Notice Park
Advertisement Board
Vacancy

२०८३ असोज महिनाको विलसहितका कागजात पेश गर्न र कार्तिक महिनामा प्रकाशन गर्न लोककल्याणकारी विज्ञापन पठाइएको सम्बन्धमा ।

17days left
Deadline 22 Nov 2026

Summary

विषयः २०८३ असोज महिनाको विलसहितका कागजात पेश गर्ने र कार्तिक महिनामा प्रकाशन गर्ने लोककल्याणकारी विज्ञापन पठाइएको सम्बन्धमा | श्री सम्पादक/प्रकाशकज्यू आ.व. २०७९/०८० को पत्रपत्रिका वर्गीकरण पुनरावलोकन सहितको अन्तिम नतिजासम्बन्धी प्रतिवेदन, २०८२ मा समावेश भएका पत्रपत्रिकाहरु (सबै) |

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Advertisement Board
Industry
Gov. Authority/Autonomo. Body
Category
Vacancy
Published
Fiscal year
FY 2079/80
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

about:blank © नेपाल सरकार बिज्ञापन बोर्ड बबरमहल, काठमाडौं OM. :- ०८३%८४ च.नं. = १३९ मिति :- वि.सं. २०८३/०६/२७ ने.स. ;- ११४६ कौलाथ्व,३ मङ्गलवार विषयः २०८३ असोज महिनाको विलसहितका कागजात पेश गर्ने र कार्तिक महिनामा प्रकाशन गर्ने लोककल्याणकारी विज्ञापन पठाइएको सम्बन्धमा | श्री सम्पादक/प्रकाशकज्यू आ.व. २०७९/०८० को पत्रपत्रिका वर्गीकरण पुनरावलोकन सहितको अन्तिम नतिजासम्बन्धी प्रतिवेदन, २०८२ मा समावेश भएका पत्रपत्रिकाहरु (सबै) | बिज्ञापन (नियमन गर्ने) ऐन २०७६ को दफा ३२, बिज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को नियम ६, 'छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी कार्यविधि, २०८२ (दोस्रो संशोधन, २०८३ समेत) को दफा ८(२) बमोजिम छापामाध्यमबाट लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने प्रयोजनको लागि आ.व. २०७९/०८० को पत्रपत्रिका वर्गीकरण पुनरावलोकन सहितको अन्तिम नतिजासम्बन्धी प्रतिवेदन, २०८२ मा परेका पत्रपत्रिकाले २०८३ साल कार्तिक महिनामा प्रकाशन गर्नका लागि लोककल्याणकारी विज्ञापन संलग्न गरी पठाइएको छ। बोर्डबाट उपलब्ध गराइएको लोककल्याणकारी विज्ञापन प्रकाशन छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी कार्यविधि, २०८२ (दोस्रो संशोधन, २०८३ समेत) र देहाय बमोजिम गर्नु/गराउनु हुन निर्णयानुसार अनुरोध छ। era: १. छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी कार्यविधि, २०८२ (दोस्रो संशोधन, २०८३ समेत) को दफा १४ मा लोककल्याणकारी विज्ञापन प्रकाशित गरेको महिनाको पत्रपत्रिका र विल अर्को महिनाको सात गतेभित्र बोर्ड/सम्बन्धित हुलाक कार्यालयमा दर्ता गराउनु पर्ने व्यवस्था रहेकोमा २०८३ असोज ३१ गतेदेखि कार्तिक ८ गतेसम्म बडादशैंको सार्वजनिक विदा परेकोले २०८३ असोज महिनामा लोककल्याणकारी विज्ञापन प्रकाशित गरेका पत्रपत्रिकाले विलसहितका कागजात २०८३ _ कार्तिक १६ गतेसम्म बोर्ड/सम्बन्धित हुलाक कार्यालयमा पेश गर्नु हुन। २. सूचना तथा सञ्चार मन्त्रालयको च.