Laying of foundation stone for construction of Cold Store Building in Tehrathum district
Summary
तेह्रथुम जिल्लामा चिस्यान केन्द्र (कोल्ड स्टोर) भवन निर्माणका लागि शिलान्यास समारोह नेपालको कोशी प्रदेश अन्तर्गत तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वडा नं. २ मा चिस्यान केन्द्र (कोल्ड स्टोर) भवन निर्माणका लागि आज काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री क्रषभ देव र लालीगुराँस…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4c3debb3-c5da-49c3-bb91-72dc9612d600.pdfPDF · 2 pages · 209 KBOpen
Key details
- Organization
- Embassy of India Kathmandu, Nepal
- Industry
- Ambassador
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
भारतीय राजदूतावास काठमाडौँ प्रेस विज्ञप्ति तेह्रथुम जिल्लामा चिस्यान केन्द्र (कोल्ड स्टोर) भवन निर्माणका लागि शिलान्यास समारोह नेपालको कोशी प्रदेश अन्तर्गत तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वडा नं. २ मा चिस्यान केन्द्र (कोल्ड स्टोर) भवन निर्माणका लागि आज काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री क्रषभ देव र लालीगुराँस नगरपालिकाका मेयर श्री अर्जुन माबोहाङले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । २. भारत सरकारको आर्थिक सहयोग करिब नेरु.४.४१ करोड लागतमा उक्त कोल्ड स्टोर भवनको निर्माण हुँदैछ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना तेह्रथुमको लालीगुराँस नगरपालिकामार्फत कार्यान्वयन हुनेछ र यो नेपालको तेह्रथुम जिल्लामा सञ्चालन हुने दोस्रो उच्च प्रभाव सामुदायिक विकास परियोजना हुनेछ । ३. तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो र वहाँहरुले नयाँ संरचनाले लालीगुराँस नगरपालिकामा दिगो र दीर्घकालीन कृषि व्यावसायिक नमुना विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । ४. नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई प्रवर्द्धन गर्ने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ । काठमाडौँ २०८३ आश्विन Ya