केदारस्युँ गाउँपालिकाकाे आर्थिक ऐन,२०८३
Summary
केदारस्युँ गाउँपालिकाको आर्थिक वर्ष २०८३।०८४ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम केदारस्युँ गाउँ सभाले यो ऐन बनाएको छ | १. संक्षिप्त…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3546d919-60b5-4c1b-a846-201ff8c70d72.pdfPDF · 25 pages · 935 KBOpen
Key details
- Organization
- Kedarsyun Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
खण्डः९ संख्या:१ मितिः २०८३।१०।११ केदारस्युँ गाउँपालिका स्थानीय राजपत्र खण्डः९ संख्याः१ मितिः:२०८३।०३।११ भाग: १ केदारस्युँ गाउँपालिकाको आर्थिक ऐन, २०८३ गाउँसभाबाट पारित मितिः २०८३।०३।१० प्रस्तावना: केदारस्युँ गाउँपालिकाको आर्थिक वर्ष २०८३।०८४ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम केदारस्युँ गाउँ सभाले यो ऐन बनाएको छ | १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “आर्थिक ऐन, २०८३” रहेको छ। २) यो ऐन २०८२ साल श्रावण १ गतेदेखि केदारस्युँ गाउँपालिका क्षेत्रमा लागू हुनेछ | २. सम्पत्ति करः(१) गाउँपालिका क्षेत्रभित्र अनुसूचि (१) बमोजिम एकिकृत सम्पत्ति कर/घरजग्गा कर लगाइने र असूल उपर गरिनेछ । ३. भूमि कर (मालपोत): (१) गाउँपालिका क्षेत्रभित्र अनुसूचि (२) बमोजिम भूमि कर (मालपोत) लगाइने र असूल उपर गरिनेछ। खण्डः९ संख्या:१ मितिः २०८३।१०।११ ४. घर वहाल करः (१) गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पूरै वा आंशिक तवरले वहालमा दिएकोमा अनुसूचि (३) बमोजिम घर जग्गा वहाल कर लगाइने र असूल उपर गरिनेछ | ५,व्यवसाय करः (१) गाउँपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजिगत लगानी र आर्थिक कारोवारका आधारमा अनुसूचि (४) बमोजिम कर लगाइने र असूल उपर गरिनेछ | ६. जडिबुटी, कवाडी र जीवजन्तु करः (१) गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले कन, खोटो, जडिबुटी, वनकस, कवाडी माल र प्रचलित कानुनले निषेध गरेको जीवजन्तु वाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिङ, प्वाँख, छाला जस्ता बस्तुको व्यवसायिक कारोवार गरेवापत अनुसूचि (५) बमोजिमको कर लगाइने र असूल उपर गरिनेछ | ७. सवारी साधन करः (१) गाउँपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधनमा अनुसूचि (६) बमोजिम सवारी साधन कर लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानुन स्वीकृत भई सो कानुनमा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ | ८. विज्ञापन ome: (१) गाउँपालिका क्षेत्रभित्र हुने विज्ञापनमा अनुसूचि (७) बमोजिम विज्ञापन कर लगाइने र असूल उपर गरिनेछ | तर, प्रदेश कानुन स्वीकृत भई सो कानुनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ। ९. मनोरन्जन करः (१) गाउँपालिका क्षेत्रभित्र हुने मनोरन्जन व्यवसाय सेवामा अनुसूचि (८) बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानुन स्वीकृत भई सो कानुनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ | १०. पार्किङ शुल्कः (१) गाउँपालिका क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ उपलब्ध गराए बापत अनुसूचि (९) बमोजिम पार्किङ शुल्क लगाइने र असूल उपर गरिनेछ | ११. ट्रेकिङ, कोयोकिड, क्यानोइङ्ग, बन्जी जम्पिङ्ग, जिपफ्लायर र च्याफ्टीङ्ग शुल्कः (१) गाउँपालिकाले आफो क्षेत्रभित्र ट्रेकिङ, कोयोकिड, क्यानोइङ्ग, बन्जी जम्पिङ्ग, जिपफ्लायर र श्र्याफ्टीङूग सेवा वा व्यवसाय संचालन गरेवापत अनुसूचि (१०) बमोजिम शुल्क लगाइने र असूल उपर गरिनेछ | १२. पर्यटन शुल्कः (१) गाउँपालिकाले आफ क्षेत्रभित्र प्रवेश गर्ने पर्यटकहरुबाट अनुसूचि (११) मा उल्लिखित दरमा पर्यटन शुल्क लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानुन स्वीकृत भई सो कानुनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ । १३. सेवा शुल्क, दस्तुरः (१) गाउँपालिकाले निर्माण, संचालन वा व्यवस्थापन गरेका अनुसूचि (१२) मा उल्लिखित स्थानीय पूर्वाधार र उपलब्ध गराइएको सेवामा सेवाग्राहीबाट सोही अनुसूचिमा व्यवस्था भए अनुसार शुल्क लगाइने र असूल उपर गरिनेछ | १४. बहाल बिटौरी शुल्क: (१) गाउँपालिका क्षेत्रभित्र हुने आफूले निर्माण, रेखदेख वा संचालन गरेका अनुसूचि (१३) मा उल्लेख भए अनुसार हाट बजार वा पसलमा सोही अनुसूचिमा भएको व्यवस्था अनुसार बहाल विटौरी शुल्क लगाइने र असूल उपर गरिनेछ ।