कालिका माध्यमिक विद्यालय, कैलालीको विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बम उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
Summary
fava: आरोपपत्र दायर गरिएको | जिल्ला कैलाली, गौरीगंगा नगरपालिका वडा नं. ४ स्थित कालिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बमले तोकिए बमोजिमको थप सेवा सुविधा तथा पारिश्रमिक प्रदान गर्नका लागि घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f424e53b-243d-40ee-be32-ad35e492ba8a.pdfPDF · 1 page · 291 KBOpen
Key details
- Organization
- Commission for the Investigation of Abuse of Authority (CIAA)
- Industry
- Commission
- Category
- Press Release
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
iS) अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौं प्रेस विज्ञप्ति fava: आरोपपत्र दायर गरिएको | मितिः : २०८३।०५।३० गते। जिल्ला कैलाली, गौरीगंगा नगरपालिका वडा नं. ४ स्थित कालिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बमले तोकिए बमोजिमको थप सेवा सुविधा तथा पारिश्रमिक प्रदान गर्नका लागि घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले निज देव बहादुर बमलाई सेवाग्राहीबाट घुस/रिसवत &.2,00,000/- (दुई लाख रुपैयाँ) लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको सिलसिलामा श्री कालिका माध्यमिक विद्यालय गौरीगंगा ४, कैलालीको विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बमले समिति सदस्यको ओहदा एवं पदीय हैसियतमा रही जिम्मेवारी बहन गर्ने क्रममा बदनियतपूर्ण तवरले सेवा सुविधा उपलब्ध गराउन निर्णय गरिदिन्छु भनी बार्गेनिङ्ग गरी सेवाग्राहीसँग घुस/रिसबत माग गरी आफ्नो निमित्त रु.२,००,०००/-(दुई लाख रुपैयाँ) लिएको, उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज देव बहादुर बमलाई बिगो रु.२,००,०००१- (दुई लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफाई को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र (१) बमोजिम बिगोबमोजिम दायर गरिएको छ। प्रवक्ता सुरेश न्यौपाने