3 नेपाली महिलाहरूको महान् चाड हरितालिका (तीज) को सुखद् अवसरमा सभामुखज्यूको शुभकामना सूचना 2083-05-29
Summary
नेपाली महिलाहरूको महान् चाड हरितालिका (तीज) को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु। भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाउने यस पर्वको छुट्टै धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ।…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 62ac43e6-2f1e-404c-9003-46e964e3de9f.pdfPDF · 1 page · 445 KBOpen
Key details
- Organization
- Office of the Chief Minister and Council of Ministers, Koshi Province
- Industry
- Province
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
€ सभामुख कोशी प्रदेश सभा, कटहरी, मोरङ, नेपाल शुभकामना नेपाली महिलाहरूको महान् चाड हरितालिका (तीज) को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु। भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाउने यस पर्वको छुट्टै धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ। हिन्दु नेपाली नारीहरूले आफ्नो पति र परिवारजनको निम्ति अटल सौभाग्य तथा समृद्धिका लागि भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने प्रचलन रहेको छ। परापूर्वकालदेखि चलिआएको धार्मिक सहिष्णुताको Pal प्रतिविस्बको रुपमा यो चाड मनाउँदै गरिएको छ। समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्भाव कायम गर्न यस पर्वले महत्त्वपूर्ण भूमिका निभाएको छ। महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले सबै महिला दिदीबहिनीहरुमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने अपेक्षा लिएको छु। हु ८ । अन्त्यमा, हरितालिका (तीज) पर्वले हामी सबैमा खुसी तथा मनोरञ्जन साटासाट गर्दै, सम्पूर्ण महिलाहरूको समान पहुँचलाई अझ सशक्त बनाउँदै सामाजिक सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु । bred. (अम्वर बहादुर विष्ट) ks सभामुख मितिः२०८३ भदौ २९ गते सोमबार