विज्ञापन बाेर्डको अध्यक्षको रुपमा श्री सन्तोष श्रेष्ठज्यूलाई स्वागत गरियो ।
Summary
विषयः पत्रपत्रिका, विज्ञापन एजेन्सी तथा अन्य सञ्चारमाध्यमको सूचीकरण तथा नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना। विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा २६ को उपदफा (१) मा विज्ञापन कारोबार गर्ने सञ्चारमाध्यम तथा विज्ञापन एजेन्सी तोकिए बमोजिमको विवरण दाखिला गरी बोर्डमा सूचीकृत हुनुपर्ने, उपदफा (२) मा यो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- db76ea19-45a7-4174-a29b-0be3352d64c4.pdfPDF · 1 page · 408 KBOpen
- b875d4f4-6972-4b0e-96fc-ac349a2e88ca.pdfPDF · 1 page · 346 KBOpen
Key details
- Organization
- Advertisement Board
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2079/80
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
db76ea19-45a7-4174-a29b-0be3352d64c4.pdf
about:blank नेपाल सरकार विज्ञापन बोर्ड बबरमहल, काठमाडौं प.सं. :- ०८३%८४ चन. 63 मिति :- वि.सं. 2053/04/44 ने.स. :- ११४६ गुंलागा,३ सोमवार विषयः पत्रपत्रिका, विज्ञापन एजेन्सी तथा अन्य सञ्चारमाध्यमको सूचीकरण तथा नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना। विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा २६ को उपदफा (१) मा विज्ञापन कारोबार गर्ने सञ्चारमाध्यम तथा विज्ञापन एजेन्सी तोकिए बमोजिमको विवरण दाखिला गरी बोर्डमा सूचीकृत हुनुपर्ने, उपदफा (२) मा यो दफा प्रारम्भ हुँदाका बखत कायम रहेका विज्ञापन कारोबार गर्ने सञ्चारमाध्यम यो दफा प्रारम्भ भएको मितिले एक वर्ष भित्र उपदफा (१) बमोजिम सूचीकृत हुनुपर्ने भनी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ को दफा ७१ को उपदफा (४) बाट संशोधन भएको हुँदा सोही संशोधित व्यवस्था तथा विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को नियम ४ (क) तथा नियम ११ बमोजिम विज्ञापनको कारोवार गर्ने विज्ञापन एजेन्सी, छापा, विद्युतीय, अनलाइन सञ्चारमाध्यमहरु विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण गर्न/गराउन, सूचीकरण तथा नवीकरण नगरी विज्ञापनको कारोबार गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने साथै, आ.ब. २०८३/०८४ बाट बोर्डमा सूचीकरण तथा नवीकरण नगरी बोर्डले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकाहरुलाई सो बापतको रकम भुक्तानी नहुने भनी यस बोर्डबाट च.नं. ६२७ मिति 2003/03/08 गते सूचना प्रकाशित गरी जानकारी गराइएको सोही व्यहोरा पुनः अनुरोध छ। आ.व. २०७९/०८० को पत्रपत्रिका वर्गीकरण पुनरावलोकनसहितको अन्तिम नतिजासम्बन्धी प्रतिवेदन, २०८२ मा परेका बिभिन्न स्तर, प्रकार र वर्गका ८७९ वटा पत्रपत्रिकामध्ये अधिकांश पत्रपत्रिका सूचीकरण तथा नवीकरण हुन बाँकी रहेकोले यथासिघ्र सूचीकरण तथा नवीकरण हुन र सो नभएका कारण लोककल्याणकारी विज्ञापन प्रकाशनबापतको रकम भुक्तानी नभए पत्रपत्रिका स्वयम् जवाफदेही हुने व्यहोरा निर्णयानुसार अनुरोध छ। सूचीकरण तथा नवीकरण विज्ञापन बोर्डको वेबसाइट https://ams.adboard.gov.np/#/login मा रहेको अनलाइन दर्ता प्रणाली मार्फत गर्न सकिने व्यहोरा जानकारी गराईन्छ। कुनै समस्या परे ०१-५९०९२४४/५९०९३४४ मा सम्पर्क गर्नुहुन तथा बोर्डको फेसबुक पेजमा रहेको ट्युटोरियल/भिडियो हेर्नु हुन समेत अनुरोध छ। प्रमाणित डिजिटल हस्ताक्षर गर्ने व्यक्ति Dilli Ram Subedi [email protected] (डिल्ली राम सुवेदी) शाखा अधिकृत इमेलः [email protected] फोन A: "९७७ ०१५९०९३४४ वेबसाइट: hutps://adboard.gov.np/ 171
b875d4f4-6972-4b0e-96fc-ac349a2e88ca.pdf
& नेपाल सरकार विज्ञापन बोर्ड बबरमहल, काठमाडौं Ua. :- ०८३%८४ च.नं. :- १९ मिति :- बि.सं. २०८३/०४%११ AR :- ११४६ दिल्लाथ्व,१३ सोमवार विषय: विज्ञापन सामग्री परीक्षण सम्बन्धी अत्यन्त जरुरी सूचना विज्ञापन बोर्डबाट स्वीकृति प्राप्त नगरी विभिन्न सञ्चारमाध्यममार्फत श्रव्य, दृश्य तथा श्रव्यदृश्य बिज्ञापन सामग्री प्रसारण भइरहेको, विज्ञापन सामग्रीमा विज्ञापनकर्ताको नाम, ठेगाना, चेतावनीमूलक सन्देश लगायतका आवश्यक विवरण उल्लेख नगरिएको, तथ्यहीन, अतिरञ्जित र उपभोक्तालाई भ्रममा पार्ने उद्देश्यले प्रचलित कानूनले निषेध गरेका विषयवस्तु समावेश गरी विज्ञापन प्रसारण गरिएको पाइएको छ। विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ को खण्ड (ख) र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को नियम ५ को व्यवस्था कार्यान्वयन गर्ने क्षेत्राधिकार विज्ञापन बोर्डमा रहेको तथा सोहीबमोजिम विज्ञापन प्रसारण सामग्री परीक्षण सम्बन्धी मापदण्ड, २०७८ (पहिलो संशोधन, २०८०) बोर्डबाट स्वीकृत भई कार्यान्वयनमा रहेको छ। उल्लिखित कानूनी व्यवस्था बमोजिम नेपालमा प्रसारण हुने श्रव्य, दृश्य वा श्रव्यदृश्य विज्ञापन सामग्रीलाई नेपालभित्र प्रसारण गर्नु पूर्व विज्ञापन बोर्डबाट परीक्षण गराइ विज्ञापन सामग्री प्रसारण अनुमति प्राप्त गरेपछि मात्र प्रसारण गर्न/ गराउन तथा हालसम्म विज्ञापन बोर्डबाट परीक्षण नगराइ प्रसारण भइरहेका विज्ञापन सामग्री तत्काल परीक्षण गराइ कानूनी प्रक्रिया पूरा गर्न एवम् कानून बिपरीत रहेका विज्ञापन सामग्री अविलम्ब हटाउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै, कानूनी व्यवस्था विपरीत विज्ञापन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही भई जाने बेहोरा समेत जानकारी गराइन्छ। प्रमाणित डिजिटल हस्ताक्षर गर्ने व्यक्ति Devi Pandey Khatri [email protected] (देवी पाण्डे (खत्री)) प्रमुख प्रशासकीय अधिकृत इमेलः [email protected] फोन A: ९७७ ०१५९०९३४४ वेबसाइटः https: //adboard.gov.np/