Notice Park
Siddhalek Rural Municipality
Gen Info

आ.व. २०८३०८४ को नीति तथा कार्यक्रम ६ असोज, २०८३

Summary

संचारकर्मी मित्रहरु एवं उपस्थित सम्पूर्ण महानुभावहरु । सहकारीता, सहअस्तित्व र समन्वयको सिद्दान्तमा आधारित संघीयताको माध्यमबाट जनमुखि शासन संचालन गरी आमनागरिकलाई सुशासन,विकास र सेवा प्रवाहको सुनिश्चितता गरी आर्थिक arate हासिल गर्ने नेपालको संविधानको ध्येय बमोजिम स्थानीय तहको दोस्रो निर्वाचनबाट…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Siddhalek Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

आ.व. २०८३%०८४ को नीति तथा कार्यक्रम आषाढ २०८३) सिद्धलेक गाउँपालिकाको गाउँ सभाको १९ औ अधिवेशनमा उपस्थित सिद्धलेक गाउँपालिकाको उपाध्यक्ष ज्यू प्रमुख प्रशासकीय अधिकृत ज्यू बडा अध्यक्ष ज्यूहरु, गाउँ कार्यपालिकाका सदस्य ज्यूहरु, गाउँ सभाका सदस्य ज्यूहरु, गाउँपालिकाका सम्पूर्ण कर्मचारी एवं सुरक्षाकर्मी मित्रहरु, संचारकर्मी मित्रहरु एवं उपस्थित सम्पूर्ण महानुभावहरु । सहकारीता, सहअस्तित्व र समन्वयको सिद्दान्तमा आधारित संघीयताको माध्यमबाट जनमुखि शासन संचालन गरी आमनागरिकलाई सुशासन,विकास र सेवा प्रवाहको सुनिश्चितता गरी आर्थिक arate हासिल गर्ने नेपालको संविधानको ध्येय बमोजिम स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भई राष्ट्रिय आकाङ्क्षाको पथमा “उज्यालो Race, समुद्व Rare भन्ने मुल नाराका साथ सिद्धलेक गाउँपालिकाको आ.व २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवान्वित महशुस गरेको छु । यस महत्वपूर्ण घडिमा नेपालको राष्ट्रियता, अखण्डता , स्वाधीनता र लोकतन्त्र प्राप्तिको अभियानमा नेतृत्व प्रदान गर्ने हाम्रा वीर पुर्खा, अमर शहिद तथा अग्रजहरुप्रति उच्च सम्मान व्यक्त गर्दै आर्थिक सामाजिक रुपान्तरणमा बहाँहरुले पुर्याउनुभएको योगदानको स्मरण गर्न चाहन्छु । जेन्जी पुस्ताको नाममा २०८२ साल भदौ २३ र २४ गते देशभर भएको प्रदर्शनका क्रममा भएको अकल्पनीय क्षति, समय अगावै प्रतिनिधि सभाको आवधिक निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारी, साथै मध्यपूर्व तथा पश्चिम एसियामा विकसित संकटका कारण पेट्रोलियम पदार्थ लगायत निर्माण सामग्रीमा भएको अस्वाभाविक तथा अप्रत्याशित मूल्यवृद्धि लगायतका विभिन्न चुनौतीहरूका कारण विकास योजना तथा आयोजनाहरू समयमै सम्पन्न हुन नसक्ने हो कि भन्ने आशंका उत्पन्न भएको थियो । तथापि, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, निर्माण व्यवसायी तथा आम नागरिकको साझा प्रयास र प्रतिबद्धताका कारण निर्माण व्यवसायी तथा उपभोक्ता समिति मार्फत सञ्चालन भएका विकास निर्माणका कार्यहरूलाई समयमै सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा अगाडि बढाइएको छ | यस उद्देश्य प्रति