Laying of foundation stone for construction of Municipal Hospital in Udayapur, Nepal
Summary
नेपालको उदयपुरमा नगर अस्पताल निर्माणका लागि शिलान्यास समारोह नेपालको कोशी प्रदेशस्थित उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-५ मा नगर अस्पताल निर्माण हेतु आज काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री नारायण सिंह र त्रियुगा नगरपालिकाका मेयर श्री बसन्त कुमार बस्नेतले संयुक्त रुपमा शिलान्यास…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a5df50e6-510a-4f9f-9353-6578d1275333.pdfPDF · 1 page · 46 KBOpen
Key details
- Organization
- Embassy of India Kathmandu, Nepal
- Industry
- Ambassador
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
भारतीय राजदूतावास काठमाडौँ प्रेस विज्ञप्ति नेपालको उदयपुरमा नगर अस्पताल निर्माणका लागि शिलान्यास समारोह नेपालको कोशी प्रदेशस्थित उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-५ मा नगर अस्पताल निर्माण हेतु आज काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री नारायण सिंह र त्रियुगा नगरपालिकाका मेयर श्री बसन्त कुमार बस्नेतले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । २. भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना पहल अन्तर्गत करिब नेरु. १२.३ करोड आर्थिक सहयोगमा यो अस्पताल भवनको निर्माण भइरहेको छ । यो परियोजना उदयपुरको त्रियुगा नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ । यो नेपालको उदयपुर जिल्लामा सञ्चालन भइरहेको १२ औं उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । ३. उदयपुरको त्रियुगा नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो र वहाँहरुले नयाँ संरचनाले त्रियुगा नगरपालिकामा स्वास्थ्य सेवाहरुमा राम्रो पहुँच पुग्याउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो | ४. नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई प्रवर्द्धन गर्ने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ । काठमाडौँ २०८३ आश्विन १९