सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छतिसौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३) पेस गरेको सम्बन्धमा।
Summary
Re सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छतिसौं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३) पेस गरेको सम्बन्धमा । नेपालको संविधानको धारा २९४ मा व्यवस्था भएबमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री प्रेम कुमार राईले आ.व. २०८२/८३ मा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bf7e4e4c-287f-4cd9-baf3-399d8cbdc572.pdfPDF · 10 pages · 879 KBOpen
Key details
- Organization
- Commission for the Investigation of Abuse of Authority (CIAA)
- Industry
- Commission
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौं प्रेस बिज्ञप्ति मितिः २०८३।०६।०१ गते। Re सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छतिसौं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३) पेस गरेको सम्बन्धमा । नेपालको संविधानको धारा २९४ मा व्यवस्था भएबमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री प्रेम कुमार राईले आ.व. २०८२/८३ मा सम्पादन गरेका मुख्य कामकारबाही र गतिविधि समेटेर तयार गरेको आयोगको छत्तिसौँ वार्षिक प्रतिवेदन आज मिति २०८३ साल असोज १ गते राष्ट्रपतिको कार्यालय, शीतल निवास, महाराजगञ्जमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष पेस गर्नुभयो | सम्माननीय राष्ट्रपतिज्यूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पद धारण गरेको व्यक्तिबाट भएको कार्यलाई पारदर्शी, जवाफदेही भ्रष्टाचारमुक्त बनाई मुलुकमा सुशासन प्रवर्धन गर्न निर्वाह गर्दै आएको संवैधानिक भुमिकाको प्रशंसा गर्दै भ्रष्टाचारजन्य कसुर पहिचान, अनुसन्धान र अभियोजन कार्यलाई वैज्ञानिक, विश्वसनीय, प्रविधिमैत्री र नतिजामुखी बनाउन, भ्रष्टाचार नियन्त्रणका विभिन्न रणनीतिहरू अवलम्बन गर्ने लगायतका कार्यहरूमार्फत सार्वजनिक निकाय तथा पदाधिकारीमा जवाफदेहिता नैतिकता र सदाचार अवलम्वन गर्न समेत आयोगले योगदान पुन्याएकोमा खुशी व्यक्त गर्नुभयो। मन्तव्यको क्रममा सम्माननीय राष्ट्रपतिबाट आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व थप प्रभावकारी र कार्यगत स्वायत्तता कायम राखी निष्पक्षता र निर्भिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुहुँदै आयोगलाई आगामी दिनहरूमा सक्षम, निष्पक्ष र प्रभावकारी ढंगबाट काम कारबाही गर्न सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो। आयोगको छतीसौं बार्षिक प्रतिवेदन पेस गर्नुहुँदै आयोगका माननीय प्रमुख आयुक्त प्रेम कुमार राईले आर्थिक वर्ष २०८२/८३ मा आयोगले सम्पादन गरेका प्रमुख काम कारबाहीहरूको संक्षिप्त रुपमा बिवरण प्रस्तुत गर्दै भ्रष्टाचारको स्वरूप, प्रवृत्ति र शैली समयानुकूल परिवर्तन हुँदै गइरहेको सन्दर्भमा यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न आयोग आफैँ पनि निरन्तर रूपमा संस्थागत, प्राविधिक र कार्यविधिगत दृष्टिले परिमार्जित हुँदै गएको जिकिर गर्नुभयो। साथै अनुसन्धान प्रक्रियालाई थप वैज्ञानिक र नतिजामुखी बनाउने क्रममा आयोगले जोखिमयुक्त क्षेत्र पहिचान गरी पूर्वसक्रिय अनुसन्धान प्रणाली, १ डिजिटल फरेन्सिक लगायत अत्याधुनिक विधि र प्रविधिको उपयोग बढाइएको, अनुसन्धान अधिकृतहरूको व्यावसायिक दक्षता अभिवृद्धिका लागि नियमित तालिम, विशिष्टिकृत क्षमता विकास कार्यक्रम तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरूको आदानप्रदानमार्फत जनशक्तिको ज्ञान र सीपमा निरन्तर सुधार, सङ्गठनात्मक संरचना, अन्तर-निकाय समन्वय र कानुनी/प्रक्रियागत ढाँचालाई समयानुकूल परिमार्जन गर्दै समग्र भ्रष्टाचार नियन्त्रणको संस्थागत क्षमतालाई थप सुदृढ बनाउँदै लगेको बताउनुभयो। सोही अवसरमा उहाँले आयोगलाई थप जिम्मेवारीको रूपमा प्राप्त भएको सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धान र अभियोजनको कार्यलाई समेत आयोगले प्राथमिकताका साथ अगाडि बढाएको र यसका लागि बिभिन्न मुलुकसँग थप पारस्परिक कानुनी सहायता सम्झौता गर्नुपर्ने अवस्था रहेको बताउनुभयो | सोही क्रममा भ्रष्टाचार हुन नदिनको लागि निरोधात्मक र प्रवर्धनात्मक कार्य तीनै तहका सरकारहरूले गर्नुपर्ने र भ्रष्टाचार नियन्त्रण आयोगको मात्र जिम्मेवारी हो भन्ने आम धारणामा परिवर्तन ल्याई भ्रष्टाचारप्रतिको सामाजिक स्वीकार्यता न्यूनीकरण गर्नुपर्ने कुरामा जोड दिनुभयो | यसका साथै आयोग आफुलाई प्राप्त संवैधानिक जिम्मेवारीका साथै भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्धन गर्ने राज्यको नीति कार्यान्वयन गर्न निर्भीकता, निष्पक्षता र तटस्थताका साथ कार्यसम्पादन गर्न प्रतिवद्ध रहेको र सो कार्यमा सरकारका सबै तह, अङ्ग एवम् निकायहरू, गैरसरकारी र निजी क्षेत्र, सञ्चारकर्मी, नागरिक समाज, अन्तर्राष्ट्रिय समुदाय एवम् आम नागरिकबाट प्राप्त साथ, सहयोग र ऐक्यवद्धताका लागि सबैलाई धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोग र सहकार्यको निरन्तरताको अपेक्षा गर्नुभयो। मन्तव्यको क्रममा उहाँले आगामी दिनमा आयोगलाई अझ बढी सक्रिय, सक्षम र कर्तव्यनिष्ठताका साथ अगाडि बढ्न मार्ग निर्देशन र सुझावको समेत अपेक्षा गर्दै आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रमका लागि समय उपलब्ध गराई दिनु भएकोमा सम्माननीय राष्ट्रपतिज्यू तथा राष्ट्रपति कार्यालय परिवारसमक्ष हार्दिक कृतज्ञता ज्ञापन गर्नु भयो। आयोगको छतीसौं बार्षिक प्रतिवेदन पेस गर्ने समारोहमा आयोगका प्रमुख आयुक्त माननीय प्रेम कुमार राई, आयुक्तहरू माननीय जय बहादुर चन्द, माननीय डा. हरि पौडेल, माननीय डा. सुमित्रा श्रेष्ठ अमात्य, आयोगका सचिव, महाशाखा प्रमुख र कर्मचारीहरूका साथै राष्ट्रपतिको कार्यालयका विभिन्न पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।