सिद्धलेक गाउँपालिका दृढतापूर्वक प्रतिबद्ध रही विकास निर्माणका कार्यहरूलाई प्रभावकारी रूपमा अघि बढाइरहेको छ । नेपालको संविधान जारी भए पश्चात्‌ सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको गरिमामय कार्यकालको चार वर्ष पूरा भइसकेको छ । यस अवधिमा सुरुवाती कार्यानुभवका चुनौती, जटिल भौगोलिक संरचना, सीमित स्रोत--साधन एवं अन्य विविध प्रतिकूल परिस्थितिहरूका बाबजुद विकास निर्माण र सेवा प्रवाहलाई थप प्रभावकारी, द्रूत र जनमुखी बनाउँदै आम सिद्धलेक वासी दाजुभाइ तथा दिदी बहिनीहरूको बृहत्तर अपेक्षा र आकाङ्क्षाहरू सम्बोधन गर्न निरन्तर एवं निष्ठापूर्वक प्रयास गरिएको व्यहोरा यस सम्मानित सभा समक्ष सविनय निवेदन गर्न चाहन्छु। आदरणीय सभा सदस्य ज्यूहरु, गाउँपालिका भित्र तत्कालिन आवधिक, मध्यमकालिन र दिर्घकालिन योजनाहरुको पहिचान, प्राथमिकिकरण, छनौट, व्यवहारिक कार्यान्वयन र तिनिहरुको प्रभावकारी मूल्याङ्कन जस्ता क्रियाकलापहरुलाई तथ्यपरक एवं मापदण्डमा आधारित बनाउँदै निर्वाचित अवधी देखी हाल सम्म विभिन्न क्षेत्रमा संचालन गरेका क्रियाकलाप र हासिल भएका प्रमुख उपलब्धीहरु बुदागत रुपमा यस सम्मानित सभामा प्रस्तुत गर्न चाहन्छुः- पूर्वाधार विकास तर्फ: दै पूर्वाधार विकास शाखा तर्फ हालसम्म ५० वटा खानेपानी मर्मत, ५९ वटा खानेपानी avr तथा Intake (Grew) योजना निर्माण सम्पन्न गरिएको छ । बै. यस अवधिमा ९६ वटा मन्दिर, ११० वटा सामुदायिक भवन, १४ वटा शौचालय, ११ वटा चौतारो, ६ वटा प्रतिक्षालय, २ वटा डम्पिङ साइट तथा ३ वटा खेल मैदान निर्माण सम्पन्न भएका छन्‌ । दु यातायात तथा पदमार्ग पूर्वाधारतर्फ ५८ कि.मि. नयाँ सडक ट्र्याक निर्माण भएकोमा १२ कि.मि. कालोपत्रे, ६० कि.मि. ग्राभेल, ६ कि.मि. ढलान तथा ३ कि.मि. गोरेटो बाटो निर्माण गरिएको छ 1 4. ३५ कि.मि. सडक स्तरोन्नति (चौडाइ विस्तार), 13,000 मिटर सिँढी बाटो, ४५०० मिटर सिँचाइ कुलो तथा १२ किलोमिटर पण: पाइप जडान कार्य सम्पन्न गरी १५ शैया आधारभुत अस्पताल निर्माण कार्यको अन्तिम चरणमा रहेको छ जुन आर्थिक बर्ष २०८३/०८४ सम्पन्न भई हस्तान्तरण हुने भएको छ । शिक्षा युवा तथा खेलकुद तर्फ: & गाउँ शिक्षा ऐन स्वीकृत भई कार्यान्वयनमा आएको, जसले स्थानीय शिक्षा व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाएको । दु. प्रत्येक वर्ष पालिकास्तरीय शैक्षिक कार्ययोजना, शैक्षिक योजना तथा पाठ्यांश निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन भएको । maT १-५ तथा ६-८ का लागि स्थानीय पाठ्यक्रम निर्माण सम्पन्न भई स्थानीय पाठ्यपुस्तक छपाइको अन्तिम चरणमा रहेको । दु. शैक्षिक सत्र २०८२ को see परिक्षामा जिल्ला भरीका १३ वटै स्थानीय तहहरु मध्य सर्वोउत्कृस्ट नतिजा हासिल गरी शैक्षिक स्तरउन्नती तर्फ उन्मुख रहेको । दै. शैक्षिक अध्ययन