CTEVT News Bulletin Year 2081 Vol22 Issue 1
Summary
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ई. महेश भट्टराई सम्पादक मण्डल श्री विनोद बडाल श्री एकराज अधिकारी श्री सीमा कुमारी श्रेष्ठ कम्प्यूटर डिजाइन ई. संगम गौतम समन्वय तथा योगदान श्री पूर्णमक्त डंगोल श्री प्रविन श्रेष्ठ श्री देवदत्त ag प्रकाशक सूचना तथा अनुसन्धान महाशाखा प्राविधिक शिक्षा तथा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ccfa2195-7c95-4f1e-ad94-06d7f70efb35.pdfPDF · 22 pages · 2.5 MBOpen
Key details
- Organization
- Council For Technical Education and Vocational Training
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ISSN: 3021-923X ISSN: 3021-9248 rt hip | are | प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सानोठिमी, भक्तपुर, फोन नं. ०१-६६३०४०८, ६६३०७६९, इमेलः [email protected], वेबसाइट: www.ctevt.org.np | ई. महेश भट्टराई सम्पादक मण्डल श्री विनोद बडाल श्री एकराज अधिकारी श्री सीमा कुमारी श्रेष्ठ कम्प्यूटर डिजाइन ई. संगम गौतम समन्वय तथा योगदान श्री पूर्णमक्त डंगोल श्री प्रविन श्रेष्ठ श्री देवदत्त ag प्रकाशक सूचना तथा अनुसन्धान महाशाखा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सानोठिमी, भक्तपुर TSA. ३५४६, काठमाण्डौ फोन नं. ०१-५६३९४५१, ६६३०४०८ इमेल : [email protected] वेबसाइट : www.ctevt.org.np प्रकाशन मितिः २०८१ श्रावण सम्पादकीय नेपालमा आधारभूत, मध्यम तथा उच्चस्तरीय प्राविधिक जनशक्ति तयार गर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को स्थापना भएको हो | परिषद्ले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम सम्बन्धी नीति निर्माण, श्रम बजारको माग अनुसारका कार्यक्रमहरू सञ्चालन, स्तर निर्धारण तथा सम्बन्धन, सीपको वर्गीकरण, परीक्षण र प्रमाणीकरण, पाठ्यक्रम निर्माण, गुणस्तर सुनिश्चितता, सरोकारवालाहरूसँग समन्वय, अध्ययन अनुसन्धान आदि कार्य गर्दै आइरहेको छ । परिषद् अन्तर्गत ९ वटा महाशाखा एवं अर्ध-स्वायत्त रूपमा संचालित राष्ट्रिय सीप परीक्षण समिति, प्राविधिक प्रशिक्षण प्रतिष्ठान र परीक्षा नियन्त्रण कार्यालय रहेका छन् । यसका साथै ७ वटै प्रदेशका प्रदेश कार्यालयहरू मार्फत परिषद्ले आफ्नो सेवा प्रदान गरिरहेको छ । परिषद् अन्तर्गत हाल ६६ वटा आङ्गिक शिक्षालय, ५७ वटा साभेदारी शिक्षालय, ६३९. वटा सामुदायिक विद्यालय र ४०७ वटा निजी शिक्षालय सञ्चालित छन् । त्यसैगरी छोटो अवधिको सीपमूलक तालीम सञ्चालन गर्ने संस्थाहरूको संख्या १६२१ भन्दा बढी रहेको छ । शैक्षिक सत्र २०८१/०८२ मा परिषद्को प्रि-डिप्लोमा र डिप्लोमा तहमा भर्ना खुलेको छ | हालसम्म परिषद्ले प्रि-डिप्लोमा तहमा ३३ वटा र डिप्लोमा/प्रमाणपत्र तहमा ४९ वटा पाठ्यक्रमहरू निर्माण गरेको छ | हालसम्म प्रिनडिप्लोमा र डिप्लोमा/प्रमाणपत्र तह उत्तीर्ण गर्ने प्रशिक्षार्थीहरूको संख्या ४ लाख भन्दा बढी रहेको छ । त्यसैगरी राष्ट्रिय सीप परीक्षण समितिबाट विभिन्न पेशा व्यवसायमा सीप परीक्षण उत्तीर्ण गर्ने कूल परीक्षार्थीहरूको संख्या ५ लाख नाघेको छ । परिषद्बाट उत्पादित जनशक्तिहरू स्वरोजगार हुनका साथै रोजगारीका लागि देश भित्रका सरकारी, गैहसरकारी तथा निजी क्षेत्रमा कार्यरत छन् । यसका साथै परिषद् बाट उत्पादित जनशक्तिहरुले वैदेशिक रोजगारीमा समेत अवसर प्राप्त गरेका छन् । नेपालको संविधानले शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने र शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा भएको निजी