अतिरिक्त कक्षा सञ्चालन कार्यविधि ८३/८४
Summary
सर्वसाधारणको जानकारीको लागि देहायबमोजिम प्रकाशन गरिएको छ । अतिरिक्त कक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि- २०८३ स्वीकृत मितिः २०८३।०६।०६ प्रस्तावना: ताप्ली गाउँपालिका क्षेत्रभित्रका सामदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीको अंग्रेजी, गणित र विज्ञान विषयका अपेक्षित सिकाइ उपलब्धी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5b8722e3-7914-4496-ba8e-a2d34d24b4c9.pdfPDF · 6 pages · 242 KBOpen
Key details
- Organization
- Tapli Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ताप्ली गाउँपालिका जिल्ला, उदयपुर, कोशी प्रदेश, नेपाल स्थानीय राजपत्र ताप्ली गाउँपालिकाद्वारा प्रकाशित खण्ड: १० संख्याः ३ मितिः २०८३/०६%०७ भाग २ नेपालको संविधान २०७२ को दफा २२६ तथा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ बमोजिम ताप्ली गाउँपालिकाको गाउँ कार्यपालिकाले तयार गरिएको तपशिलमा उल्लेखित कार्यविधि, गाउँपालिकाको स्थानीय राजपत्र सम्बन्धी कार्यविधि २०७४ अनुसार सर्वसाधारणको जानकारीको लागि देहायबमोजिम प्रकाशन गरिएको छ । अतिरिक्त कक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि- २०८३ स्वीकृत मितिः २०८३।०६।०६ प्रस्तावना: ताप्ली गाउँपालिका क्षेत्रभित्रका सामदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीको अंग्रेजी, गणित र विज्ञान विषयका अपेक्षित सिकाइ उपलब्धी अभिवृद्धि गर्न कठिनाई भइरहेको सन्दर्भमा विद्यालयको गुणस्तर सुधार गर्न वाञ्छनीय भएकोले नेपालको संविधान,२०७२ को अनुसूची ८ स्थानीय तहको अधिकार सूचीमा आधारभूत र माध्यमिक शिक्षाको व्यवस्था गरिनुका साथै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ "ज" ले दिएको अधिकार प्रयोग गरी ताप्ली गाउँपालिकाको शिक्षा नियमावली,२०७७ को नियम ११५ बमोजिम गाउँकार्यपालिकाले यो कार्यविधि बनाई लागु गरेको छ। परिच्छेद-१ सङक्षिप्त नाम र प्रारम्भः १, सङ्क्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम अतिरिक्त कक्षा सञ्चालन सम्बन्धी कार्यविधि- २०८३ रहेको छ। (२) यो कार्यविधि स्वीकृत भएपछि लाग् हुनेछ। (३) यो कार्यविधि ताप्ली गाउँपालिका क्षेत्रभित्रका निर्धारित विद्यालयहरुमा मात्र लागू हुनेछ। विषय वा प्रसङगले अर्को अर्थ नलागेमा:- क. "ऐन" भन्नाले ताप्ली गाउँपालिका शिक्षा ऐन, २०७५ लाई सम्झनु पर्दछ । ख. “नियमावली” भन्नाले ताप्ली गाउँपालिका शिक्षा नियमावली, २०७७ लाई सम्झनु पर्दछ | ग. "गाउँपालिका" भन्नाले ताप्ली गाउँपालिकालाई सम्झनु पर्दछ। घ. "कार्यपालिका" भन्नाले ताप्ली गाउँपालिकाको गाउँ कार्यपालिकालाई सम्झनु पर्दछ। ङ. "अध्यक्ष" भन्नाले ताप्ली गाउँपालिकाको अध्यक्ष सम्झनु पर्दछ | च. "उपाध्यक्ष" भन्नाले ताप्ली गाउँपालिकाको उपाध्यक्ष सम्झनु पर्दछ ।