सार्वजनिक खरिदमा कन्टिन्जेन्सी रकम खर्चलाई व्यवस्थित गर्ने कार्यविधि २०८२
Summary
व्यवस्थित गर्ने कार्यविधि, ३0०२. भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेश, हेटौडा, मकवानपुर सार्वजनिक खरिदमा कन्टिन्जेन्सी रकम खर्चलाई व्यवस्थित गर्ने कार्यविधि, २०८२ प्रस्तावना: प्रदेश सार्वजनिक खरिद नियमावली २०८० अनुसार सार्वजनिक निर्माण कार्य तथा परामर्श सेवा सम्बन्धी कार्यसम्पादन गर्दा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- b8594c82-b47a-4d22-9e1b-9f41869fb33a.pdfPDF · 11 pages · 18.2 MBOpen
Key details
- Organization
- Ministry of Physical Infrastructure Development, Bagamati Province
- Industry
- Province
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सार्वजनिक खरिदमा कन्टिन्जेन्सी रकम खर्चलाई व्यवस्थित गर्ने कार्यविधि, ३0०२. प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेश, हेटौडा, मकवानपुर सार्वजनिक खरिदमा कन्टिन्जेन्सी रकम खर्चलाई व्यवस्थित गर्ने कार्यविधि, २०८२ प्रस्तावना: प्रदेश सार्वजनिक खरिद नियमावली २०८० अनुसार सार्वजनिक निर्माण कार्य तथा परामर्श सेवा सम्बन्धी कार्यसम्पादन गर्दा भैपरी आउने किसिमका खर्चलाई लागत अनुमान तयार गर्दा कन्टिन्जेन्सी रकम र कार्यालय व्यवस्थापन खर्चको रुपमा समावेश गर्न सक्ने गरी व्यवस्था भएको .छ। यस्तो रकमलाई निर्माण कार्यतर्फ वर्क चार्ज, स्टाफ खर्च तथा सानातिना अन्य खर्च परामर्श सेवातर्फ कार्यालय व्यवस्थापन खर्चमा उपयोग गर्न सकिने कानूनी व्यवस्था अनुरुप सो रकमलाई तोकिएको कामको निमित्त मितव्ययी, प्रभावकारी र पारदर्शी रुपमा खर्च गर्ने कार्यलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले भौतिक पूर्वाधार विकास मन्त्रालय वागमती प्रदेशले यो कार्यविधि वनाएको छ। परिच्छेद - १ प्रारम्भिक १.संक्षिम नाम र प्रारम्भ: (१) यस कार्यविधि को नाम सार्वजनिक खरिदमा कन्टिन्जेन्सी, रकम व्यवस्थित गर्ने कार्यवेधि २०८२ रहेको Fl = (२) यो कार्यविधि भौतिक पूर्वाधार मन्त्रालयबाट स्वीकृत गरेको मिति देखि लागू हुनेछ। २._परिभाषा विषय वा प्रसङ्गले अको अर्थ नलागेमा यस कार्यविधिमा, (क। "ऐन" भन्नाले सार्वजनिक खरिद ऐन, २०६३ सम्झनु पर्दछ। (ख) "कार्यालय" भन्नाले मन्त्रालय अन्तर्गतका निर्देशनालय, कार्यालय तथा आयोजना कार्यालय समेतलाई सम्झनु पर्दछ। Cu) "निर्देशनालय" भन्नाले यातायात पूर्वाधार निर्देशनालय बागमती सम्झनु पर्दछ। (घ) "नियमावली" भन्नाले सार्वजनिक खरिद नियमावली, २०६४ र प्रदेश सार्वजनिक खरिद नियमावली, २०८० सम्झनु पर्दछ। (ङ) "मन्त्रालय" भन्नाले भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेश सम्झनु पर्दछ। ) "वर्क चार्ज, स्टाफ खर्च र सानातिना अन्य खर्च" भन्नाले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १० को उपनियम ७ संग सम्वन्धित तोकिए बमोजिमको खर्च Nid पर्दछ। i ढितेशचन्द्र देवकोटा परिच्छेद २ कन्टिन्जेन्सी रकमको अनुमान तथा कार्यक्रम स्वीकृति ३. कन्टिन्जेन्सी रकमको वार्षिक अनुमान तयार गर्नपर्ने: (१) कन्टिन्जेन्सी रकम खर्च गर्नु अघि मन्त्रालय निर्देशनालय, कार्यालय तथा आयोजना कार्यालयले कन्टिन्जेन्सी बापत खर्च गर्न सकिने रकमको वार्षिक अनुमान देहाय अनुसारको ढाँचामा तयार गर्नुपर्नेछ । (२) यस दफा बमोजिम कन्टिन्जेन्सी रकमको अनुमान गर्दा सार्वजनिक निर्माण कार्य र परामर्श सेवा रकमबाट खर्च गर्न सकिने कन्टिजेन्सी रकम समेतको अनुमान गर्नु पर्नेछ। (३) उपदफा (२) वमोजिम वार्षिक अनुमान तयार गर्दा निर्माण