क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने नीति लिएको छ । यसरी राज्यले प्राविधिक शिक्षालाई विशेष जोड दिए तापनि वार्षिक झण्डै ५ लाख यूवा श्रम बजारमा प्रवेश गर्ने गरेको तर करिब १ लाख ५० हजारले मात्र प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम प्राप्त गर्ने गरेको पाइएको छ | यसबाट अझै पनि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीममा सबैको पहुँच पुग्न नसकेको हुँदा परिषद्ले आवश्यकता अनुसारका प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम सम्बन्धी कार्यक्रमहरूको विकास गरी प्रभावकारी ढंगले कार्यान्वयन गर्नु पर्ने देखिन्छ | देश संघीयतामा गएको नौ वर्ष बितिसक्दा पनि संघीय संरचना अनुसार परिषद्को ऐन नहुँदा कार्यसम्पादनमा कठिनाइ भएको छ । त्यसैगरी उद्योग व्यवसायको अर्थपूर्ण संलग्नताका लागि कानूनी स्पष्टता हुन आवश्यक देखिन्छ । गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमका लागि शिक्षालयहरूको सुदृढीकरण गर्न जरुरी देखिन्छ | दक्ष प्राविधिक जनशक्तिलाई परिषद् सेवा प्रति अभिप्रेरित गर्नु पनि अर्को चुनौतीको रूपमा रहेको छ । श्रम बजारको मागलाई सम्बोधन गरी कार्यक्रमहरूको विकास तथा कार्यान्वयन र त्यस्ता कार्यक्रमहरूमा पारगम्यताको सुनिश्चितता यथाशीघ्र गर्नु पर्ने चुनौती रहेको छ | सीमित श्रोत साधनबाट अधिकतम उपलब्धि हासिल हुनेगरी कार्य सम्पादन र दिगोपनाको सुनिश्चितता गर्नु पर्ने बाध्यता परिषद् सामु रहेको छ । अन्तमा, प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्बाट सम्पादन भएका विभिन्न कार्यक्रमहरूको बारेमा सरोकारवालाहरूलाई सुसूचित गराउने उद्देश्यले त्रैमासिक सिटिइभटी समाचार बुलेटिनको नयाँ अङ्क प्रकाशन गरिएको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम सम्बन्धी समाचार तथा गतिविधि, शिक्षालयको परिचय, सफलताको कथा लगायतका विषयबस्तु समेटेर तयार गरिने यस बुलेटिनलाई अझ बढी पठनीय र जानकारीमूलक बनाउन आम पाठक वर्गबाट रचनात्मक सुझाव र पृष्ठपोषणको अपेक्षा गर्दछौं | साथै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम सम्बन्धी सन्देशमूलक सामग्री तथा गतिविधिहरू निर्यामतरूपमा उपलब्ध गराई सहयोग गरिदिनुहुन समेत हार्दिक अनुरोध गर्दछौं | समाचार तया गतिविधि |, तथा गतिविधि श्रम तथा रोजगार मेलामा परिषद्को सहभागिता प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का गतिविधि, उपलब्धी र परिषद्का प्रकाशनहरूको बारेमा सर्वसाधारण र सरोकारवालाहरूलाई जानकारी गराउने उद्देश्यले सातवटै प्रदेशमा जानकारीमूलक प्रदर्शनी गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सातैवटा प्रदेशमा दुई दिनसम्म सञ्चालित श्रमाधान रोजगार मेलामा सिटिइभिटीको छुट्टै प्रदर्शनी स्टल राखिएको थियो । उक्त कार्यक्रममा प्रदेश स्थित सामाजिक विकास वा शिक्षा सम्बद्ध मन्त्रालय, विभिन्न परियोजना तथा विकास साभेदार संस्था, उद्योग, व्यवसायी, रोजगारदाता संघ संस्थाको उल्लेख्य सहभागिता रहेको थियो । श्रमाधान रोजगार मेलामा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम, राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली एवं पूर्व सिकाइको मान्यता विधिबाट सीप परीक्षण सम्बन्धी सचेतनामूलक जानकारी उपलब्ध गराईएको थियो । जसमा परिषद्का सातै वटा प्रदेश कार्यालयहरू, प्राविधिक शिक्षालयहरू, राष्ट्रिय सीप परीक्षण समिति रोजगारीको अवस्था लगायत श्रम बजारको लागि कार्यस्थलमा आधारित सिकाइ र सीप प्रमाणीकरण सम्बन्धी विविध संवाद तथा गोष्ठीमा परिषद्का निर्देशकहरुको सहभगिता रहेको थियो । हरेक प्रदेशमा