नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
Summary
fava: आरोपपत्र दायर गरिएको | नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज सुबिन्द्र श्रेष्ठको सुरू नियुक्ति भएको मिति २०५३/०४/२७ गतेदेखि मिति…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c02dc92a-6c02-42b2-bdac-1e14d3e5dd70.pdfPDF · 2 pages · 400 KBOpen
Key details
- Organization
- Commission for the Investigation of Abuse of Authority (CIAA)
- Industry
- Commission
- Category
- Press Release
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
iS) अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल) काठमाडौं प्रेस विज्ञप्ति fava: आरोपपत्र दायर गरिएको | मितिः २०८३।०६।१५ TAI नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज सुबिन्द्र श्रेष्ठको सुरू नियुक्ति भएको मिति २०५३/०४/२७ गतेदेखि मिति २०८१/१२/२९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी निज तथा निजको एकाघर परिवार/सगोलमा रहेका व्यक्तिहरूको आम्दानी तथा खर्चको गणना गरी विश्लेषण गर्दा निज सुबिन्द्र श्रेष्ठले जाँच अवधिमा वैधानिक आय आर्जनका स्रोतहरूमा सार्वजनिक सेवाबाट प्राप्त गरेको पारिश्रमिक/तलब बचत वापतको रकम, भत्ता वापत प्राप्त बचत रकम, जग्गा बिक्रीबाट प्राप्त आय, निजको छोरीले प्राप्त गरेको पारिश्रमिक आय, ae सापटी लिएको/फिर्ता पाएको रकम, घर तथा जग्गा बहालबाट प्राप्त आय, सवारी साधन बिक्रीबाट प्राप्त आय, बीमा परिपक्व भएबाट प्राप्त रकम, व्यक्तिहरूबाट विभिन्न प्रयोजनका लागि बैंक खातामा प्राप्त भएको भुक्तानी रकम र बैंक तथा वित्तीय संस्थाहरूमा रहेको खातामा भएको मौज्दातमा करक्ट्री पश्चात प्राप्त व्याज आयसमेत गरी निज तथा निजका एकाघर परिवारका सदस्यहरूले जाँच अवधिमा वैधानिक रूपमा कूल रू.७७५,७८,८५४०/८७ (सात करोड पचहत्तर लाख अठहत्तर हजार आठ सय चालीस रूपैयाँ सतासी पैसा) आय आर्जन गरेको, यसैगरी सोही जाँच अवधिमा निज तथा निजका एकाघर परिवारका सदस्यहरूको व्ययतर्फ जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारी साधन खरिद, निजको छोरीहरूको अध्ययन खर्च, कर्मचारी सञ्चयकोषको तथा व्यक्तिगत ser सापटी तिरेको/दिएको रकम र आफ्नो तथा एकाघर परिवारका सदस्यहरूको नाममा रहेको बैंक खातामा भएको मौज्दातसमेत गरी कूल रू.१२,५०,२५,६५४/३६ (बाह्र करोड पचास लाख पच्चीस हजार छ सय चौषन्न रूपैयाँ छत्तिस पैसा) व्यय (खर्च तथा लगानी समेत) गरेको देखिँदा निजको जाँच अवधिको क्ल/समग्र आयबाट सोही अवधिको कूल व्यय घटाउँदा रू.४,७४,४६,८१३/४९ (चार करोड चौरहत्तर लाख छयालीस हजार आठ सय तेह्र रूपैया उनन्पचास पैसा) ले कूल वैधानिक आय भन्दा कूल व्यय अधिक हुन गई स्रोत पुष्टि भएको नदेखिएकोबाट निजले यस आयोगमा पेस गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वभाविक देखिनुका साथै प्रचलित कानुन बमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारी सुबिन्द्र श्रेष्ठको सरकारी/सार्वजनिक पदमा बहाल रहँदाका बखत निज र निजको एकासगोलको परिवारका सदस्यको वैधानिक आम्दानीको स्रोतको अनुपातमा अमिल्दो आर्थिक साधन वा सम्पत्ति भएको पुष्टि हुन आएकोले निजले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमतीको नाममा समेत रहेकोले निज सुनबिन्द्र श्रेष्ठ र निजको श्रीमती कमला श्रेष्ठउपर देहायको कसुरमा देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। देहायः wa नामथर पद र कार्यालय बिगो रू. कसुर तथा सजायको मागदाबी १. नापी कार्यालय | रू.४,७४,४६,८१३/४९ | साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र हाल कलंकी, काठमाडौंका प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपदफा (१) मा परिभाषित एवम् निषेधित गरिए बमोजिमको कसुर गरेको पुष्टि भएकोले बिगो चार करोड चौरहत्तर लाख Baie हजार आठ सय तेह्र रूपैयाँ उनन्पचास पैसा कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३, दफा २९ को उपदफा (२) र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र बिगोबमोजिम जरिवाना गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा १६ग. र दफा २९ को उपदफा (१) तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत हुन एवम् वास्तविक सम्पत्ति भन्दा बढाई र रहेको सम्पत्ति लुकाई छिपाई झुट्टा विवरण दिएको तथ्य पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी यसरी लुकाई छिपाई राखिएको सम्पत्ति जफत हुनसमेत मागदाबी लिइएको छ। प्रतिवादी सुबिन्द्र श्रेष्ठको श्रीमती कमला श्रेष्ठको हकमा निज सुनिन्द्र श्रेष्ठले सार्वजनिक सेवाको पदमा रहेर भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरूबाट निजको श्रीमतीको एकल तथा संयुक्त नाममा खरिद गरिएका सम्पत्तिहरू जफत गर्ने प्रयोजनार्थ मात्र साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग., दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२), ऐ. ऐनको दफा २० को उपदफा (२), ऐ. ऐनको दफा ४७, अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. समेतका प्रचलित कानुन बमोजिम कमला श्रेष्ठलाई प्रतिवादी कायम गरिएको छ। प्रवक्ता सुरेश न्यौपाने