकरणबाट आवश्यक छानविन प्रारम्भ भईसकेको र त्यसबाट प्राप्त तथ्य, ar तथा. निष्कर्षका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही एवं सुधारात्मक उपायहरू अवलम्बन गरिने व्यहोरा सम्वन्धित सवैमा अनुरोध छ। यस दुःखद घटनामा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तहरूमा प्राधिकरण हार्दिक समवेदना व्यक्त गर्दछ । साथै दुर्घटनामा घाइते हुनुभएका न्यूजिल्याण्डका नागरिक श्री शैलेस किसन पटेल तथा सम्बन्धित हेलिकप्टरका पाइलटहरुको शीघ्र स्वास्थ्यलाभको समेत कामना गर्दछ। ९९८ fue बिक्रम राज गौतम GL प्रवक्ता नेपाल नागरिक उड्डयन प्राधिकरण २०८३/०७/१७