Notice Park
Gaushala Municipality
Gen Info

धरौटी रकम दाबी गर्न आउने सम्बन्धी सूचना

Deadline 20 Oct 2026The deadline has passed.
धरौटी रकम दाबी गर्न आउने सम्बन्धी सूचना

Summary

यस गौशाला नगरपालिकाको धरौटी खातामा विगत विभिन्न आर्थिक वर्षमा विभिन्न निर्माण व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता, फर्म, कम्पनी तथा अन्य व्यक्ति वा संस्थाका नाममा जम्मा भएको तर हालसम्म फिर्ता लिन बाँकी रहेको धरौटी रकममध्ये नाम, नामेसी तथा प्रयोजन नखुलेको धरौटी रकम र निर्माण कार्यको दोष सच्याउने…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gaushala Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हुक $ गौशाला नगरपालिका a नगर कार्यपालिकाको कार्यालय Qa गौशाला, महोत्तरी मधेश प्रदेश, नेपाल घरौटी रकम दाबी गर्न आउने सम्बन्धी सार्वजनिक सूचना प्रथम पटक प्रकाशित मितिः २०८३/०६/१९ यस गौशाला नगरपालिकाको धरौटी खातामा विगत विभिन्न आर्थिक वर्षमा विभिन्न निर्माण व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता, फर्म, कम्पनी तथा अन्य व्यक्ति वा संस्थाका नाममा जम्मा भएको तर हालसम्म फिर्ता लिन बाँकी रहेको धरौटी रकममध्ये नाम, नामेसी तथा प्रयोजन नखुलेको धरौटी रकम र निर्माण कार्यको दोष सच्याउने अवधि (Defects Liability Period-DLP) समाप्त भई फिर्ता लिन योग्य रहेको धरौटी रकम सम्बन्धित व्यक्ति, फर्म, कम्पनी वा संस्थाले हालसम्म दाबी गर्न नआएको हुँदा यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ। अतः सम्बन्धित धरौटी रकमका हकदार व्यक्ति, फर्म, कम्पनी वा संस्थाले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र धरौटी रकम दाबी गर्नुपर्ने आधार तथा प्रमाणसहित यस नगरपालिकाको आर्थिक प्रशासन शाखामा निवेदन पेश गर्नुहुन अनुरो TH दाबी गर्दा देहायका कागजातहरू संलग्न गर्नुपर्नेछ: १. धरौटी रकम जम्मा गरेको नगदी रसिद वा बैंक भौचरको प्रर्तिलाप। २. धरौटी रकमसँग सम्बन्धित सम्झौता, कार्यादेश, बिल, भुक्तानी विवरण वा अन्य प्रमाणित कागजाता ३. व्यक्त भए नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा फर्म वा कम्पनी भए दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN) र अधिकारप्राप्त प्रतिनिधिको परिचय खुल्ने कागजात। ४. धरौटी रकम फिर्ता माग गर्ने निवेदन तथा बैंक खाताको विवरण। ५, निर्माण कार्यको धरौटी भए कार्य सम्पन्न भएको प्रमाणपत्र, मिए समाप्त भएको प्रमाण वा सम्बन्धित प्राविधिक शाखाको सिफारिस । तोकिएको म्यादभित्र प्रमाणसहित दाबी पेश हुन नआएमा प्ररचालत कानूनबमोजिम आवश्यक छानबिन तथा प्रक्रिया पूरा गरी सम्बन्धित धरौटी रकम राजस्व खातामा दाखिला गर्ने वा सदरस्याहा गर्ने कारबाही अगाडि बढाइने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। थप जानकारीका लागि गौशाला नगरपालिकाको आर्थिक प्रशासन शाखामा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध छ। प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 20 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.