दुई दिनसम्म सञ्चालित श्रमाधान रोजगार मेला कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेश प्रदेशको जनकपुरमा १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते र बागमती प्रदेशको ललितपुरमा २९ र ३० गते अयोजना गरिएको थियो । नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक पहिचान र अवसरलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले सातै प्रदेशमा चौध दिनसम्म श्रमाधान रोजगार मेला आयोजना गरिएको थियो | सो मेलामा परिषद्का प्रकाशनको वितरण, प्राविधिक तथा र परिषद् अन्तर्गतका परियोजनाहरुको सहभागिता रहेको थियो । उक्त रोजगार मेलामा गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम एवं Council for Technical Education And Vocational Training व्यावसायिक शिक्षा र तालीम सम्बन्धी जानकारी एवं जिज्ञासाको सम्बोधन गर्नुका साथै पूर्व सिकाइको मान्यता विधिबाट सीप परीक्षण सम्बन्धी जानकारी उपलब्ध गराइएको थियो । eel mag estar asthe TED free ater tos sere तया गतिविधि समाचार तथा गतिविधि सिटिइभिटी सम्बन्धी जानकारीमूलक प्रदर्शनी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले विद्यार्थी, राखिएको थियो । उक्त अवसरमा उपस्थित आगन्तुकहरूका अविभावक एवं सरोकारवालाहरूलाई प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमको गतिविधिका बारेमा सचेतनामूलक कार्यक्रम गरेको थियो । परिषद्ले एस.ई.ई. दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी प्राविधिक शिक्षा र व्यावसायिक तालीमको महत्व, अवसर र रोजगारीका विषयमा जानकारी दिने उद्देश्यले तीन दिनसम्म भृकुटीमण्डप स्थित प्रर्दशनी हलमा परिषद्को स्टल प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम सम्बन्धी जिज्ञासाहरू समेत सम्बोधन गरिएको थियो । परिषद्को स्टलमा दैनिक करिब ३०० जनाको सहभागिता रहेको थियो | गत जेठ १ देखि ३ गतेसम्म संचालित विद्यार्थी महोत्सव (Student Festival 2024) कार्यक्रमको आयोजना तथा संयोजन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले गरेको थियो । प्राविधिक तथा व्यावसायिक शिक्षा रेडियो कार्यक्रम सञ्चालन प्राविधिक तथा व्यवसायिक शिक्षा र तालीम सम्बन्धी जानकारीमूलक सूचना सन्देशहरु आम विद्यार्थी, अविभावक र सरोकारवालालाई सुसूचित गराउने उद्देश्यले प्राविधिक तथा उपयोगी सूचना र जानकारीमूलक सामग्रीहरू उत्पादन तथा प्रसारण गरिन्छ । यसबाट एस.ई.ई. दिएर बसेका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा सम्बन्धी वृत्ति परामर्श सेवा प्रदान गर्ने, परिषद्बाट उत्पादित व्यावसायिक शिक्षा रेडियो कार्यक्रम शुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् र रेडियो प्रसार सेवा विकास समिति, रेडियो नेपाल बीच “प्राविधिक तथा व्यवसायिक शिक्षा” रेडियो कार्यक्रम एक वर्षभरी सञ्चालन गर्न मिति २०८१ जेठ १ गते द्विपक्षीय सम्झौता भएको छ | विद्यार्थीहरूका सफलताका कथाहरू प्रसारण एवं प्राविधिक शिक्षा सम्बन्धी रिपोर्ट, अन्तर्वार्ता वा छलफल कार्यक्रम सञ्चालन गर्ने गरिएको छ। हरेक महिनाको पहिलो र तेस्रो बिहीबार बिहान ७:४० देखि ७:५५ बजेसम्म प्रसारण हुने यो कार्यक्रम रेडियो नेपालको मिडियम वेभका मिति २०८१ जेठ १७ गते गतेदेखि शुभारम्भ भएको रेडियो कार्यक्रम २०८२ असारसम्म २६ वटा श्रृंखलामा प्रसारण हुनेछ | उक्त रेडियो कार्यक्रममा परिषद्का नियमित गतिविधि तथा समाचार, फ्रिक्वेन्सी र एफ एम ब्यान्ड ९८, १०० र १०३ मेघाहर्जमा देशैभर र रेडियो नेपालको वेबसाइट www.onlineradionepal.gov.np बाट संसारभर सुन्न सकिन्छ । eee