Beads, Pearls and Crystal's Items Maker syllabus
Summary
पोते, मोति र क्रिष्टलका सामग्री निर्माणकर्ता (Beads, Pearl & Crystal's Items Maker) छोटो अवधिको पाठ्यक्रम (दक्षतामा आधारित) SN 9 नम 0 an é प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् पाठयक्रम विकास महाशाखा सानोठिमी, भक्तपुर २०७३ आषाढ पाठ्यकमको frac... प्रशिक्षार्थी संख्या; प्रशिक्षण-भाषा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 53b0cba4-d32c-4294-a58c-9bcb819290e6.pdfPDF · 63 pages · 550 KBOpen
Key details
- Organization
- Council For Technical Education and Vocational Training
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पोते, मोति र क्रिष्टलका सामग्री निर्माणकर्ता (Beads, Pearl & Crystal's Items Maker) छोटो अवधिको पाठ्यक्रम (दक्षतामा आधारित) SN 9 नम 0 an é प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् पाठयक्रम विकास महाशाखा सानोठिमी, भक्तपुर २०७३ आषाढ पाठ्यकमको frac... तालीम अबधि... लक्षित समूह प्रशिक्षार्थी संख्या; प्रशिक्षण-भाषा, प्रशिक्षार्थी-उपस्थिति .... प्रवेश-मापदण्ड प्रमाण-पत्र .... प्रशिक्षकको योग्यता, प्रशिक्षक-प्रशिक्षार्थी अनुपात, (ग) सीप-तालीमको लागि सुझाव, (घ) अन्य सुझाबहरु ..... पाठ्य संरचना, मोड्यूलहरु बिस्तृत पाठक्रम मोड्यूल : १ : पेशा सम्बन्धी परिचय मोड्यूल : २: पूर्व तयारी... मोड्यूल : ३ : पोते, मोति र क्रिष्टलका माला तयारी .. मोड्यूल : ४ : पोते मोति र क्रिष्टलका गहना निर्माण मोड्यूल : ५ : पोते, मोति र क्रिष्टलका व्याग तयारी मोड्यूल : ६ : फिनिसिङ्ग... मोड्युल : ७ : व्यावसायिकता विकास तथा संचार Area: ५ : उद्यमशिलता विकास सामान्य गुणस्तर सूचक .... औजार तथा उपयोग हुने सामग्रीहरू परिचय यो “पोते, मोति र क्रिष्टलका सामग्री निर्माणकता” विषयको छोटो अवधीको सीपमा आधारित पाठ्यक्रम हो । यो क्रिष्टल, मोति तथा पोतेबाट गर गहना तथा सामग्री तयारी सम्बन्धी सीप र ज्ञानयुक्त निम्नस्तरीय जनशक्ति उत्पादन गर्न तयार गरिएको सीपमा आधारित पाठ्यक्रम हो । प्रशिक्षार्थीहरुले यो पाठ्यक्रमको आधारमा सीप सिकेपछि सम्बन्धित ब्यवसायमा स्वरोजगार हुन सक्नेछन् । लक्ष्य क्रिष्टल, मोति तथा पोतेबाट गर गहना तथा ब्याग बनाउने सीप र ज्ञानयुक्त भई नेपाली जन-समुदायमा क्रिष्टल, मोति तथा पोतेबाट गरगहना तथा सौँदर्य एवं आभुषणका सामग्रीहरु तयार गरी सेवा दिन सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यहरु यो तालीम कार्यक्रम सम्पन्न भइसकेपछि प्रशिक्षार्थीहरुले निम्न उद्देश्यहरु पूरा गर्न सक्षम हुनेछन् ७ क्रिष्टलबाट बिभिन्न प्रकारका गरगहना तथा सौँदर्य सामग्रीतयार गर्न ७ मोतिबाट बिभिन्न प्रकारका गरगहना तथा सौँदर्य सामग्रीतयार गर्न ७ पातेबाट बिभिन्न प्रकारका गरगहना तथा सौँदर्य सामग्रीतयार गर्न । पाठ्यकमको विवरण यस पाठ्यक्रमले क्रिष्टल, मोति तथा पोतेका सामग्री निर्माणकर्ताको लागि आवश्यक सीप र ज्ञान प्रदान गर्दछ । यस पाठ्यक्रममा आधारित तालीम कार्यक्रमले एकातर्फ प्रशिक्षकहरुलाई पाठ्यक्रममा