अध्यागमन विभाग सूचना २०८३/०७/१९
Summary
पदयात्रासम्बन्धी कानून उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सी र पथप्रदर्शक (गाइड) उपर कारबाही | नेपालको पर्यटन क्षेत्रलाई सुरक्षित, व्यवस्थित तथा अन्तर्राष्ट्रियस्तरमा विश्वसनीय बनाउने उद्देश्यले बिदेशी पर्यटकहरूको निषेधित क्षेत्रमा हुने पदयात्रा गतिविधिलाई यस बिभागले प्रचलित कानूनबमोजिम नियमन तथा सहजीकरण…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 891477bb-5015-4934-af1c-79563291641d.pdfPDF · 1 page · 904 KBOpen
Key details
- Organization
- Department of Immigration
- Industry
- Department/Divisions
- Category
- Press Release
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार हह२९६५२ गृह मनत्त्रालप फोन: | ४४२९६६० हि ४४३८८६२ अध्याग्रमन विभाग canbe A फयाक्स: ४४३३९३५ 4 reat ४४३३९३४ पत्र संख्या:- ( 009000909000%059009009990% हस 0७००००००७० 009 a eee eeeeereenananee कालिकास्थान, काठमाण्डौ डौ प्राप्त पत्र संख्या र मितिः- ० लि सो 8 Website: www.nepalimmigratoin.gov.np awk ac or, mili : 4 E-mail: mail@ nepalimmigration.gov.np विज्ञप्ति पदयात्रासम्बन्धी कानून उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सी र पथप्रदर्शक (गाइड) उपर कारबाही | नेपालको पर्यटन क्षेत्रलाई सुरक्षित, व्यवस्थित तथा अन्तर्राष्ट्रियस्तरमा विश्वसनीय बनाउने उद्देश्यले बिदेशी पर्यटकहरूको निषेधित क्षेत्रमा हुने पदयात्रा गतिविधिलाई यस बिभागले प्रचलित कानूनबमोजिम नियमन तथा सहजीकरण गर्दै आएको छ। पदयात्राका क्रममा पर्यटकको सुरक्षा, पदयात्रा सम्बन्धी निर्धारण भएका शर्तको पालना तथा निर्देशनको कार्यान्वयन गर्नु सबै ट्रेकिङ एजेन्सी तथा पथप्रदर्शकहरुको दायित्व हो । यस सन्दर्भमा बेल्जियमका दुई जना नागरिकलाई पदयात्रा अनुमति बिना डोल्पोवुद्ध गाउँपालिकातर्फ लैजान खोजिएको र सो क्रममा स्थानीय प्रशासनको निर्देशनसमेत अवज्ञा गरेको भनी जिल्ला प्रशासन कार्यालय, डोल्पाको पत्र यस विभागमा प्राप्त भएको छ। उक्त घटनाको सम्बन्धमा प्राप्त बिवरण तथा अध्ययनबाट सम्बन्धित ट्रेकिङ एजेन्सी Garima Voyage Travels Tours And Treks Pvt. Ltd. ले पदयात्रासम्वन्धी प्रचलित कानूनको पालना गरेको नदेखिएकाले अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम उक्त एजेन्सीलाई रु. ५०,०००/- (पचास हजार रुपैयाँ) जरिवाना गरिएको छ। साथै, घटनामा संलग्न पथप्रदर्शक अस्मिर भण्डारीको व्यावसायिक आचरण तथा पथप्रदर्शक इजाजतपत्र सम्बन्धी विषयमा आवश्यक छानबिन गरी प्रचलित कानूनबमोजिम कारबाही गर्न पर्यटन विभाग तथा बागमती प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, हेटौँडामा लेखी पठाइएको छ। यस बिभाग सबै ट्रेकिङ एजेन्सी, पथप्रदर्शक तथा पर्यटन व्यवसायीहरूलाई पदयात्रा अनुमति बेगर कुनै पनि विदेशी पर्यटकलाई पदयात्रामा नलैजान र अनुमति प्राप्त गर्दा उल्लेख गरिएका पदमार्ग, अवधि, शर्त तथा प्रचलित कानूनी व्यवस्थाको पूर्ण पालना गर्न विशेष आग्रह गर्दछ। अनुमति प्राप्त पदमार्गभन्दा अन्यत्र पर्यटकलाई लैजाने, अनुमतिका शर्त उल्लङ्घन गर्ने वा सम्बन्धित अधिकारप्राप्त निकायको निर्देशन अवज्ञा गरेमा कानूनबमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। मिति: २०८३/०७/१८ (गीता घिमिरे) प्रवक्ता