स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक तत्कालीन दशौं तहका डा. अर्जुन प्रसाद सापकोटा उपर बिगो रू.२,०३,९४,६१५/२४ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
Summary
fava: आरोपपत्र दायर गरिएको | स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक तत्कालीन दशौं तहका डा. अर्जुन प्रसाद सापकोटाले स्वास्थ्य मन्त्रालय अन्तर्गतका आकर्षक कार्यालयहरूमा निरन्तर कार्य गर्दाको अवधिमा प्रमुख शहरहरू काठमाडौं लगायतमा महंगा घडेरी खरिद गरी भव्य घर बनाएको, मंहगो सवारीसाधन खरिद गरेको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1d6ae25b-16bd-4228-80aa-7d0312a82082.pdfPDF · 2 pages · 570 KBOpen
Key details
- Organization
- Commission for the Investigation of Abuse of Authority (CIAA)
- Industry
- Commission
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
iS) अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौं प्रेस विज्ञप्ति fava: आरोपपत्र दायर गरिएको | मितिः २०८३ ।०६। ०२ गते। स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक तत्कालीन दशौं तहका डा. अर्जुन प्रसाद सापकोटाले स्वास्थ्य मन्त्रालय अन्तर्गतका आकर्षक कार्यालयहरूमा निरन्तर कार्य गर्दाको अवधिमा प्रमुख शहरहरू काठमाडौं लगायतमा महंगा घडेरी खरिद गरी भव्य घर बनाएको, मंहगो सवारीसाधन खरिद गरेको 'लगायतका अमिल्दो जीवन बिताएको भन्नेसमेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निज डा. अर्जुन प्रसाद सापकोटाको सुरू नियुक्ति मिति २०५३/०४/२५ देखि मिति 2050/09/30 गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी निज तथा निजको एकाघर परिवार/संगोलमा रहेका व्यक्तिहरुले उपर्युक्त अवधिमा विभिन्न आयका स्रोतहरुबाट कानुनी रुपमा (Lawfully Obtained) आर्जन गरेको आयहरुलाई आयका रुपमा र सोही अवधिमा विभिन्न शीर्षकहरुमा गरेको प्रमाणित (verified) खर्चहरुलाई व्ययका रुपमा गणना गरी विश्लेषण गर्दा निजको आयतर्फ पारिश्रमिक/तलब बचत, बिभिन्न भत्तामध्ये बैठक भत्ता, प्रोत्साहन भत्ता र अन्य दैनिक भ्रमण भत्ता बचत, सवारी साधन बिक्री आय, घर बहाल आय, जग्गा बिक्री आय, कर्ण कर्जा आय, बैंक ब्याज आय, शेयर बिक्री आय, अन्य विविध आय रकम, कृषि आय, घर बहाल आय, छात्रबृत्ति आय, बिरामी जाँच आय, एकासगोल आय, सेवा पूर्व आय र नगद लाभांश आयसमेत गरी कुल जम्मा रु.३,३५,७७,२६०/३४ (तीन करोड पैतीस लाख सतहत्तर हजार दुई सय साढी रूपैयाँ र चौतीस पैसा) वैधानिक आय आर्जन गरेको देखिएको | त्यसैगरी, सोही जाँच अवधिमा निजको व्ययतर्फ एकासंगोल घर परिवारको नाममा जग्गा खरिद रकम, घर निर्माण/घरजग्गा खरिद लागत रकम, शेयर खरिद, सवारी साधन खरिद, कर्जा भुक्तानी रकम, विमा प्रिमियम भुक्तानी रकम, अध्ययन खर्च, सवारी साधन बैना रकम, आमालाई संयुक्त रुपमा हेरचाह खर्च, सुन खरिद, विद्युतीय उपकरण खरिद, घर बहाल व्यय बापतको रकम, विदेश भ्रमण खर्च (निजी प्रयोजनको लागि), पहिलो श्रीमतीलाई दिएको खर्च, नगद मौज्दात र बैंक मौज्दात रकम गरी कुल जम्मा रु.५,३९,७१,८७५/५८ (पाँच करोड उन्नचालीस लाख एकहत्तर हजार आठ सय पचहत्तर रूपैयाँ अन्ठाउन्न पैसा) बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिंदा उक्त जाँच अवधिको कुल/समग्र आयबाट सोही अवधिको कुल/समग्रन खर्च तथा लगानी (कुल व्यय) घटाउँदा रू.२,०३,९४,६१५/२४ (दुई करोड तीन लाख चौरानब्बे हजार छ सय पन्ध्र रूपैयाँ र चौबीस पैसा) ले कुल आय भन्दा कुल व्यय अधिक हुन गई स्रोत पुष्टि भएको नदेखिएकोबाट उक्त रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको तथ्य निजले पेस गरेको सम्पत्ति विवरणको वैध स्रोतसहित प्रमाणबाट पुष्टी प्रमाणित गर्न नसकेको र निजले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकोले निजले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमतीको नाममा समेत रहेको देखिएकोले निज अर्जुन प्रसाद सापकोटा र निजको श्रीमती निरजा पण्डितउपर देहायको कसुरमा देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। देहायः क्रस नामथर पद र कार्यालय बिगो रू. कसुर तथा सजायको मागदाबी स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक तत्कालीन दशौँ तहका डा. अर्जुन प्रसाद सापकोटा रू.२,०३,९४,६१५/२४ साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवं निषेधित गरिएबमोजिमको कसुरमा बिगो दुई करोड तीन लाख चौरानब्बे हजार छ सय पन्ध्र रूपैया र चौवीस पैसा कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र बिगोबमोजिम जरिवाना हुन एवं साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा १६ग र दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गरी पाउन तथा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झुट्टा विवरण पेस गरेको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी यसरी लुकाई छिपाई राखिएको सम्पत्ति जफत हुनसमेत मागदाबी लिइएको छ। प्रतिवादी डा. अर्जुन प्रसाद सापकोटाको श्रीमती निरजा पण्डितको हकमा निज अर्जुन प्रसाद सापकोटाले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरूबाट निजले श्रीमतीको नाममा खरिद गरेका सम्पत्तिहरु साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख समेतको प्रचलित कानुन बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निज निरजा पण्डितलाई प्रतिवादी कायम गरिएको छ। प्रवक्ता सुरेश न्यौपाने