समावेश भएका सीप तथा ज्ञानलाई प्रदर्शन गर्न तथा सिकांउँन र अर्को तर्फ प्रशिक्षार्थीहरुलाई अभ्यास गर्न तथा सिक्न प्रचुर मौका दिन्छ । यस तालीम कार्यक्रममा प्रशिक्षार्थीहरुले पाठ्यक्रममा समावेश गरिएका ज्ञान र सीपहरु सिक्नका लागि आवश्यक औजार, उपकरण तथा सामग्रीहरु प्रयोग गरी उक्त ज्ञान र सीपहरु अभ्यास गर्ने र सिक्नेछन । यस कार्यक्रममा क्रिष्टल, मोति तथा पोतेबाट बन्ने गर गहना तथा आभुषणको परिचय, पूर्व तयारी, माला बनाउने, गर गहना बनाउने, ब्याग बनाउने तथा फिनिसिङ्गसँग सम्बन्धित ज्ञान र सीपहरु समावेश गरिएका छन् । तालीम अबधि ७ २२५ घण्टा। लक्षित समूह ७ साक्षर ७ सम्बन्धित क्षेत्रको लक्षित समूहका व्यक्तिहरु | प्रशिक्षार्थी संख्या ७ अधिकतम २० जना | प्रशिक्षण-भाषा ७ नेपाली। प्रशिक्षार्थी-उपस्थिति ७ सैद्वान्तिक: so प्रतिशत । ७ व्यावहारिक/प्रयोगात्मक): ९० प्रतिशत | प्रवेश-मापदण्ड ७ साधारण लेखपढ गर्न सक्ने । प्रमाण-पत्र यो तालीमसफलतापूर्वकसम्पन्न गर्ने प्रशिक्षार्थीहरुलाई सम्बन्धित तालीम दिने संस्थाले “पोते, मोति र क्रिष्टलका सामग्री निर्माणकर्ता” को प्रमाणपत्र प्रदान गर्नेछ । प्रशिक्षकको योग्यता ७ सम्बन्धित व्यावसायमा कम्तिमा १ बर्षको अनुभव । प्रशिक्षक-प्रशिक्षार्थी अनुपात ७ प्रयोगात्मक कक्षा: १: १० ७ सैद्धान्तिक कक्षा : कक्षा कोठाको अवस्थानुसार । तालीम संचालन गर्न आवश्यक भौतिक पूर्वाधार (भवन तथा कोठाहरू): क. कार्यालय कोठा - १बटा ख. कक्षा कोठा २० जना अट्ने - १बटा (कम्तीमा प्रति प्रशिक्षार्थी १ वर्गफिट स्थानको हिसाबले २० वर्ग फिटको कक्षा कोठा हुनुपर्नेछ । कक्षा कोठामा पर्याप्त प्रकाश तथा हावाको व्यवस्था हुनुपर्नेछ ।) ग. आगन्तुक कक्ष - 4 Fer घ. प्रशिक्षक तयारी कक्षा - १ वटा ङ. आवश्यक सामग्री एवं सर सामान राख्ने तथा दिने /लिने (स्टोर) कोठा - q ae (ग) सीप-तालीमको लागि सुझाब १. कार्यसम्पादन प्रदर्शन गर्ने ७ कार्यसम्पादन स्वाभाविक गतिमा प्रदर्शन गर्ने । ७ क्रमानुसार कार्यसम्पादन कदमक्रमहरु मन्द गतिमा मौखिक बर्णन गर्दै प्रश्नोत्तर बिधि अपनाएर प्रत्येक कार्यसम्पादन कदमक्रमहरुलाई प्रशिक्षार्थी समक्ष प्रदर्शन गर्ने । ७ आवश्यकतानुसार दोहोरयाउने वा तेहेर्याउने | ७ अन्तिम पटक कार्यसम्पादन प्रदर्शन गर्ने । २. प्रदर्शित कार्यसम्पादन अभ्यास गर्न प्रशिक्षार्थीहरुलाई यथेष्ट मौका दिने ७ प्रशिक्षार्थीहरुलाई पथप्रदर्शीत अभ्यास (गाईडेड प्राक्टिस) गराउने । ७ कार्य अभ्यासको क्रममा प्रशिक्षार्थीहरुलाई कदम कदममा सहयोग वा पथप्रदर्शन (गाईड) गर्ने । ७ कार्य संपादन गर्न निपूर्ण हुनका लागि प्रशिक्षार्थीहरुलाई दोहोर्याउने वा पुन: दोहोर्याउने मौका प्रदान गर्ने ७ दिईएको कार्य संपादन गर्न प्रशिक्षार्थीहरु निपूर्ण भएपछिमात्र प्रशिक्षकले अर्को कार्यसंपादन प्रदर्शन गर्ने । (घ) अन्य सुझाबहरु १. सीप तालीमका सिद्धान्तहरु प्रयोग गर्ने । २. प्रशिक्षण गर्दा २० प्रतिशत समय सैद्धान्तिक र ८० प्रतिशत समय प्रयोगात्मक कक्षामा प्रयोग गर्ने आवश्यक सिकाईका सिद्वान्तहरु प्रयोग गर्ने ३. आन्तरिक अभिप्रेरणाका सिद्धान्तहरु प्रयोग गर्ने