कार्यदल गठन गरी विद्यालयहरूको यथार्थ अवस्था अध्ययन, मूल्याङ्कन तथा “जहाँ विद्यार्थी त्यहाँ शिक्षक” भन्ने मान्यताअनुसार विद्यालय समायोजन र दरबन्दी मिलान कार्य सम्पन्न भएको । थु. माध्यमिक तह (कक्षा ११--१२) मा निःशुल्क शिक्षा सम्बन्धी कार्यविधि कार्यान्वयन गरी विद्यार्थी Wags अभिलेख पुस्तिका,शिक्षक डायरी, दैनिक पाठयोजना पुस्तिका लगायतका शैक्षिक सामग्री समयमै उपलब्ध गराइएको । ee प्रसूति बिदामा रहेका शिक्षकको सट्टा शिक्षक व्यवस्थापन गरी पठनपाठनलाई निरन्तरता दिइएको | थु» सबै माध्यमिक विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला स्थापना गरि विद्यालयहरूमा ई-हाजिरी प्रणाली लागू गरी पालिकाबाट एकीकृत अनुगमन तथा नियमनको व्यवस्था भएको । ee "गाउँपालिका अध्यक्षसँग विद्यार्थी र अभिभावक” जस्ता अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरी सुझाव सङ्कलन तथा शिक्षा सुधारमा सहभागिता अभिवृद्धि गरिएको । थु. अभिभावकको सुझाव, शिक्षा सुधारमा लाभ, आगामी नीति निर्माणमा प्रभाव भन्ने नारालाई आत्मसात गारी गाउँपालिका अध्यक्ष संग विद्यार्थीहरुको अविभावक अन्तरक्रिया कार्यक्रम मार्फत सल्लाह, सुझाव र मार्ग दर्शन प्राप्त गरियो । दु. गा.पा. अध्यक्ष संग पुरुष खुल्ला फुटबल प्रतियोगिता, पालिकास्तरीय विभिन्न खेलकुद प्रतियोगिता तथा राष्ट्रपति रनिङ शिल्ड आयोजना गरी स्थानीय खेलाडीहरूको प्रतिभा पहिचान र प्रवर्द्धन गरिदै आएको । > शिक्षा संगै सृजाना प्रतिभा र नेत्रित्व विकास भन्ने मूल नारालाई आत्मसात गरी सिद्धलेक गाउँपालिका स्तरीय अन्तर विद्वालय वक्तित्वकला र हाजिरी जवाफ प्रतियोगिता संचालन गरियो 1 4 स्वास्थ्य तर्फ: बु, 9 शय्याको आधारभूत अस्पताल भवन निर्माण सम्पन्न गरी १५ शय्याको आधारभूत अस्पताल भवन निर्माण कार्य तिव्र रुपमा अगाडि बढिरहेको । दु. नलाङ स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन गरी गर्भवती महिलाहरूलाई निःशुल्क परीक्षण सेवा प्रदान । थु. विद्यालयहरूमा प्राथमिक स्वास्थ्य परीक्षण तथा औषधोपचार कार्यक्रम सञ्चालन गरि सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्राथमिक उपचारमा सहजताको लागि स्वास्थ्य सामग्री सहित (किट) वितरण । थु, गाँउपालिका अध्यक्ष संग ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम संचालन गरी विभिन्न संघ संस्थासँग समन्वय गरी विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य शिविर सञ्चालन । % ओझेलमा परेका ज्येष्ठ नागरिकहरूका घरदैलोमा स्वास्थ्य सेवा प्रदान गरी दिर्घकालिन रुपमा खानुपर्ने औषधीहरु निःशुल्क वितरण । दु, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूको क्षमता विकासका लागि अन्तरप्रदेश अध्ययन अवलोकन भ्रमण ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report