नं. प्रेस/८३६, मिति २०८३/०६/१५ गतेको पत्रबाट छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धी कार्यविधि, २०८२ को दफा १ को उपदफा (२) को सट्टा "यो कार्यविधि २०८३ कार्तिक एक गतेदेखि लागु हुनेछ" भन्ने वाक्याशं राखे गरी मिति २०८३/०६/१४ गते निर्णय भएको जानकारी तथा प्रमाणित प्रति प्राप्त भएकोले २०८३ कार्तिक महिनामा लोककल्याणकारी विज्ञापन प्रकाशन, इमेलः [email protected] फोन नं: "९७७ ०१५९०९३४४ वेबसाइटः hutps://adboard.gov.np/ 1/2 about:blank © नेपाल सरकार बिज्ञापन बोर्ड बबरमहल, काठमाडौं सोको मासिक दररेट, भुक्तानी र सोसम्बन्धी अन्य व्यवस्था छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धी कार्यविधि, २०८२ (दोस्रो संशोधन, २०८३ समेत) मा उल्लेख भए अनुसार गर्नु हुन। . ऐ. कार्यविधि (दोस्रो संशोधन, २०८३ समेत) ले लोककल्याणकारी विज्ञापन प्रकाशन गर्न विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण भएको हुनु पर्ने व्यवस्था गरेको हुँदा पत्रपत्रिकाले भुक्तानी माग गरको समयममा विल बीजकसँंगै चालु आ.व. मा विज्ञापन बोर्डमा सूचीकरण/नवीकरण भएको प्रमाणपत्र समेत अनिवार्य पेश गर्नु हुन। . कार्तिक महिनामा लोककल्याणकारी विज्ञापन प्रकाशन गरेका पत्रपत्रिकालाई २०८३ मंसिर ७ गतेसम्म विज्ञापन बोर्डमा सूचीकरण/नवीकरण भए मात्र भुक्तानी हुने। सूचीकरण/नवीकरण नभएका पत्रपत्रिकालाई भुक्तानी नहुने | . ऐ. कार्यविधि (दोस्रो संशोधन, २०८३ समेत) ले पत्रपत्रिका वर्गीकरणमा परेको स्तर (alae, प्रदेशस्तर र स्थानीयस्तर), प्रकार (दैनिक, अर्ध साप्ताहिक/साप्ताहिक, पाक्षिक, मासिक/त्रैमासिक/व्रैमासिक) र बर्ग (क, ख, गर घ) अनुसार फरक/फरक मासिक दर कायम गरेकोले सोही बमोजिम विल बीजक पेश गर्नु हुन। . ऐ. कार्यविधिको (पहिलो संशोधन समेत) दफा ११ बमोजिमको आकार र अङ्कमा विज्ञापन प्रकाशन गर्नु हुन। . ऐ. कार्यविधि (दोस्रो संशोधन, २०८३ समेत) ले एउटा स्थायी लेखा नम्बरबाट एक भन्दा बढी पत्रपत्रिका सञ्चालन/प्रकाशन भएको भए एकमात्र पत्रिकालाई लोककल्याणकारी विज्ञापन प्रकाशन वापतको रकम भुक्तानी गर्ने व्यवस्था गरेकोले यस कानूनी व्यवस्था अनुसार मात्र भुक्तानी माग गर्नु हुन। . पत्रसाथ उपलब्ध गराइएका विज्ञापनहरु २०८३ साल कार्तिक महिनाको लागि भएकोले सोही महिनामा मात्र प्रकाशित गर्नु हुन। ९, लोककल्याणकारी विज्ञापन प्रकाशन गर्दा फरक फरक अंकमा नदोहोच्याई फरक फरक विज्ञापन प्रकाशन गर्नु हुन। qo dara मनाउँदा ध्यान दिऔं शिर्षकको लोककल्याणकारी विज्ञापन बडादशैं पछि र तिहार अघि मात्र प्रकाशित गर्नु हुन। 49.2063 कार्तिक महिनाको लोककल्याणकारी विज्ञापन प्रकाशन गरिएका पत्रिका, सोको विल २०८३ मंसिर ७ गतेभित्र अनिवार्य रुपमा बोर्ड/सम्बन्धित हुलाक कार्यालयमा भुक्तानीको लागि पेश गर्नु हुन। प्रमाणित डिजिटल हस्ताक्षर गर्ने व्यक्ति Dilli Ram Subedi [email protected] (डिल्ली राम सुवेदी) शाखा अधिकृत बोधार्थ/कार्यार्थः श्री हुलाक निर्देशनालय (सबै) श्री जिल्ला हुलाक कार्यालय (सम्बन्धित सबै) (उल्लेखित व्यवस्था अनुरुप गर्नु/गराउनु हुन। ) इमेलः [email protected] फोन नं: "९७७ ०१५९०९३४४ वेबसाइटः hutps://adboard.gov.np/ 212.

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

17days left
Deadline 22 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.