Notice Park
Gaumukhi Rural Municipality
Others

सतर्कता तथा पूर्वतयारीका लागि अनुरोध

Summary

नेपाल मौसम विज्ञान विभागद्वारा मिति २०८३/०६/५ गते जारी गरिएको विशेष मौसम बुलेटिन अनुसार असोज ९ गते सुक्रवार देखि असोज ११ गते सम्म देशका विभिन्न स्थानमा मेघ गर्जन/ चङ्र्याङ/हावाहुरीसहित भारी देखी धेरै भारी वर्षा एक-दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ। साथै, विकसित मौसम प्रणालीका कारण…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gaumukhi Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

पत्र संख्याः २०८३/०८४ कु पुजा, प्यूठान चलानी नं. लुम्बिनी प्रदेश, नेपाल नेपाल मौसम विज्ञान विभागद्वारा मिति २०८३/०६/५ गते जारी गरिएको विशेष मौसम बुलेटिन अनुसार असोज ९ गते सुक्रवार देखि असोज ११ गते सम्म देशका विभिन्न स्थानमा मेघ गर्जन/ चङ्र्याङ/हावाहुरीसहित भारी देखी धेरै भारी वर्षा एक-दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ। साथै, विकसित मौसम प्रणालीका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक अवरीध लगायतका विपद्‌ जोखिम बढ्न सक्ने सम्भावना रहेको हुँदा यस पालिका क्षेत्रका सम्पूर्ण बासिन्दा, वडा कार्यालय, सुरक्षानिकाय, स्वयंसेवक तथा सम्बन्धित सरोकारवालाहरूलाई आवश्यक सतर्कता अपनाई पूर्वतयारी अवस्थामा रहन अनुरोध गरिन्छ | सम्भावित जोखिम न्यूनीकरणका लागि निम्न कार्यहरू गर्ने/गराउन अनुरोध छः १. अत्यावश्यक अवस्थामा बाहेक भारी वर्षा हुने समयमा तथा रातिको समयमा लामो दूरीको यात्रा नगर्नुहोस्‌। २. जोखिमयुक्त सडक, राजमार्ग, खोला, नदी तथा पहिरो प्रभावित क्षेत्रमा आवतजावत गर्दा विशेष सावधानी अपनाउनुहोस्‌ ३. आफ्नो घर, बस्ती तथा आसपासको क्षेत्र पहिरो, बाढी, नदी कटान वा अन्य जोखिममा छ कि छैन भन्ने बारे परिवार र समुदायमा छलफल गरी सुरक्षित स्थानको पहिचान गर्नुहोस्‌! ४. मोबाइल फोन चार्ज गरि राख्नुहोस्‌ र स्थानीय तह, वडा कार्यालय, सुरक्षा निकाय तथा आपत्कालीन सेवाका सम्पर्क नम्बर सुरक्षित राख्नुहोस्‌। ५, वडा कार्यालय, सुरक्षा निकाय, स्वयंसेवक तथा समुदायले पूर्वसूचना/चेतावनीको आधारमा जोखिमयुक्त स्थानमा रहेका घरपरिवारलाई विपद्‌ हुनु पूर्वनै सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक पहल गर्नुहोस्‌ | ६, खोला, खहरे तथा नदी किनार, पहिरोको जोखिमयुक्त क्षेत्र र डुबान सम्भावित स्थानमा बसोबास गर्ने, बासिन्दाहरूलाई विशेष रूपमा चनाखो भई बस्नुहोस तथा सुरक्षित स्थानको पहिचान गरी तयारी अवस्थामा राख्नुहोस्‌। ७. जोखिम बढ्दै गएमा घर तथा सम्पत्तिभन्दा जीवन सुरक्षालाई पहिलो प्रथमिक्षेता दिई समयमै सुरक्षित स्थानमा सर्नुहोस्‌ | ८. वडा तथा समुदायस्तरमा स्थानीय विपद्‌ प्रतिकार्य टोली, स्वयंसेवक, उद्धार सामग्री तथा आवश्यक सम्पर्क संयन्त्रलाई तयारी अवस्थामा राख्नुहोस्‌। ९. बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला, अपाङ्शब्र। भएका व्यक्ति तथा सहयोग आवश्यक पर्ने व्यक्तिको सुरक्षित स्थानान्तरणका लागि अग्रिम तयारी गर्नुहोस्‌। - मौसम तथा बाढीसम्बन्धी अद्यावधिक जानकारीका लागि टोल फ्रि नं. ११५५ मा सम्पर्क गर्न सकिन्छ साथै विपद्को समयमा आवश्यक सहयोगका लागि १२२४, नेपाल प्रहरी १०० तथा aT प्रहरी बल, नेपाल १११४, गौमुखी गा.पा. अध्यक्ष ९८५७८३२२८६, उपाध्यक्ष ९८५७८३३८००, प्रमुख प्रशासकीय अधिकृत ९८५७८३६३१९, गौमुखी गाउँपालिका विपद फोकल पर्सन ९८५७८३३९८० र इ.प्र.का. लिवासे ९८६६९३०८७३ मा सम्पर्क गर्नुहोस्‌ | ११. नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा हेर्न र आवश्यकता अनुसार समुदायमा प्रवाह गर्न अनुरोध छ | oe सतर्क रहाँ, पूर्वतयारी गरौँ र सम्भावित विपद्को जोखिम न्यूनीकरणमा सहकार्य गरौ | op? मितिः२०८३ आसोज ०७ गते बुधवार दुर्गा प्रशाद सुवेदी नि.प्रमख प्रशासकीय अधिकृत 20 ० कृषि, शिक्षा, पर्यटन र पूर्वाधार प्राथमिकता हाम्रो, सबै स्वस्थ र समृद्ध भए बन्छ गौमुखी राम्रो शिक्षा, पर्यटन र पूर्वाधार प्राथमिकता हाम्रो, सबै स्वस्थ र: बन्छ गौमुखी राम्रो @_www.gaumukhimun.gov.np छुँ) [email protected] ‘@ 9857836319

Like

0

Views

0

Comments

0

Share

0

Save

Report