Notice Park
Umakunda Rural Municipality
Gen Info

दावी विरोध सम्वन्धी सूचना।

Summary

उमाकुण्ड गाउँपालिकाको चालु आर्थिक वर्षमा स्वीकृत गाउँपालिका स्तरिय कवर्डहल निर्माण र प्रदेश समपुरक अनुदान अन्तर्गत च्यादलु पोखरी पार्क निर्माण शिर्षकमा विनियोजन भएको बजेटबाट उमाकुण्ड गाउँपालिका वडा नं ४ साविक प्रिति गा.वि.स. ९ (ग) कित्ता नं. ८६ पोखरी भन्ने स्थानमा कवर्डहल र च्यादलु पोखरी पार्क…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Umakunda Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

उमाकुण्ड गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बागमती प्रदेश, नेपाल पत्र संख्याः ०८३/०८४ चलानी नं: १९८ £4 दावी विरोध सम्वन्धी सूचना। सूचना प्रकाशन भएको मितिः २०८३।०६।०८ उमाकुण्ड गाउँपालिकाको चालु आर्थिक वर्षमा स्वीकृत गाउँपालिका स्तरिय कवर्डहल निर्माण र प्रदेश समपुरक अनुदान अन्तर्गत च्यादलु पोखरी पार्क निर्माण शिर्षकमा विनियोजन भएको बजेटबाट उमाकुण्ड गाउँपालिका वडा नं ४ साविक प्रिति गा.वि.स. ९ (ग) कित्ता नं. ८६ पोखरी भन्ने स्थानमा कवर्डहल र च्यादलु पोखरी पार्क अन्तर्गतको संरचना निर्माण कार्य हुने भएकाले उक्त संरचना निर्माण हुने क्षेत्र कित्ता नं. ८६ अन्तर्गत पूर्वमा ओखरबोटे एरिया, पश्चिममा सनसारी डाँडा बलखी जाने बाटो, उत्तरमा थालनागी चौकीडाँडा, र दक्षिणमा खेलकुद मैदान सम्मको एरियामा कसैको हकदावी, वा स्वामित्व सम्बन्धी कुनै पनि प्रकारको बिवाद, असहमति वा दावी विरोध भएमा यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र आफ्ना प्रमाण वा आधिकारिक कागजातहरू सहित यस कार्यालयमा लिखित रूपमा दावी/विरोध दर्ता गराउनु हुन अनुरोध गरिन्छ। तोकिएको म्यादभित्र कुनै पनि दावी विरोध प्राप्त नभएमा वा रीतपूर्वकको निवेदन नआएमा उक्त क्षेत्रमा कसैको हकदावी नरहेको ठहर गरी नियमानुसार संरचना निर्माणको कार्य अगाडि बढाइने बेहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ। सुन्दर समृद्ध र विकसित उमाकुण्डको आधार- पर्यटन, कृषि, जलश्रोत र सम्पन्न पूर्वाधार। Email:[email protected], web:-www.umakundamun.gov.np,

Like

0

Views

0

Comments

0

Share

0

Save

Report