कार्यको हकमा लागत अनुमानको वर्क चार्ज स्टाफ खर्चतर्फ १ प्रतिशत र अन्य खर्च तर्फ १ प्रतिशत गरी जम्मा २ प्रतिशत र परामर्श सेवाको हकमा कार्यालय व्यवस्थापन खर्चको रुपमा लागत अनुमानको २ प्रतिशतका दरले लागत अनुमानमा उल्लेख भएको रकमलाई आधार मान्नु पर्नेछ। (४) उपदफा (२) वमोजिम निर्माण कार्य वा परामर्श सेवाको लांगत अनुमान स्वीकृत भई नसकेको अवस्थामा स्वीकृत वार्षिक बजेटको आधारमा सोही आर्थिक वर्षभित्र सञ्चालन हुने आयोजना र कार्यक्रमको लागि स्वीकृत बजेट अनुरुप वार्षिक रुपमा कन्टिन्जेन्सी रकमको अनुमान गर्न सकिनेछ। त्यस्तो अनुमान गरिएको रकम खर्च नभएको अवस्थामा सोको कन्टिन्जेन्सी रकम खर्च गर्न पाइनेछैन। we ४. कन्टिन्जेन्सी रकमको वार्षिक कार्यक्रम बनाउनु पर्ने: (१) दफा ३ बमोजिम प्राप्त हुने कन्टिन्जेन्सी रकमको वार्पिक कार्यक्रम वनाई मन्त्रालयको प्रदेश सचिवबाट स्वीकृत गराउनु पर्नेछ । कन्टिन्जेन्सीको वार्षिक कार्यक्रम आवश्यकतामा आधारित यर्थाथपरक तथा वस्तुनिष्ठ हुनुपर्नेछ | (२) उपदफा (१) बमोजिम तयार गरिने वार्षिक कार्यक्रमको ढाँचा अनुसूची-१ मा तोकिए वमोजिम हुनेछ। परिच्छेद -३ कन्टिन्जेन्सी रकम खर्च गर्ने प्रकृया ५, निर्माण कार्य सम्बन्धी कन्टिन्जेन्सी रकमको खर्च: (१) यस कार्यविधि बमोजिम निर्माण कार्य सम्बन्धी कन्टिन्जन्सी रकम वर्क चार्ज, स्टाफ खर्चका लागि उपयोग गर्न सकिनेछ | आयोजना अनुसार कन्टिन्जेन्सी रकम एकिनगरी तोकिएबमोजिम अभिलेख राम्नुपर्नेछ। स्पष्टिकरण: यस उपदफाको प्रयोजनका लागि "वर्क चार्ज, स्टाफ खर्च भन्नाले निर्माण कार्यको अनुगमन तथा सुपरभिजन र सोसँग प्रत्यक्ष रुपमा सम्वन्धित कर्मचारी खर्च, परामर्श खर्च , अपरेटर तथा सवारी चालक खर्च, सवारी साधन तथा मेशीनरी औजार, उपकरणको भाडा तथा मर्मत सम्भार कार्यका लागि गरिने खर्च समेतलाई जनाउँछ। (२) निर्माणकार्य सम्बन्धी कन्टिन्जेन्सी रकमवाट उपदफा (१) बमोजिमको खर्च निर्माणकार्यसँग प्रत्यक्ष रुपमा सम्बन्धित बोलपत्र वा प्रस्ताव तयारी, बोलपत्र मूल्याकन, परामर्श सेवा, सूचना प्रकाशन, निर्माण कार्यको अनुगमन तथा सुपरिवेक्षणका लागि प्रयोग हुने ईन्धन, स्टेशनरी, फर्निचर र विद्युत तथा पानी ,महशुल, फोटोकपी वा प्रिन्टर, कम्प्यूटर खरिद, मर्मत, निर्माण कार्यमा संलग्न कर्मचारीको पेशागत सुरक्षा तथा प्राथमिक्र उपचारका सामग्री विविध एवं कार्यालय व्यवस्थापनको लागि आवश्यक पर्ने सानातिना अन्य खर्च समेत गर्न सकिने छ। (३) कुनै बजेट उपशीर्पकमा कन्टिन्जेन्सी रकम खर्च जनाउँदा सम्वन्धित ठेक्काको नापी किताबमा समेत खर्च प्रविष्ट गरेको हुनु पर्नेछ। यसरी गरिएको खर्चको अभिलेख खडा गरी राख्नुपर्ने छ । ६, परामर्श सेवा सम्बन्धी कन्टिन्जेन्सी रकमको खर्च: (१) परामर्श सेवा सम्बन्धी कन्टिन्जेन्सी रकम कार्यालयंव्यवंस्थापन सम्बन्धी कार्यका लागि समेत खर्च गर्न सकिने छ । (२) उपदफा (१) वमोजिम रकम खर्च गर्दा परामर्श सेवासँग प्रत्यक्ष रुपमा सम्बन्धित प्रस्ताव तयारी, सूचना प्रकाशन, प्रस्ताव मूल्यांकन, परामर्श सेवा सम्वन्धी कार्यको अनुगमन तथा सुपरीवेक्षणका लागि प्रयोग हुने इन्धन, स्टेशनरी, फर्निचर, टेलिफोन, बिद्युत तथा पानी महशुल फोटोकपी वा प्रिन्टर, कम्प्यूटर खरीद, मर्मत, विविध एवं कार्यालय व्यवस्थापनको लागि आवश्यक पर्ने अन्य खर्च समेत गर्न सकिने छ । (3) यस कार्यविधि वमोजिम भएको कन्टिन्जेन्सी खर्चको छुट्टै विवरण खुल्ने गरी अनुसूची ३ वमोजिमको ढाँचामा अभिलेख खडा गरी wa पर्नेछ । बहुवर्षिय ‘Ke गको हुक अप मा अनुसूची ४ समेतको ढाँचामा अभिलेख खडा गरी राख्नु पर्नेछ | ces